Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • भारतले नेपालमा अक्सिजन मार्फत ‘ग्यास हैन अव क्यास’ पठाउन थ… Dec 7, 2016 ArthatantraIMG_4072
    काठमाडौं । नेपालमा ख्यातीप्राप्त रेमिट्यान्स कम्पनी आइएमईले भारतबाट सजिलै पैसा पठाउन अक्सिजन सर्भिससंग सहकार्य शुरु गरेको छ । आईएमई र अक्सिजन सर्भिस इण्डिया प्रा.लि वीच औपचारिक रेमिटन्स सेवा शुरु भएको बुधबार काठमाडौंमा आयोजित एक औपचारिक शुभारम्भ कार्यक्रम मार्फत जानकारी दिइयो । अक्सिजन इण्डिया र नेपालमा रेमिटेन्सको पर्यावाची मानिएको आईएमई लिमिटेडवीच भएको सेवा शुभारम्भले इण्डो–नेपाल रेमिटेन्सलाई अझै बढी संस्थागत र औपचारिक बनाउने ...
  • थाहा पाउनुस्, विकास बैंकले दिँदैछ २९ प्रतिशत बोनस सेयर ! Dec 7, 2016 Arthatantrashare
    काठमाण्डौं । रिलायवल डेभलपमेण्ट बैंकले आफ्ना सेयरधनीहरुका लाग २९ प्रतिशत बोनस सेयर दिने भएकोछ । बैंकको आजै बसेको संचालक समितिले यस्तो निर्णय गरेकोछ । यो निर्णय राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सर्वसाधाणलाई वितरण गरिनेछ । चौथो त्रैमासको वित्तीय प्रतिवेदनअनुसार रिलायवल डेभलपमेन्ट बैंकसँग ७८ करोड ८० लाख रुपैयाँको चुक्ता पुँजी छ भने रिजर्भमा ३७ करोड रुपैयाँ छ। ...
  • टुरिजम् बैंकले ल्यायो ग्राहकलाई आकर्षक योजना Dec 6, 2016 Arthatantra199 Days FD
    काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंकले ग्राहकहरुका लागि उच्च प्रतिफल प्रदान गर्ने गरी “१९९ दिने स्वर्णिम मुद्दती निक्षेप” योजना ल्याएको छ । १९९ दिन अवधि रहेको मुद्दती निक्षेप योजना अन्र्तगत ग्राहकले न्यूनतम मौज्दात रु ५००,००० (पाँच लाख रुपैया) मा ९ प्रतिशतको आकर्षक ब्याजदर प्रदान गर्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ...
  • मेगाले ल्यायो १३.२५ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद सेयर Dec 5, 2016 Arthatantramega-bank-
    काठमाण्डौं । मेगा बैंकले आफ्ना सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । हिजो आइतबार बसेको बैंक संचालक समितिको बैठकले बोनस वितरण पश्चात ६५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव समेत गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाइ वितरण गरिनेछ । बैंकको चुक्ता ...
  • बैंकले ल्यायो सेयरधनीलाई खुशीको खबर, दिने भो ४८.७५ प्रतिशत बोनस सेयर ! Dec 5, 2016 Arthatantrashare success
    काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयर धनीहरुका लागि ४८.७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेकोछ । बैंकले ४८।७५ प्रतिशत बोनस दिने प्रस्ताव गरे पनि केही दिन अघि बिक्री गरिएको २५ प्रतिशत हकप्रदलाई समेत हिसाब गर्दा त्यो ३९ प्रतिशत हुने कम्पनीले नेपाल स्टक एक्सचेन्जको वेभसाईट मार्फत जनाएको छ । बैंकको हिजो बसेको २ सय ५९औं बैठकले यो प्रस्ताव अगाडि सारेको हो ...
  • फाइनान्सको सेयर छ ? पाउँदै हुनुहुन्छ १३ प्रतिशत बोनस सेयर ! Dec 4, 2016 Arthatantrashare
    काठमाण्डौं । जेबिल्स फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई करिब १२।५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०।६५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले बोनस वितरण पश्चात एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद बिक्री गर्ने निर्णय समेत गरेको छ । यो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । अहिले कम्पनीको चुक्ता पुँजी ...
  • वित्तीय संस्थाको सेयर छ ? पाउँदै हुनुहुन्छ शतप्रतिशत हकप्रद ! Dec 2, 2016 Arthatantrainvest in share
    काठमाण्डौं । नमस्ते वित्तीय संस्था लिमिटेडले पुस ८ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ। संस्थाले १०० रुपैयाँ अंकित दरका सेयर शतप्रतिशत जारी गर्न लागेको हो । अर्थात १० कित्ता हुनेले अर्को १० कित्ता सेयरका लागि आवेदन दिन पाउँछन्। संस्थाले तीन लाख ७५ हजार कित्ता सेयर जारी गर्न लागेको हो। संस्थाको सेयर मंसिर २३ गतेसम्म कायम सेयरधनीले भर्न पाउँछन्। कम्पनीको सेयर ...
  • विकास बैंकको सेयर छ ? छुट्ला है ६ प्रतिशत बोनस सेयर ! Dec 1, 2016 Arthatantrashare share
    काठमाण्डौं । गत बर्षको नाफाबाट महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस सेयर दिने भएको छ। हिजो बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले वोनस सेयर दिने प्रस्ताव गरेको हो। बैंकले पारित गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउँछन्। मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स र सिद्धार्थ फाइनान्स गाभिएर बनेको महालक्ष्मी विकास बैंकले तत्कालिन मालिका विकास बैंकको नाफाबाट यो लाभांश ...
  • ४२ मेगावाटको मिस्त्रीखोला आयोजनाका लागि ठूला बैंकसहित ७ कम्पनीसँग ऋण स… Nov 30, 2016 ArthatantraHydroPower
    म्याग्दी । म्याग्दीको नारच्याङ गाविस– १ मा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण कार्य सुरु भएको छ । रु पाँच अर्ब ६४ करोडको लागतमा रोवस्ट इनर्जी कम्पनीले निर्माण सुरु गरेको उक्त आयोजना आगामी सन् २०१८ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । एक सय ८० मिटर पहुँच मार्ग निर्माण सकेर मुख्य सुरुङको काम सुरु गरेको आयोजनाका प्रमुख इन्जिनियर दामोदर ...
  • बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ ३० प्रतिशत बोनस सेयर ! Nov 30, 2016 ArthatantraBank image1
    काठमाण्डौं । हिमालय बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुका लागि ३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंकको हिजो बसेको ३ सय ३८औं बोर्ड मिटिङले उक्त निर्णय गरेको हो । यसका साथै कम्पनीले १.५७ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । बैंकको यो निर्णयलाई बैंकको साधारण सभा एवं नेपाल राष्ट्र बैंकले स्वीकृत दिन बाँकी नै छ । बैंकले गत ...