Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • माइक्रोफाइनान्सले दिने भयो ४५ प्रतिशत बोनस सेयर Sep 11, 2016 ArthatantraBonus-share
    काठमाडौं । समिट माइक्रोफाइनान्स विकास बैंकले आफ्ना लगानीकर्तालाई ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको गत शुक्रबार बसेको संचालक समितिको बैठकले ४५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जानकारी दिएको छ । प्रकाशितः २०७३ भदौ २६
  • बैंकिङ कसूर गर्नेलाई १२ वर्षसम्म जेल ! Sep 9, 2016 Arthatantrabanking-Jel
    बैंकबाट लिएको ऋण ग्राहकले उत्पादनशिल क्षेत्र या सहि कामका लागि नै प्रयोग गर्छन भन्ने छैन । यसअघि पनि ग्राहकले धेरै रकम बैंकबाट ऋण लिएर त्यसको दुरुपयोग गरेका घटनाहरु प्रसस्तै  मात्रामा छन् । यसअघि ग्राहकले बैंकिङ ऋणको दुरुपयोग गर्दा ऋण प्रदान गर्ने कर्मचारीका लागि कुनै कारवाहिको व्यवस्था बन्न सकेको थिएन । तर शुक्रबार संसदबाट बैंकिङ कसुर तथा सजाय ऐन–२०६४ लाई संशोधन गर्ने ...
  • त्रिबेणी विकास बैंकले १९ प्रतिशत बोनश शेयर दिने ! Sep 8, 2016 Arthatantra
    काठमाडौं । त्रिबेणी विकास बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई १९ प्रतिशत बोनस शेयर दिने भएको छ । गत बुधबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १९ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जनाएको छ । प्रकाशितः २०७३ भदौ २३
  • नबिलको एक अर्बको सामुहिक लगानी कोषको ईकाई सर्वसाधारणमा बिक्री गर्ने Sep 8, 2016 ArthatantraNabil Bank
    काठमाण्डौं । नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले एक अर्बको सामुहिक लगानी कोषको ईकाई सर्बसाधारणमा बिक्री गर्ने भएको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत नबिल ईक्विटी फण्डको १० करोड ईकाई असोज २ गतेदेखि बिक्रीमा आउने भएको हो । प्रति ईकाई १० रुपैयाँ मूल्यका ईकाईहरु सर्बसाधारणमा जारी गर्ने प्रयोजनका लागि कम्पनीले आब्हान पत्र प्रकाशित गरेको छ । कसरी दिने त आवेदन ? १० करोड ईकाई ...
  • नविल बैंकले दिने भयो सेयरधनीलाई ४५ प्रतिशत लाभांस Sep 7, 2016 ArthatantraNabil Bank
    काठमाडौं । नविल बैंकले सेयरधनीलाई ४५ प्रतिशत लाभांस दिने भएको छ । बैंक सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो । गत आर्थिक वर्षमा बैंकले २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । त्यही नाफाबाट सेयरधनीलाई लाभांस घोषणा गरेको हो । बैंकले घोषणा गरेको लाभांस नियामक नेपाल राष्ट्र बैंक र ...
  • सानिमा बैंकले १५ प्रतिशत बोनस सेयर दिने Sep 7, 2016 Arthatantra-sanima-bank
    काठमाण्डौं । सानिमा बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनश शेयर दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जनाएको छ ...
  • सिटिजन्स बैंकमा जागीर खुल्यो ! Sep 7, 2016 ArthatantraCitizens Bank
    काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा जागीर खुलेको छ । बैंकले उपत्यका बाहिरका शाखाहरुका लागि शाखा व्यवस्थापक माग गरेको हो । आवश्यक योग्यता पुगेका, इच्छुक र लगनशीलका साथै व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेको, अग्रेजी लेखन र बोलीमा पोख्त, माइक्रोसफ्ट अफिसमा नेपाली र अंग्रेजी दुबै टाइपिङ जानेको नेपाली नागरिकलाई १८ सेप्टेम्बर अर्थात असोज २ गते साँझ ५ बजेभित्रमा www.citizensbank.com.np/career.php मा गई अनलाइन ...
  • विप्रेषणले गर्दा मात्रै मुलुकको चालु खाता बचतमा ! Sep 6, 2016 Arthatantranepal Aarthik Sang
    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा भित्रिरहेको विप्रेषणबाट पुँजीगत आधार बनाउन सचेत र सार्थक पहल गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक संघको रजतजयन्ती कार्यक्रमको उद्घाटन गदृै उनले विप्रेषणलाई दिगो उत्पादनशील क्षेत्रमा लगानीको अवसर सिर्जना गर्नुपर्ने बताए ।  उनले भने, “विप्रेषणले मुलुकको अर्थतन्त्र धाने पनि विदेशमा नेपाली श्रमको माग घट्दै गएकाले विप्रेषणको वृद्धिदर पनि घट्दै गएको छ । यसैले विप्रेषणलाई विदेशी ...
  • नेपालमा प्रशान्त क्षेत्रका ३० बैंकहरुको सम्मेलन हुँदै ! Sep 6, 2016 Arthatantrabank_1
    काठमाण्डौं । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) ले नेपालमा पहिलो पटक ‘एसियन प्यासिफिक एसोसिएसन अफ बैंकिङ इन्ष्टिच्युट-एपिएबिआइ’ सम्मेलनको आयोजना गर्ने भएको छ । सन् १९८६ मा स्थापित संगठन एपिएबिआइ एसिया प्रशान्त क्षेत्रका ३० भन्दा वढि मुलुकको शिर्ष संगठन हो । संगठनको सन् २०१६ र १७ दुई बर्षे कार्यकालको अध्यक्षता अहिले नेपालको एनबिआइले गरिरहेको छ । अध्यक्षताको हैसियतमा एनबिआइले असोज ६ र ७ ...
  • अब नगद लाभांश सिधैं लगानीकर्ताको बैंक खातामा, सिद्धार्थ क्याटिलबाट भयो… Sep 6, 2016 Arthatantrashare
    काठमाण्डौं । सिद्धार्थ क्यापिटलले लगानीकर्ताले पाउने नगद लाभांस बैंक खाताबाटै पठाउनका लागि बैंक खाता खोल्न सूचना जारी गरेकोछ । नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले लगानीकर्ताको लाभांस रकम बैंक खातामा जम्मा गराउन सबै सुचिकृत कम्पनीलाई निर्देशन दिएको थियो । सिद्धार्थ क्यापिटल सेयर रजिष्ट्रार भएको सिद्धार्थ म्युचुअल फण्ड अन्तरगतका सिद्धार्थ लगानी वृद्धि योजना १ र सिद्धार्थ इक्विटी ओरियण्टेड स्किमले केही दिन ...