Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • बैंकमा खाता खोल्नुहोस् अनि पाउनुहोस् सुलभ निर्जिवन बीमा ! Nov 23, 2016 Arthatantrabank_1
    काठमाण्डौं । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । बैंक र इन्स्योरेन्स कम्पनी बीच सम्झौतापत्रमा हिजो मंगलवार हस्ताक्षर भएको छ । यो सेवा अन्र्तगत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निर्जीवन बीमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको छ । ८ मंसिर २०७३, १०।००
  • थाहा पाउनुभयो ? लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भयो है ! Nov 22, 2016 Arthatantramicrofinance share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जले आज मंगलबारदेखि विजय लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर मूल्य समायोजन गरेको हो । १५ प्रतिशत बोनस सेयर जारी गरेको कम्पनीको प्रतिकित्ता सेयर मूल्य ९५३ रुपैयाँ तोकिएको छ । बैंकको सेयरको आधार मूल्य भने ५१७ रुपैंया रहेको छ । ७ मंसिर २०७३, १२।००
  • अर्थ समितिले पारित गर्यो बाफिया, हेर्नुहोस् के के छन् नयाँ प्रावधान ! Nov 22, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । लामो विवादपछि संसद्को अर्थ समितिले बैंक तथा संशोधन तथा एकीकरण गर्न बनेको विधेयक (बाफिया) पारित गरेको छ । पारित भएको विधेयक अनुसार बैंक तथा वित्तीय संस्था सन्चालनमा आएको १० बर्षपछि संस्थापक सेयर साधारणमा सेयरमा परिणत हुनेछ । सोमबार उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालको उपस्थितमा चार घण्टाको छलफलपछि बाफियामा देखिएको विवाद टुंगो ...
  • बैंकर रविनालाई कोरियामा अन्तर्राष्ट्रिय अवार्ड Nov 21, 2016 ArthatantraRaveena-Award2
    काठमाडौं । मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले कोरियाबाट प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गरेकी छन् । एशिया मेडिकल एस्थेटिक कंग्रेसको अवसरमा उहाँलाई एशिया टप ब्राण्ड मास्टर ग्राण्ड अवार्ड प्रदान गरिएको हो । बैंकिङ क्षेत्रसँगसँगै देशको आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा विशेष योगदान पुराएका कारण श्रेष्ठलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । समारोहमा विभिन्न देशका महिला उद्यमी तथा ...
  • थाहा पाउनुभो ? डेभलपमेण्ट बैंकले जारी गर्दैछ ९ लाख ९० हजार कित्ता सेयर… Nov 21, 2016 ArthatantraBlog-buy-sell-hold share market stock
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डबाट एक सय रुपैंया अंकित दरमा ९ लाख ९० हजार कित्ता हकप्रद निष्काशनका लागि कञ्चन डेभलपमेण्ट बैंकले स्वीकृति पाएकोछ । कञ्चनपुरमा मुख्य कार्यालय रहेको तीन जिल्ले  यो बैंकले  ५० प्रतिशत हकप्रद निष्काशनका लागि शुक्रबार नै स्वीकृति पाएको हो । कञ्चनले हकप्रद निष्काशनबाट अहिलेको चुक्ता पूजी १९ करोड ८० लाख रुपैंयालाई २९ करोड ७० लाख रुपैंया पुर्याउन लागेको ...
  • विकास बैंकले दिँदैछ ३४ प्रतिशत बोनस सेयर, अनि ४० प्रतिशत हकप्रद ! Nov 20, 2016 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । दशौं वार्षिक साधाण सभाबाट मुक्तिनाथ विकास बैंकले लगानीकर्तालाई ३४ प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद दिने निर्णय गरेकोछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३४ प्रतिशत बोनस सेयर दिने भएको छ। बोनस सेयरपछि ४० प्रतिशत हकप्रद सेयर पनि दिने भएको छ। शनिबार पोखरास्थित होटल ग्राण्डमा सम्पन्न दशौं वार्षिक साधारण सभाबाट बोनस तथा हकप्रद सेयरको निर्णय पारित भएको बैंक ...
  • सेयर सूचक झरिरहेको बेला विकास बैंकको हकप्रद किन्ने कि नकिन्ने ? Nov 18, 2016 Arthatantrastock share market
    काठमाण्डौं । सेवा विकास बैंकले मंसिर २३ गतेबाट १२० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। पुस २७ गतेसम्म भर्न पाइने बैंकको सेयर असोज १९ गतेसम्म कायम सेयरधनीले पाउने छन्। बैंकसँग अहिले ४२ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी छ। बैंकले १ः१.२ को अनुपातमा सेयर जारी गर्ने छ। बैंकले ५१ लाख ६ हजार ६६२ कित्ता सेयर जारी गर्न लागेको हो। बैंकको ...
  • तयार हुनुस्, लघुवित्त वित्तीय संस्थाले ल्याउँदैछ ३ लाख कित्ता सेयर ! Nov 17, 2016 Arthatantramicrofinance share
    काठमाण्डौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले तीन लाख कित्ता साधरण सेयर जारी गर्ने भएको छ । काभ्रेपलान्चोकको साँगामा रहेको यो वित्तिय संस्थाले सेयर निष्काशनका लागि एनएमबि क्यापिटललार्इ बिक्री प्रवन्धक तोकेको छ। सेयर निष्काशनका लागि वित्तिय संस्था र एनएमबि क्यापिटल मार्केटबीच सम्झौंता भएको छ।   २०७० चैत ३० गतेदेखि कारोबार थालेको यो वित्तिय संस्थाको ३२ वटा शाखा कार्यालय रहेका छन् । २ मंसिर २०७३, ...
  • विकास बैंकको सेयर छ ? बोनस सेयर पारित भयो है ! Nov 17, 2016 Arthatantrabonus
    काठमाण्डौं । सिन्धु विकास बैंकको साधारणसभाले १६.८ प्रतिशत बोनस सेयर तथा ०.८८ प्रतिशत नगद लाभांस पारित गरेको छ। बैंकको सातौं साधारणसभाले यस्तो प्रस्तावलाई पारित गरेको हो। साधारणसभाले १० बराबर ८  अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।बैंक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले तोकिएको म्याद सम्ममा बैंकले पुँजी पुर्याउने दाबी गरे। बैंकले  १ अर्ब ६१ करोड  निक्षेप संकलन गरी १अर्ब १५ करोड ...
  • लघुवित्तको आतंक, २० हजारको कर्जा किस्ता ७ हजार तिर्न नसकेपछि आत्महत्या… Nov 16, 2016 Arthatantramicrofinance
    मकैसिङ (गोरखा)– ताङ्लिचोक–९ भलायडाँडाकी ४५ वर्षीया दुनिमायाँ चेपाङले एक लघुवित्तबाट २० हजार रुपैयाँ कर्जा लिइन् । कर्जा किस्ताबापतको सात हजार रुपैयाँ खोज्दै गाउँगाउँ डुलिन् तर रकम जुटाउन नसकेपछि विष खाएर आत्महत्या गरिन् । सोही गाउँकी विमला चेपाङले चारवटा लघुवित्तबाट कर्जा लिइन् । पति घरमा नभएका बेला भएभरको पाखोबारी बन्धकी दिएर आएको एक लाख २० हजार रुपैयाँले ऋण तिरेर उनी घरबार मात्र ...