Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • तिहारको बिदाका दिन पनि अनिवार्य रुपमा बैंक खुल्ने ! Oct 30, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । सरकारी राजश्व वुझ्ने बैंकहरु तिहारको विदाका दिन पनि खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै तिहारमा पनि भन्सार कार्यालयहरु खुला रहने भएकाले त्यो बेला पनि बैकका शाखा तथा काउन्टर खोल्न निर्देशन दिएको हो । राष्ट्र बैंकले भन्सार कार्यालयहरुमा राजश्व संकलन प्रयोजनले खुलेका बैंकका शाखाहरु खोल्नु पर्ने व्यवस्था गरेको हो । ती शाखाहरु तिहारको भाइटिकाका ...
  • यतीको सेयर किन्दै हुनुहन्छ, थाहा पाउनुहोस् बढायो ४ सय प्रतिशत नाफा ! Oct 28, 2016 Arthatantrayeti-dev-Bank
    काठमाण्डौं । यती डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ६ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। यो गत आर्थिक बर्षको समान अवधिको तुलनामा ४०१ प्रतिशतले धेरै हो। बैंकले गत आवको पहिलो त्रैमासिकमा एक करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो। गत आवको असोज सम्ममा ३४ करोड रुपैयाँले ऋणात्मक भएको जगेडा कोष समेत यसपाली ११ करोड ५२ लाख रुपैयाँले ...
  • बैंकको प्रगति विवरण सार्वजनिक, करिब ८० करोड नाफा कमायो ! Oct 28, 2016 Arthatantranabile bank
    काठमाण्डौं । नबिल बैंक लिमिटेड चालु आर्थिक बर्षको असोज मसान्तसम्म ७९ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ। बैंकले गत बर्षको यसै अवधिको तुलनामा २२.१६ प्रतिशत नाफा बढाएको हो। बैंकले यो अवधिमा निक्षेप संकलन एक खर्ब २० रुपैयाँ पुर्याएको छ। निक्षेप करिव ११ अर्ब रुपैयाँले बढेको छ। बैंकले कर्जा लगानी पनि ६७ अर्ब ४३ करोड रुपैयाबाट बढाएर ८३ अर्ब ५४ करोड ...
  • खुल्यो करिब ९ लाख ५२ हजार कित्ता सेयर ! Oct 28, 2016 ArthatantraShare Market
    काठमाण्डौं । सेती फाइनान्स लिमिटेडले मंसिर १ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ५१ हजार ७८६ कित्ता सेयर जारी गर्न लागेको हो। कम्पनीले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयर वितरण गर्न लागेको हो। असार मसान्तभित्र ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने अनिवार्य व्यवस्थाका कारण कम्पनीले डेढ सेयर प्रतिशत हकप्रद जारी गर्न लागेको ...
  • जनता बैंकको एक करोड कित्ता सेयर मंसिर १ गतेदेखि Oct 27, 2016 Arthatantrajanata-bank
    काठमाडौ । जनता बैंक नेपाल लिमिटेडले मंसिर १ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । पुस ५ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरमा कात्तिक १० गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन ...
  • प्राइम बैंकले ३ महिनामै कमायो २५ करोड १० लाख, बढायो १४ प्रतिशतले नाफा … Oct 26, 2016 Arthatantraprime-bank
    काठमाण्डौं । प्राइम कमर्सियल बैंकको नाफा करिव १४ प्रतिशतले बढेको छ। बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा नाफा २५ करोड १० लाख रुपैयाँ गरेको हो। बैंकले एक बर्षको अवधिमा कर्जा लगानी १० अर्ब रुपैयाँले बढाउँदै खुद ब्या आम्दानी ३८ करोड रुपैयाँ गरेको छ। यो करिव आठ करोड रुपैयाँको बृद्धि हो। बैंकको कर्मचारी खर्च भने बढेको छ। बैंकले अघिल्लो बर्ष ४ ...
  • ४५ वटा बैंक तथा वित्तीय संस्था मर्ज भई १८ बन्दै Oct 25, 2016 Arthatantrabank_1
    काठमाडौ । ४५ वटा बैंक तथा वित्तीय संस्था मर्ज भई १८ वटा बन्ने प्रक्रियामा रहेका छन् । त्यस क्रममा २७ वटा विकास बैंक तथा फाइनान्स कम्पनी विलय हुदैछन् । नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म ७७ वटा बैंक तथा वित्तीय संस्थाको लाईसेन्स खारेज भएको छ । २०७३ भदौ मसान्तसम्ममा कुल ११८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा गई ४१ मा झरेका ...
  • कैलाशको सेयर छ ? छ भने पाउनुहुनेछ २५ प्रतिशत बोनस ! Oct 24, 2016 Arthatantrashare market
    काठमाण्डौं । कैलाश विकास बैंक लिमिटेडले बोनस सेयर जारी गर्नका लागि नेपाल राष्ट्र बैंकबाट स्विकृती पाएको छ । बैंकले तीन करोड ९५ लाख आठ हजार चार सय रुपैयाँ बराबरको बोनस सेयर जारी गर्न लागेको हो । उक्त बोनस सेयर बैंकको आगामी साधारण सभाबाट स्वीकृत गरी सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ । ८ कार्तिक २०७३, ३।३०
  • निक्षेपमा आकर्षक प्रतिफल दिंदै सिद्धार्थ बैंक,‘सिद्धार्थ १८० दिने मुद्… Oct 24, 2016 Arthatantrasiddhartha_180days_muddati
    काठमाडौ। सिद्धार्थ बैंकले ग्राहकहरुलाई निक्षेपमा आकर्षक प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ  ‘सिद्धार्थ १८० दिने मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । सिद्धार्थ १८० दिने मुद्दती खाता छोटो अवधिमा आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहकहरुलाई लक्षित गरि ७ दशमलब ५ प्रतिशतको आकर्षक प्रतिफलको साथमा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । बैंकले हाल नेपालभर ६४ शाखा, ८१ एटिएम र विभिन्न ६६ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको ...
  • ७७ बैंक तथा वित्तीय संस्थाको इजाजत खारेज ! Oct 24, 2016 ArthatantraNrb
    काठमाडौ । नेपाल राष्ट्र बैंकले ७७ वटा बैंक तथा वित्तीय संस्थाहरुको इजाजत खारेज गरेको छ । २०७३ भदौ मसान्तसम्ममा कुल ११८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएपछि ७७ वटालाई खारेज गरी ४१ वटा मात्र बनाएको राष्ट्र बैंकले जनाएको छ । वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर/प्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा ...