Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • बजारमा आयो बैंकको २० लाख कित्ता सेयर, फागुन १२सम्म किन्न मिल्ने Feb 9, 2017 Arthatantrashare
    काठमाण्डौं । कृषि विकास बैंकले हकप्रदमा नबिकेको झण्डै २० लाख कित्ता साधारण सेयर आजबाट लिलामीमा राखेको छ । बैंकले लिलामीमा राखेको सेयरमा माघ २७ गतेदेखि फागुन १२ गतेसम्म आवेदन गर्न सकिन्छ । बैंकले गत कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला गरेको थियो । जसमध्ये हकप्रदमा आवेदन नपरेको १९ ...
  • १ बराबर १ अनुपातमा हकप्रदको यो मौका नगुमाउनुहोला ! Feb 8, 2017 ArthatantraRights-issues-
    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढाएको छ । गत मंसिर २९ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारणले गरेको निर्णय अनुसार कम्पनीले एक शेयर बराबर एक शेयरको अनुपातमा १ करोड ३२ लाख ४८ हजार ६३७ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । सेयर निष्काशन गर्नको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नको ...
  • सेयर नपरेको पैसा, हेर्नुहोस् यसरी हुँदैछ फिर्ता Feb 8, 2017 ArthatantraStacks of coins
    काठमाण्डौं । नेपाल एसबिआई बैंकले एफपीओमा आवेदन गरेका आवेदकलाई माघ २८ गते शुक्रबारबाट सेयर नपरेको पैसा फिर्ता गर्ने भएको छ । बैंकले आवेदकले फारम बुझाएकै स्थानबाट रकम फिर्ता पाउन सक्ने जनाएको छ । बैंकले निष्काशन गरेको ६७ हजार सात सय ६७ कित्ता थप नयाँ सेयर (एफपीओ) माघ २३ गते बाँडफाँड गरेको थियो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले ...
  • बजारमा आयो दुई करोडभन्दा बढी कित्ता सेयर, छिटो गर्नुहोस् मौका गुम्ला Feb 8, 2017 Arthatantraopen-for-business share
    काठमाण्डौं । एनआईसी एशिया बैंकले तीन दिन भित्र बोलपत्र मार्फत दुई करोड २० लाख भन्दा बढी कित्ता सेयर बिक्री गर्ने सूचना जारी गरेको छ । एनआईसीले आफ्नो नाममा रहेको आठ वटा सामुहिक लगानी कोष र नेशनल लाईफ ईन्स्योरेन्सको सेयर तीन दिने लिलामीमा निकालेको हो । यो सेयर ब्यक्ति तथा संगठित संस्थाहरु दुबैले किन्न सक्नेछन् । लिलाममा आएको मध्ये लक्ष्मी भ्यालु फण्ड १ ...
  • फाइनान्सको करिब साढे दुई लाख कित्ता सेयर बिक्रीमा, किन्ने हैन त ? Feb 7, 2017 ArthatantraMICROFINANCE share
    काठमाण्डौं । सेती फाइनान्सले दुई लाख ४९ हजार ९१८ कित्ता सेयरहरु बिक्रीमा राखेको छ। फाइनान्सले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन नपरेपछि कम्पनीले बोलकबोलमा बिक्री गर्न लागेको हो। कम्पनीले एक लाख ८३ हजार २३६ कित्ता संस्थापक र ६६ हजार ६८२ कित्ता साधारण सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो। कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो। कम्पनीको सेयर किन्नका लागि फागुन १९ गतेसम्म ...
