Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • के तपाईको डिम्याट खाता छ ? बोनस छुट्ला है ? Feb 19, 2017 ArthatantraDemat account
    काठमाण्डौं । तीन कम्पनीले गत बर्षको मुनाफाबाट सेयरधनीलाई बोनस प्रदान गर्न डिम्याट खाता उपलब्ध गराउन सुचना प्रकाशित गरेका छन् । हिमालयन जनरल इन्स्योरेन्स, सिद्धाथ इन्स्योरेन्स र सिटिजन्स् बैंक लिमिटेडले यस्तो सूचना जारी गरेका हुन् । हिमालयनको पुस २९ गते सम्पन्न २३ औं साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट लगानीकर्तालाइ २० प्रतिशत बोनस सेयर प्रदान गरेको छ भने सिद्धार्थको पुस २२ मा सम्पन्न ...
  • १ करोड ८१ लाख कित्ता हकप्रद सेयरको यो मौका नगुमाउनुहोला ! Feb 19, 2017 ArthatantraRight Share
    काठमाडौ । कैलाश विकास बैंकले फागुन ६ गतेदेखि चैत्र १० गतेसम्मका लागि २० प्रतिशत हकप्रद सेयरको निष्काशन खुला गरेको छ । पुस १३ गतेसम्म कायम सेयरधनीले भर्न पाउने उक्त सेयरको निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकको कार्यालय र कैलाश विकास बैंकको सबै शाखा कार्यालयबाट हकप्रद सेयर भर्न पाइने र बैंकको पाँच कित्ता सेयर ...
  • बजारमा आयो करिब ८० लाख कित्ता सेयर Feb 19, 2017 Arthatantrajust listed for sale share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा यस साता पाँच कम्पनीको बोनस र हकप्रद गरि ७९ लाख ९७ हजार तीन सय ७९ दशमलव ५६ कित्ता सेयर सुचिकृत भएको छ । शिखर इन्स्योरेन्स, एस डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्स्योरेन्स, र स्वरोजगार लघुवित्तले उक्त परिमाणमा बोनस तथा हकप्रद सेयर सुचिकरण गराएका हुन् । जसमा सबैभन्दा बढि सेयर शिखर इन्स्योरेन्सको ३० लाख ७७ हजार सात ...
  • बैंकहरु लगानी गर्नै नसक्ने अवस्थामा पुगे,कसरी ? Feb 18, 2017 ArthatantraBank Investment share
    काठमाडौ। बजारमा लगानी योग्य पूँजीको अभाव व्यवस्थापनमा नेपाल राष्ट्र बैंक पूर्णतः असफल भएको विज्ञहरुले आरोप लगाएका छन् । शुक्रबार राजधानीमा इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनामिक रिसर्च(आइएसएसआर)ले आयोजना गरेको कार्यक्रममा विज्ञहरुले राष्ट्र बैंकको असफलताका कारण बजारमा लगानी योग्य पूँजीको अभाव देखिएको आरोप लगाएका हुन् । कार्यक्रममा प्रा.डा विश्वम्बर प्याकुरेल, प्रा.डा. गोविन्द नेपाल, नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक रविन्द्र पाण्डे लगायतले ...
  • छुटाउनुहोला है, बजारमा आयो बैंकको ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेय… Feb 17, 2017 Arthatantraopen-for-business share
    काठमाण्डौं। कैलाश विकास बैंकले आज शुक्रबारबाट चुक्ता पूँजीको २० प्रतिशत हकप्रदको बिक्री खुला गरेको छ । बैंकले एक सय रुपैंया अंकित ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकको पाँच सेयर भएका सेयरधनीले एक कित्ताको लागि आवेदन गर्न सक्नेछन् । बैंकको हकप्रदमा गत पुस १३ गतेसम्ममा सेयर खरिद गरेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् । ...
  • अब नोटमा केरमेट गर्न नपाइने, गरेमा ३ महिना कैद, ५ हजार जरिवाना Feb 17, 2017 Arthatantranepali money nepali rupees
    काठमाण्डौं । अब राष्ट्र बैंकबाट जारी भएका नोटमा कसैले लेखेमा वा कोरेमा फौजदारी कानुन उल्लङ्घन हुने भएको छ । फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न विधेयक २०७१ बारे छलफल गर्न बनाइएको उपसमितिको प्रतिवेदनले यस्तो व्यवस्था थप गरेको हो। प्रतिवेदनले प्रस्तावित गरेको मुलुकी अपराध संहिता, २०७३ को दफा २६३ मा बैँक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैँक ...
  • सूर्या लाइफको प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डे Feb 12, 2017 Arthatantrasurya life insurance
    काठमाण्डौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डेलाई नियुक्त गरेको छ। आगामी चार बर्षका लागि नियुक्त पाण्डेले सोमबारबाट काम सुरु गर्ने छन्। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट पाण्डे अवकास भएका थिए। चार्टर्ड एकाउन्टेन्ट पाण्डेसँग राष्ट्र बैंकमा काम गरेको ३० बर्षे अनुभव छ। उनी २० बर्षदेखि व्यवस्थापकीय पदमा थिए। ३० बर्षे कार्यकालका कारण अवकाश भएका पाण्डे डेपुटी गभर्नरका लागि प्रत्यासी थिए। ...
  • छिटो पैसा कमाउन चाहनुहुन्छ ? त्यसो हो भने एकपटक यो पढ्नुहोस् Feb 12, 2017 Arthatantrainvest in share
    काठमाण्डौं । अहिले तपाईसँग केही पैसा छ भने व्याजबाट पनि कमाउने अवसर आएको छ। लगानीयोग्य रकम अभाव भएपछि वाणिज्य बैंकहरुले छोटो अवधिकै लागि वार्षिक १२ प्रतिशतका दरले व्याज दिने योजनाहरु ल्याएका छन्। ६ महिनाअघिसम्म ५ वर्षे मुद्दती योजनामा समेत ८–९ प्रतिशतका दरले दिने तिनै बैंकले अहिले ९० दिनकै योजनामा वार्षिक १२ प्रतिशतले हुन आउने व्याज दिन थालेका छन्। आधा दर्जन बढी वाणिज्य ...
  • १०० रुपैंया अंकित ३१ लाख ६० हजार कित्ता सेयर निष्काशन ! Feb 10, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले प्रति कित्ता १०० रुपैयाँ र्अकित ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । बैंकले पाँच सेयर बराबर एक (५ः१)को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । यही पुस १३ गतेसम्म नेपाल स्टक एक्चेन्जमा कारोबार गरिरहेका सेयर धनिले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । ग्लोवल आईएमई क्यापिटल लिमिटेड धितोपत्र निष्कासन तथा ...
  • अब घरजग्गा, गाडी र सेयरमा कुनै पनि वाणिज्य बैंकले ऋण नदिने, आजैबाट लाग… Feb 9, 2017 Arthatantrabank loan
    काठमाण्डौं । वाणिज्य बैंकहरुले गाडी तथा घरजग्गामा केही समय ऋण लगानी रोक्ने भएका छन्। बैंकहरुले सेयर धितो कर्जा ऋण पनि रोक्ने भएका छन् । संघको तर्फबाट गभर्नरलाई भेटेर फर्किएको भोलीपल्टै अर्थात् आज बिहीबार अध्यक्ष अनिल शाहले सञ्चालनमा रहेका सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई विस्तृत छलफल गरेका छन्। छलफलले तत्काललाई गाडि, घरजग्गा, सेयर धितो ऋण रोक्ने निर्णय गरेको छ। छलफलमा २७ वटा ...