Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • सानिमाको वित्तिय विवरण सार्वजनिक, त्रैमासको नाफा नै २७ करोड बढी ! Oct 24, 2016 Arthatantra-sanima-bank
    काठमाण्डौं ।  सानिमा बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा २७ करोड पाँच लाख रुपैयाँ गरेको छ। बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय बिबरण अनुसार अघिल्लो बर्षको यसै अवधिको तुलनामा यसपाली नाफा साढे ५३ प्रतिशतले बढेको हो। बैंकले १४ अर्ब रुपैयाँ ऋण वढाएर खुद ब्याज आम्दानी २१ करोड रुपैयाँले बढाएपछि नाफामा उल्लेख्य सुधार आएको हो। बैंकको कुल कर्जा ...
  • सेयर किनिहाल्नुहोस्, २५ प्रतिशत हकप्रद भर्ने अवसर छुट्ला ! Oct 24, 2016 ArthatantraBlog-buy-sell-hold share market stock
    काठमाण्डौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले कात्तिक २६ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ। बैंकको हकप्रद सेयर मंसिर ३० गतेसम्म भर्न पाइन्छ। बैंकको यो हकप्रद सेयर कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र भर्न पाउँछन्। बैंकले १०० रुपैयाँ अंकित दरको सेयर चुक्ता पुँजिको २५ प्रतिशतका दरले जारी गर्न लागेको हो। चार सेयर हुनेले एक सेयर पाउने छन्। बैंकले कुल १६ लाख ९९ हजार ...
  • बिदेश जाँदै हुनुहुन्छ ? माछापुच्छ्रे बैंकले सुरु गर्यो भिसा डलर प्रिपे… Oct 23, 2016 Arthatantramachhapuchchhre bank
    काठमाडौ । माछापुच्छ्रे बैंकले वैदेशिक भ्रमणमा जाने ग्राहकको सुबिधाको लागि भिसा डलर प्रिपेड कार्ड प्रयोगमा ल्याएको छ। भुटान तथा भारत बाहेकका देशमा भिसा कार्ड स्विकार गर्ने सम्पूर्ण एटिएम र व्यापारिक केन्द्रमा यो कार्ड सजिलै चलाउन सकिने बैंकले जनाएको छ। उक्त कार्ड नेपाल राष्ट्र बैङ्कले तोकेको सीमासम्म भुटान र भारत बाहेकका तेस्रो मुलुकमा भ्रमण गर्दा प्रयोग गर्न सकिनेछ। नगद विदेशी मुद्राको उत्तम विकल्पको ...
  • तयार रहनुहोस्, बैंकले जारी गर्दैछ ३ अर्ब ३० करोड रुपैयाँको साधारण सेयर… Oct 23, 2016 Arthatantrashare market positive profit stock
    काठमाण्डौं । स्टान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको नयाँ साधारण सेयर (एफपीओं) निष्कासन गर्ने भएको छ । बैंकले आफ्नो वेवसाइट मार्फत पुँजी वृद्धि योजना सार्वजनिक गर्दे प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने जनाएको हो । बैंकको गत असोज ३ मा बसेको संचालक समितिको बैठकले फर्दर पब्लिक अफारिंग (एफपीओं) निष्काशन गर्ने निर्णय गरेको थियो । बैंकले गत आर्थिक बर्षमा एक ...
  • “आईएमई हात हुँदैन खाली” योजना अन्तर्गत तेस्रो र चौथो हप्ताका विजेता घो… Oct 23, 2016 Arthatantraimage description
    काठमाडौ । रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले महान पर्व विजया दशमी–२०७३ लक्षित सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना अन्तर्गत तेस्रो र चौथो हप्ताका भाग्यशाली विजेता घोषित गरेको छ । आईएमई कन्ट्रोल नम्बर ९०६७६४८६५६४ र १२३९०३९४३२५ मा क्रमशः मलेसिया र डेनमार्कबाट पैसा पठाउने आईएमई सेवाग्राही आङ्ग नर्बु शेर्पा र सरोज श्रेष्ठ विजेता घोषित भएका छन् । कन्ट्रोल नम्बर ९०६७६४८६५६४ र १२३९०३९४३२५ का विजेता दुवैले क्रमशः नेपाली ...
