back
NMB ad

१६ अर्बको हकप्रद सेयर आउँदैछ, को को हुनेछन् मालामाल, हेर्नुहोस्

Kumari bank ad

काठमाण्डौं । गत साउनमा राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंकहरुलाई ८ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएपछि अहिले बैंकहरुमा हकप्रद सेयर निस्कासनको लहर सुरु भएको छ। हेर्नुहोस् कुन कुन बैंकले ल्याउँदैछन् हकप्रद सेयर :

एनआईसी एसिया बैंक : एनआईसी एसिया बैंकको हकप्रद सेयरका लागि अहिले बिक्री खुला छ। आगामी असार १५ गतेसम्म लगानीकर्ताले आफूसँग भएकोबाट २५ प्रतिशतसम्म सेयरका लागि आवेदन दिन सक्ने छन्। अर्थात ४ बराबर १ को अनुपातमा हकप्रद सेयर बिक्री खुला भएको हो। सो बैंकको ९२ करोड ३७ लाख ५४ हजार रुपैयाँको ९२ लाख ३७ हजार ५ सय ४० कित्ता हकप्रद सेयर निस्कासन भएको छ। सिभिल क्यापिटल मार्केट यसको बिक्री प्रबद्र्धकका रुपमा रहेको छ। वैशाख मसान्तभित्र सेयर खरिद गरेका लगानीकर्ताले हकप्रद सेयरको लागि आवेदन दिन सक्ने छन्।

सिटिजन्स बैंक : सिटिजन्स बैंकले असार ५ गतेदेखि साउन ९ गतेसम्म हकप्रद सेयरको बिक्री खुला गरेको छ। बैंकले १० बराबर ५.५ को अनुपात अर्थात ५५ प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने भएको छ। बैंकको १ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ बराबरको १ करोड ६८ लाख ५५ हजार कित्ता हकप्रद निस्कासन हुने छ। जेठ २३ गतेसम्म सेयर किन्ने सेयरहोल्डरले हकप्रदका लागि आवेदन दिन सक्ने छन्।

सानिमा बैंक : सानिमा बैंकले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने भएको छ। सो बैंकले आगामी असार १२ देखि साउन १६ गतेसम्म बिक्री खुला हुने सूचना सार्वजनिक गरिसकेको छ। नविल इन्भेष्टमेन्ट बैंकिङ सेयर बिक्री प्रबद्र्धकका रुपमा रहेको छ।
बैंकको १ अर्ब ५३ करोड १ लाख ४४ हजार रुपैयाँको १ करोड ५३ लाख १ हजार ४ सय ४० कित्ता हकप्रद सेयर निस्कासन हुन लागेको हो। जेठ २४ गतेसम्म सेयर किनेका आवेदकले हकप्रदका लागि आवेदन गर्न सक्ने छन्।

हिमालयन बैंक : हिमालयन बैंकले ७ बराबर १ को अनुपातमा हकप्रद सेयर निस्कासनको लागि वैशाख २६ गते बोर्डमा आवेदन दिएको छ। सो बैंकको ६४ करोड २७ लाख ३५ हजार रुपैयाँ बराबरको ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निस्कासन हुने छ। बैंकको हकप्रद सेयर निस्कासनको बिक्री प्रबद्र्धकको रुपमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।

मेगा बैंक : मेगा बैंकले ४ बराबर १ को दरले हकप्रद सेयर निस्कासनको लागि बोर्डमा आवेदन दिएको छ। ८१ करोड १ लाख रुपैयाँ बराबरको ८१ लाख १ हजार ४ सय ३८ कित्ता हकप्रद सेयरका लागि बैंकको आवेदन परेको बोर्डले जनाएको छ। ग्लोबल आईएमई क्यापिटल हकप्रद सेयर निस्कासनको बिक्री प्रबद्र्धकका रुपमा रहेको छ।

