काठमाण्डौं । कञ्चन डेभलेपमेन्ट बैंकले नेपाल धितोपत्र बोर्डमा १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद सेयर निश्कासनको निवेदन दर्ता गराएको छ।
बैंकले ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो। त्यसपछि बैंकको चुक्ता पूँजी ४५ करोड ५ लाख रुपैयाँ पुग्नेछ। बैंकको चूक्ता पूँजी हाल ३४ करोड ६५ लाख रहेको छ। हकप्रद पश्चात चालु आर्थिक बर्ष २०७३÷०७४ को नाफाबाट बोनस सेयर दिएर चुक्ता पूँजी ५० करोड रुपैयाँ पुर्याउने कम्पनीको योजना छ।
२४ चैत २०७३, ७।००
वि.सं.२०७३ चैत २४ बिहीवार ०७:१७ मा प्रकाशित