Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • बैंक डुब्दा जनताको लगानी सरकारले ब्यहोर्नुपर्छ ! Oct 18, 2016 Arthatantranrb
    काठमाडौ । बैंकिङ क्षेत्रको सुधारका लागि ल्याउन लागिएको बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक चाँडै संसद्मा पेस गरिने भएको छ । व्यवस्थापिका–संसद् अर्थसमितिको मंगलबारको बैठकले उक्त विधेयकलाई व्यवस्थापिका–संसद्को बैठकमा चाँडो पेस गर्ने गरी समितिबाट अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको हो । समितिका सभापति प्रकाश ज्वालाले समितिको आगामी बैठकमा विधेयकमाथि दफाबार छलफल गरेर अन्तिम रुप दिने र ...
  • नेप्सेको फन्दामा अझै १३ कम्पनी, कहिलेदेखि होला सेयर कारोबार ! Oct 18, 2016 Arthatantrablack-bull-silhouette-clipart share stock
    काठमाण्डौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बार्षिक शुल्क नबुझाएका कारण १३ कम्पनीको कारोबार मंगलबार पनि रोक्का नै छ । हिजो सोमबार कारोबार रोकिएका २६ कम्पनी मध्ये आज बिहान सम्ममा आधाले शुल्क बुझाएपछि १३ कम्पनीको कारोबार खुलेको हो । शुल्क बुझाउन बाँकी रहेर सेयर कारोबार अझै रोकिएका कम्पनीहरु कर्पोरेट डेभलपमेन्ट बैंक,  आईएलएफसीओ माइक्रोफाइनान्स, कालिका माइक्रोफाइनान्स, कर्णाली विकास बैंक, किसान माइक्रोफाइनान्स, लक्ष्मी बैंक ...
  • सिविआईएल क्यापिटलको स्वतन्त्र संचालकहरु नियुक्त Oct 17, 2016 Arthatantracbil_capital
    काठमाडौ। सिविआईएल क्यापिटल लिमिटेडको स्वतन्त्र संचालकमा दुई जना नियुक्त भएका छन् । सोमबार संस्थाको संचालक समितिको बैठकले कमल विक्रम सिंह र भोला प्रसाद पाण्डेलाई आगामी २ वर्षको लागि कम्पनीको स्वतन्त्र संचालकमा नियुक्ति गरेको हो । सिविआईएल सिटिजन्स बैंकको सहायक कम्पनी हो । यो कम्पनीमा नागरीक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह–लगानी रहेको छ । उक्त कम्पनीले नेपाल धितो पत्र बोर्डबाट ...
  • भिबोर बैंक र बुम रेमिट्यान्सबीच रेमीट्यान्स सम्झौता Oct 17, 2016 Arthatantravibor
    काठमाडौँ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड र बुम रेमिट्यान्स प्रा. लि.बीच रेमीट्यान्स सम्झौता भएको छ । यो सम्झौतासँगै बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका ४२ वटा शाखा तथा १ एक्सटेन्सन काउण्टर मार्फत भुक्तानी लिन पाइने छ । सोमबार सम्झौतापत्रमा भिवोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाल र बुम रेमिट्यान्स प्रा.लि.का ...
  • सिभिल बैंक र इन्टरनेशनल फाइनान्सले थाले एकिकृत कारोबार Oct 17, 2016 Arthatantracivil bank
    काठमाडौं । नेपाल राष्ट्र बैंक तथाकम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृती प्राप्त भएपछि आजदेखि सिभिल बैंक लि.र इन्टरनेशनललिजिङ्ग एण्ड फाईनान्स कम्पनीको संयुक्त कारोवार शुरु गरेको छ । मर्जर पछि बैंकको नाम सिभिल बैंकनै रहेको र बैंकको संचालक तथा उच्च व्यवस्थापनमा पनि कुनै परिर्वतन नभएको बैंकले जनाएको छ । यो मर्जर पश्चात बैंकको शाखा संख्या ५१ पुगेको छ । रु २३ करोड चुक्तापुँजी ...
  • फाइनान्सको सेयर किन्नुहोस्, दिँदैछ १५० प्रतिशत हकप्रद ! Oct 16, 2016 Arthatantrainvest in share
    काठमाण्डौं । हाल कायम एक सेयर बराबर नयाँ एक दशमलव ५ अर्थात १५० प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्नका लागि सेती फाइनान्सले सेयरधनी दर्ता किताब बन्दको सूचना जारी गरेको छ । फाईनान्सले कार्तिक १० गते सेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । ६ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी भएको फाईनान्सले गत बर्ष ८४ लाख ९२ हजार रुपैयाँ मात्र खुद ...
  • सानिमा बैंकले ल्यायो १५ प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद Oct 15, 2016 Arthatantrasanima bank GA
    काठमाडौँ ।  सानिमा बैंकले ल्यायो १५ प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयर दिने भएको छ । सबैंकको असोज २८ गते सम्पन्न १२ औ बार्षिक साधारण सभाले सो निर्णय गरेको हो । बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर, ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागी) र ...
  • म्याग्दीमा दसैँमा रु एक अर्ब विप्रेषण भित्रियो Oct 14, 2016 ArthatantraRemitance
    बाबियाचौर (म्याग्दी), २८ असोज । म्याग्दीमा पछिल्लो एक महिनाको अवधिमा करिब रु एक अर्ब विप्रेषण भित्रिएको छ । दसैँ, तिहारजस्ता चाडपर्वमा घरखर्चका लागि विदेशमा रहेका म्याग्दीवासीले सो मात्रामा विप्रेषण पठाएका हुन् । जिल्लामा रहेका १४ वटा बैंकका २० वटा शाखा र त्योभन्दा दोब्बर सङ्ख्यामा रहेका रेमिट कम्पनीका प्रतिनिधिले असोजमा अन्य महिनाको तुलनामा दोब्बर बढी विप्रेषण भुक्तानी गरेको जनाएका छन् । एउटा कम्पनी ...
  • रबिना देशराजलाई ५ प्रश्न : कस्तो छ बैंकरको दशैं तयारी ! Oct 8, 2016 Arthatantrarabina desraj shrestha cover
    दशैं लाग्यो । पाँच दिनको छुट्टीसँगै सुरु भएको छ नेपालीहरुको विशेष चाड वडा दशैं । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा परिचित महिला बैंकर मेगा बैंक लि.का नायव महाप्रबन्धक, रबिना देशराज श्रेष्ठलाई दशैं कसरी मनाउँदै हुनुहुनछ भनेर सोधेका छौं । प्रस्तुत छ रविना देशराजलाई पाँच प्रश्न : दशैं आएको महसुस कसरी हुन्छ ? सबैभन्दा पहिले त मौसमले नै दशैं आएको जानकारी दिन्छ । मौसम ...
  • थाहा पाइराख्नुस्, विकास बैंकले दिँदैछ २० प्रतिशत बोनस सेयर ! Oct 7, 2016 ArthatantraShare bonus
    काठमाण्डौं । गत आर्थिक बर्षको मुनाफाबाट कन्काई विकास बैंकले २० प्रतिशत बोनस बाड्ने प्रस्ताव गरेको छ । हिजो बिहीबार बसेको बैंकको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । साथै बैंकले कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांस समेत प्रस्ताव गरेको छ । कम्पनीको प्रस्तावित लाभांस राष्ट्र बैंक र कम्पनीको साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिने छ । तीन जिल्ले ...