प्राइम कमर्सियल बैंक स् जेठ १६ गते कम्पनीले बोर्डमा ३ बराबर १ को अनुपातमा हकप्रद सेयर निस्कासनको लागि आवेदन दिएको छ। १ अर्ब २३ करोड ५० लाख ८७ हजार ४ सय रुपैयाँ बराबरको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता सेयर निस्कासन हुने भएको छ। बैंकको हकप्रद सेयर बिक्री प्रबद्र्धकका रुपमा सिभिल क्यापिटल रहेको छ। बोर्डमा अहिलेसम्म हकप्रद सेयर निस्कासनको लागि आवेदन नदिएका केही बैंकले साधारणसभाबाट निर्णय पारित भइसकेको छ। केहीले पुँजी बृद्धि योजनामा हकप्रद निस्कासनलाई समेटेका छन्।

माछापुच्छ्रे बैंक : माछापुच्छ्रे बैंकले २ बराबर १ को दरले हकप्रद सेयर निस्कासनको निर्णय गरेको छ। जनता बैंकसँग मर्जमा जाने प्रक्रिया विफल भएपछि बैंकले ५० प्रतिशत हकप्रद निस्कासन गर्ने निर्णय गरेको हो। वैशाख २६ गते पोखरामा बसेको बैंकको साधारण सभा बैठकले यो निर्णय पारित गरेको हो। बैंकले १ अर्ब ९३ करोड रुपैयाँ बराबरको १ करोड ९३ लाख कित्ता हकप्रद सेयर निस्कासन गर्ने छ।

कृषि विकास बैंक : कृषि विकास बैंकले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको छ। जसमा सर्वसाधारणका लागि १ करोड ९६ लाख ८८ हजार रुपैयाँको हकप्रद सेयर जारी हुने छ। वैशाख १४ गते बसेको बैंकको नवौं साधारणसभा बैठकले ५० प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको हो। यसबाट २ लाख लगानीकर्ताहरु लाभान्वित हुने छन्। बैंकको पुँजी संरचनामा ६ अर्ब ४३ करोड सरकारको र ३ अर्ब ९३ करोड ७६ लाख सर्वसाधारणको लगानी छ।

लक्ष्मी बैंक : लक्ष्मी बैंकले १ बराबर १ को अनुपात अर्थात शत प्रतिशत हकप्रद सेयर निस्कासनको आन्तरिक तयारी गरेको छ। ३ अर्ब ३ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको ३ करोड ३ लाख ९२ हजार २ सय ९० कित्ता हकप्रद सेयर निस्कासन गर्ने छ। बैंकको संचालक समितिको बैठकबाट १ बराबर १ को दरले हकप्रद सेयर निस्कासन गर्ने निर्णय भएको छ।

प्रभु बैंक : मर्जपछिको प्रभु बैंकले २० प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने छ। ६४ करोड १७ लाख ७७ हजार रुपैयाँको ६४ लाख १७ हजार ७ सय ७० कित्ता सेयर बैंकले निस्कासन गर्ने छ। चुक्ता पुँजी बृद्धिको योजनामा बैंकले यो हकप्रद निस्कासनको लक्ष्य राखेको छ।

सेन्चुरी कमर्सियल बैंक : यो बैंकले कुल १ अर्ब ३८ करोड २२ लाख ४० हजार रुपैयाँको १ करोड ३८ लाख २२ हजार ४ सय कित्ता हकप्रद सेयर निस्कासन गर्ने लक्ष्य राखेको छ। एक चरणमा ५३ करोड रुपैयाँ बराबरको र अर्को चरणमा ८५ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको हकप्रद निस्कासन बैंकको लक्ष्य रहेको छ।

सनराइज बैंक : यो बैंकले कुल ३६ करोड ९० लाख ४७ हजार रुपैयाँको ३६ लाख ९० हजार ४ सय ७० कित्ता हकप्रद सेयर निस्कासन गर्ने छ। बैंकले चुक्ता पुँजी बृद्धिको योजनामा ३६ लाख ९० हजार ४ सय ७० कित्ता हकप्रद निस्कासन गर्ने जनाएको छ।

२३ जेठ २०७३, १०।००

वि.सं.२०७३ जेठ २३ आइतवार १२:१६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...