Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • थाहा पाउनुभयो, कर्पोरेशनले दिँदैछ २५ करोड बराबरको बोनस सेयर Mar 2, 2017 Arthatantrabonus share
    काठमाण्डौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले २४.८ प्रतिशत वोनस सेयर दिने भएको छ। कम्पनीका अनुसार बुधबारको सञ्चालक समितिको बैठकले २४ दशमलव आठ प्रतिशत बोनस तथा एक दशमलव ३० प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको हो । कम्पनीको अहिले एक अर्ब ६ करोड रुपैयाँ चुक्ता पूँजी छ। वोनस सेयर बितरणपछि पूँजी २५ करोडभन्दा बढी रुपैयाँले बढ्ने छ। बैंकले प्रस्ताव गरेको लाभांस आगामी ...
  • ६१ करोड ९३ लाख बराबरको बोनस सेयर, तपाई पर्नुभयो कि छुट्नुभयो ? Mar 1, 2017 ArthatantraBonus Share
    काठमाण्डौं । नेपाल लाईफले इन्स्योरेन्सले चैत १४ गते १७ औं बार्षिक साधारणसभा डाकेको छ । यही साधारणसभामा कम्पनीले एफपीओ भर्नेले समेत पाउने गरि २५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांशको प्रस्ताव सभामा लैजादैँछ । कम्पनीले गतबर्षको कमाईबाट ६१ करोड ९२ लाख ८५ हजार ७२५ रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ३ करोड २५ लाख ९३ ...
  • करिब ३० करोड २१ लाख कित्ता सेयर आउँदै, तयार बस्नुहोस् Mar 1, 2017 Arthatantrashare
    काठमाण्डौं । धितोपत्र बोर्डबाट नेपाल बंगलादेश बैंकले असी प्रतिशत अर्थात १० कित्ता बराबर आठ कित्ताको अनुपातले सेयरधनीलाई हकप्रद निष्काशन गर्न अनुमति पाएको छ । बैंकले प्रति कित्ता एक सय रुपैयाँका अंकित मूल्यको ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय ८० रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता हकप्रद सेयरको जारी गर्ने अनुमति पाएको ...
  • २५ लाख ७९ हजार २३८ कित्ता सेयर निष्कासन गर्दै विकास बैंक, एक महिना समय… Feb 28, 2017 Arthatantrashare
    काठमाण्डौं । डिप्रोक्स लघुवित्त विकास बैंकले चैत ७ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ।  बैंकले १०० रुपैयाँ अंकित दरका २५ लाख ७९ हजार २३८ कित्ता सेयर निष्कासन गर्न लागेको हो । बैंकले एक कित्ता हुनेलाई अर्को एक कित्ता सेयर दिन लागेको हो। बैंकको सेयरमा फागुन १ गतेसम्म कायम सेयरधनी आवेदन दिन पाउने छन्। बैंकको सेयरमा वैशाख १० गतेसम्म आवेदन दिन ...
  • सेयर जारी गर्दै गरेका १२ कम्पनी चिन्नुहोस् र लगानी गर्नुहोस् Feb 27, 2017 Arthatantrashare market
    काठमाण्डौं । एक दर्जन कम्पनीले प्राथमिक र हकप्रद सेयर जारी गर्न लागेका छन् । १२ कम्पनीमा एक कम्पनीले प्राथमिक र अन्य ११ कम्पनी मध्ये कसैले हकप्रद सेयर निष्कासन गरिसकेका छन् भने कोही गर्ने क्रममा रहेका छन् । सबैभन्दा पहिले युनाईटेड मोदी हाईड्रोपावर कम्पनीले प्राथमिक सेयर निष्कासन गर्दै छ । कम्पनीले १७ लाख २५ हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्न लागेको हो ...
  • बैंकको साढे सात लाख कित्ता बढी सेयर बजारमा आउँदै, किन्ने समय १५ दिन मा… Feb 27, 2017 Arthatantraget ready share
    काठमाण्डौ । जनता बैंक नेपालले चैत एक देखि १५ गतेसम्म सर्बसाधारण र संस्थापक गरी सात लाख ६७ हजार पाँच सय ५२ कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले तीन लाख ९६ हजार पाँच सय २६ कित्ता संस्थापक सेयर तथा तीन लाख ७१ हजार २६ कित्ता साधारण सेयर बेच्न लागेको हो । जनता बैंकले कार्तिक १० गतेसम्म सेयर किनेका सेयरधनीहरुलाई मंसिर ...
  • डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद प्रस्तावमा धितोपत्रले दियो स्वीकृति Feb 27, 2017 Arthatantrashare percent hundred
    काठमाण्डौं । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले प्रस्ताब गरेको एक बराबर एकको अनुपात हकप्रदलाई नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले बैंकलाई आइतबार अनुमति प्रदान गरेको हो । यसअधि सिटिजन्स् बैंकले २५ प्रतिशत तथा प्रभू इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद जारी गर्न बोर्डबाट फागुन १२ गते विहीबार बोर्डको अनुमति प्राप्त गरेका थिए । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ९१ करोड ९७ लाख ...
  • माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद निस्कासनको जिम्मा सिभिल क्यापिटलला… Feb 26, 2017 Arthatantrastock market share market
    काठमाण्डौँ । रिलायबल माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रकृया अघि बढाएको छ । माइक्रोफाइनान्स सञ्चालक समितिले गत असोज १० गते गरेको हकप्रद निष्काशनको प्रस्ताव गत मंसिर १८ गते सम्पन्न साधारणसभाबाट पारित भएको थियो । माइक्रोफाइनान्सको करिब दुई लाख ८२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशनको सम्पूर्ण जिम्मा सिभिल क्यापिटलले पाएको छ । गत बिहीबार भएको सम्झौतामा सिभिल क्यापिटलका प्रमुख ...
  • २१ प्रतिशत बोनस,५० प्रतिशत हकप्रद पछि पुनः२० प्रतिशत हकप्रद दिंदै बैंक Feb 25, 2017 ArthatantraBonus-share
    काठमाडौ । कुमारी बैंक लिमिटेडले फेरि २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सञ्चालक समितिको सोही बैठकले साधारण सभाको मिति समेत तय गरेको छ । बैंकले आगामी चैत्र ९ गतेका लागि साधारणसभा डाकेको छ । जसका लागि फागुन २० गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय भएको बैंकले ...
  • शतप्रतिशत हकप्रदको मौका नगुमाउनुहोस्, फागुन २२सम्म सेयर किन्नुहोस् Feb 24, 2017 Arthatantra100_percent share
    काठमाण्डौं । मिसन डेभलपमेण्ट बैंकले धितोपत्र बोर्डको स्वीकृति पाए लगत्तै हकप्रद निष्काशनका लागि बुकक्लोज गर्ने भएको छ । यसका लागि बैंकले फागुन २३ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । गत फागुन ३० गते साधारण सभाबाट हकप्रदको प्रस्ताव पारित गराएको बैंकले हकप्रद निष्काशनको मिति भने निर्धारण गरेको छैन । बैंकको शतप्रतिशत हकप्रद सुरक्षित गर्न चाहने लगानीकर्ताले फागुन २२ गतेसम्म ...