  • सनराइज बैंकको नाफा शतप्रतिशतभन्दा बढ्यो, हेर्नुहोस् कसरी ? Oct 23, 2016 ArthatantraSunrise Bank
    काठमाण्डौं । सनराइज बैंकले चालु आर्थिक बर्षको पहिलो क्वार्टरमा सतप्रतिशत भन्दा बढी खुद मुनाफा बृद्धि गरेको छ। बैंकले चालु आवको पहिलो त्रैमासिकमा २५ करोड ३१ लाख १६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको हो। गत आवको यहि अवधिमा बैंकको नाफा ११ करोड ७८ लाख रुपैयाँ थियो। बैंकले खुद ब्याज आम्दानी साढे २३ करोड रुपैयाँले बढाएसँगै नाफामा उच्च बृद्दि हासिल गर्न संभव भएको ...
  • इन्स्योरेन्स र तीन विकास बैंकले ल्याए बोनस सेयरको बहार, आजै मिल्यो स्व… Oct 23, 2016 ArthatantraShare bonus
    काठमाण्डौं । एक इन्स्योरेन्स कम्पनी र तीन विकास बैंकले बोनस सेयर दिने घोषणा गरेका छन् । यसका लागि उनीहरुले  आजै स्वीकृति पनि पाएका छन् । नेको इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीले २० प्रतिशत वोनस सेयर दिने घोषणा गरेको हो । त्यस्तै, भार्गभ विकास बैकले पनि २१.०५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । बैंकले पनि २० प्रतिशत वोनस ...
  • सनराइन बैंकको यो कस्तो एप्स ? पैसा ट्रान्सफर गर्दा आफैं हरायो Oct 22, 2016 Arthatantrasunrise_bank_apps
    काठमाडौ । एफवान सफ्टले नयाँ फिचरहरुसहित बनाएको सनराइज बैंकको नयाँ स्मार्ट एप्समा समस्या देखिँदा बैंकका ग्राहकले सास्ती पाएका छन् । हालैमात्रै लन्च गरिएको नयाँ एप्स चलाउँदा चलाउँदै आफै हराउने ग्राहकहरुले गुनासो गर्दै आएका छन् । बैंककी एक कर्मचारीले एप्समा समस्या भएको स्वीकार गर्दै यसको सुधारका लागि एफवान सफ्टलाई कुरा भइरहेको जानकारी दिइन । एप्सबाट मोवाइलमा पैसा रिचार्ज गर्दा तथा पैसा ट्रान्सफर ...
  • बैंकमा जागीर खाने हो ? अनुभवीलाई सानिमा बैंकले लिने Oct 22, 2016 Arthatantra-sanima-bank
    काठमाडौ । सानिमा बैंकले अफिसर र एसिस्टेन्ट तहका विभिन्न पदका लागि कर्मचारीहरु माग गरेको छ । बैंकले रिलेसनसिप मेनेजर, ब्रान्च मेनेजर, ब्रान्च अपरेसन इन्चार्ज, लिगल अफिसर, रिलेसनसिप अफिसर र ब्रान्च असिस्टेन्ट माग गरेको हो । अफिसर तहका रिलेसनसिप मेनेजर, कर्जा डिपार्टका लागि दुई जना र निक्षेप व्यवस्थापन डिपार्टका लागि एक जना माग गरेको छ । कर्जा डिपार्टका लागि एसिस्टेन्ट तहमा रहेर ...
  • सिटिजन्सको नाफामा उल्लेख्य बृद्धि, हेर्नुहोस् कति ? एनआइसी एशियाको पनि… Oct 21, 2016 Arthatantraprofits
    काठमाण्डौं ।   सिटिजन्स बैंक इन्टरनेशलन र एनआइसी एशिया बैंकले चालु आर्थिक बर्षको पहिलो क्वार्टरमा आफ्नो नाफा विवरण प्रस्तुत गरेका छन् । दुबै बैंकको नाफा १० करोडभन्दा बढी रहेकोछ । सिटिजन्स बैंकले खुद मुनाफा १४१ प्रतिशतले बढाउन सफल भएको छ । बैंकले चालु आवको असोज सम्ममा ३४ करोड ५१ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको हो। बैंकको ब्याज आम्दानी २२ करोड रुपैयाँले ...