  • दुई वर्षभित्र सबै विकास बैंक र फाइनान्स हटाइने Feb 7, 2017 Arthatantrabank_1
    काठमाण्डौं । सरकारले आगामी दुई आर्थिक बर्षभित्र बैंक तथा वित्तीय संस्थालाई एउटै वर्गमा समेट्ने भएको छ। अहिले ‘क’ वर्गमा वाणिज्य बैंकहरु, ‘ख’ वर्गमा विकास बैंकहरु, ‘ग’ वर्गमा फाइनान्स कम्पनीहरु र ‘घ’ वर्गमा लघुवित्त विकास बैंकहरु छन्। सरकारले आर्थिक बर्षा २०७५/७६ भित्र वित्तीय संस्थाहरुको वर्गीकरण हटाएर सबैलाई एउटै मान्यता दिन्छ। सरकारले आगामी पाँच बर्षको वित्तीय क्षेत्र विकास रणनीति तयार पार्दै साना संस्थासहरुलाई ...
  • नेप्सेले दुई विकास बैंकको सेयर कारोबार रोक्यो, यस्तो छ कारण Feb 7, 2017 Arthatantrahand Stop
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले दुई विकास बैंकको सेयर कारोबार रोकेको छ ।  भिबोर सोसाइटी बिकास बैक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको मर्जर प्रकृया सुरु भएसँगै यी कम्पनीको सेयर कारोबार रोकेको हो।  नेप्सेले मंगलबार देखि यी कम्पनीको कारोबार रोक्का गरेको जनाएको छ। सोमबार दुई कम्पनीबीच मर्जरको सहमति बनेको थियो। मर्ज गर्नकालागि भिबोरका अध्यक्ष सुशीलराज पराजुली र लुम्बिनीका अध्यक्ष चिन्तामणी भट्टराईले ...
  • १३ वाणिज्य बैंकले राष्ट्र बैंकसमक्ष माफी मागे,सुक्ष्म अनुसन्धानसँगै का… Feb 7, 2017 Arthatantranrb
    काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ वटा बाणिज्य बैंकहरुमा सुक्ष्म अनुगमन गरेको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले १३ वटा समुह खटाएर ती बैंकहरुको कर्जा लगानीको तथ्यांकको अध्ययन गरेको गरेको हो ।१३ वटा बाणिज्य बैंकमा सुक्ष्म अनुसन्धान गर्यौं, उनीहरुले कर्जा लगानीमा जथाभावी गरेको देखियो, अहिले माफी मागेका छन’, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भने । ती बैंकहरुलाई कस्तो कारवाही ...
  • तपाईलाई कुन कम्पनीको सेयर किन्न मन छ ? तयार बस्नुहोस् सबैले जारी गर्ने… Feb 6, 2017 Arthatantrashare
    काठमाण्डौं । सरकारले आगामी आर्थिक बर्षभित्र वास्तविक क्षेत्रका कम्पनीहरुको सेयर निस्कासन अनिवार्य गर्ने भएको छ। कानुन नै संशोधन गरेर सरकारले ती कम्पनीहरुलाई अनिवार्य रुपमा सर्वसाधारणमा सेयर जारी गर्न वाध्य पारिन लागेको हो। सरकारले ‘वित्तीय क्षेत्र विकास रणनीति’ पारित गर्दै पूँजी बजारको विकासका लागि वास्तविक क्षेत्रलाई सेयर जारी गर्न वाध्यात्मक व्यवस्था गर्न लागेको हो। यसका लागि सरकारले नेपाल धितोपत्र वोर्ड, अर्थ र ...
  • सेयर किन्दै हुनुहुन्छ ? दुई कम्पनीको मूल्य समायोजन भएको छ है Feb 5, 2017 Arthatantraprice list share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले आज आईतबार नेपाल एसबीआई बैंक र गरिमा विकास बैंकको सेयरमूल्य समायोजन समायोजन गरेको छ । दुबै बैंकको बोनसपछि मूल्यमा समायोजन भएको हो । नेपाल एसबीआइ बैंकको २८ प्रतिशत बोनसपछि नेप्सेमा सेयर मूल्य ११२० रुपैँया कायम भएको छ । बैंकको आधार मूल्य १०७१ रुपैँया रहेको छ । त्यस्तै, गरिमा विकास बैंकको २० प्रतिशत बोनस पछिको समायोजित सेयर ...