Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • बैंकको सेवालाई जनतातर्फ फर्काइयो Sep 1, 2016 Arthatantrabank_1
    काठमाडौ। “राष्ट्र बैंकको पूँजी वृद्धि गरिएको, बैंकको सेवालाई जनतातर्फ फर्काइएकाले विधेयकमा धेरै नयाँ विशेषता बनेको  छ, यसले  राष्ट्र बैंकको क्षमतामा समेत वृद्धि गर्नेछ । अर्थमन्त्री कृष्ण बहादुर महराले भने । व्यवस्थापिका–संसद्ले नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक, २०७३ लाई पारित  गर्दाकोक्रममा अर्थमन्त्री महराले यस्तो उल्लेख गरेका हुन् । बैठकमा सांसदले राखेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री महराले सामन्तवादी अर्थतन्त्रलाई  समाजवादी अर्थतन्त्रमा जान संविधानले ...
  • लघुवित्तले पायो शतप्रतिशत हकप्रदको स्वीकृति, सेयर मूल्य आकासियो ! Aug 31, 2016 Arthatantrashare
    काठमाण्डौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले पूँजी वृद्धिका लागि प्रस्ताव गरेको शतप्रतिशत हकप्रदलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाए लगत्तै बजारमा यसको सेयर मुल्य २ सय रुपैंया भन्दा बढीले उकालो लागेको छ । ११ करोड रुपैंया पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २२ करोड रुपैंया पुग्नेछ । गत आर्थिक वर्षमा ६ करोड २४ ...
  • हिमालयनले ल्यायो ८० प्रतिशत सवारी कर्जा, ८ वर्षसम्म तिर्न मिल्ने ! Aug 30, 2016 Arthatantranada1
    काठमाण्डौं । हिमालयन बैंक लिमिटेडले सवारी साधन कर्जामा विशेष छुट तथा सुविधा प्रदान गरेको छ । बैंकले मंगलबारबाट सुरु भएको नाडा अटो सो अवधिभर वार्षिक ६.५०५ (व्यक्तिगत) र बार्षिक ९.००५ (व्यावसायिक) ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । साथै बैंकले कर्जा सेवा शुल्कमा समेत विशेष छुट दिई ०.२५५ मात्र निर्धारण गरेको छ । व्यक्तिगत सवारी साधनको लागि कुल मूल्यको ...
  • वोमी माइक्रोको एक लाख ८० हजार कित्ता सेयर खुल्यो, के तपाईले भर्नुभयो ? Aug 30, 2016 Arthatantrawomi
    काठमाण्डौं । वोमी माइक्रोफाइनान्सले ५० प्रतिशत अर्थात दुई बराबर एक हकप्रद सेयर जारी गरेकोे छ । वोमीले एक लाख ८० हजार कित्ता हकप्रद निष्कासन गरेको छ । हकप्रदमा असोज १६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको चौथो वार्षिक साधारणसभाले पचास प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो । जसका लागि साउन २० गतेसम्म कायम कम्पनीका सेयर धनीहरुले मात्र हकप्रदका लागि आवेदन ...
  • प्राईम बैंकको १ करोड साढे २३ लाख सेयर खुल्यो, असोज १६ सम्म म्याद ! Aug 28, 2016 Arthatantraprime-bank
    काठमाण्डौं । प्राईम बैंकले तीन बराबर एक अर्थात ३ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले एक अर्ब २३ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद सेयर जारी गरेको हो । बैंकको हकप्रदमा आगामी असोज १६ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले चुक्तापूँजी बढाउने योजना अनुरुप ३३.३ प्रतिशत हकप्रद ...
  • कसरी भित्रियो त ? नेपालमा एक वर्षमा १५ अर्ब वैदेशिक लगानी ! Aug 27, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । आर्थिक वर्षमा नेपालमा १५ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी भित्रिएको छ । एक वर्षमा उद्योग विभागले रु. १५ अर्ब १४ करोडको वैदेशिक लगानी प्रतिवद्धता भएका कुल ३४१ वटा विदेशी संयुक्त लगानीका परियोजनाहरुलाई स्वीकृति प्रदान गरेको हो । प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता रकममा अघिल्लो आर्थिक वर्षको तुलनामा ७७.५ प्रतिशतले ह्रास आएको हो । वैदेशिक लगानीका परियोजनाको संख्यामा पनि ७.३ ...
  • फाइनान्सले दिने भयो साढे १० प्रतिशत बोनस शेयर ! Aug 26, 2016 Arthatantra
    काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले साढे १० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको २४१औं बैठकले लगानीकर्तालाई साढे १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५५ प्रतिशतका दरले नगद लाभांस दिने पनि प्रस्ताव गरेको हो । हाल २२ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको बोनस शेयरपछि चुक्तापूँजी २४ करोड माथि पुग्नेछ । गत आर्थिक बर्ष कम्पनीले ...
  • सिटिजन्स बैंकले ल्यायो ७ लाख ५ हजार कित्ता सेयर, आवेदन भदौ २४ बाट Aug 26, 2016 ArthatantraCitizens Bank
    काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशन लिमिटेडले ७ लाख ५ हजार ७१७ कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकले दिएको जानकारी अनुसार सर्वसाधारण सेयर ६ लाख २८ हजार ४१ कित्ता र संस्थापक सेयर ७७ हजार ६७६ कित्ता बिक्रीमा राखिएको छ । बजारमा प्रतिकित्ता करिव ७ सय रुपैयाँमा कारोबार भईरहेको बैंकको सेयर प्रतिकित्ता न्यूनतम १०० राखेर बढाबढ मूल्यमा बोलपत्र आह्वान गरिएको छ ...
  • भदौ मसान्तभित्र पूँजीवृद्धि योजना पेश गर्न लघुवित्तलाई राष्ट्र बैंकको … Aug 25, 2016 ArthatantraNepal Rastra Bank
    काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका थोक कर्जा प्रदान गर्ने लघुवित्त कम्पनीहरुलाई भदौ मसान्तभित्र पूँजीवृद्धि योजना बुझाउन निर्देशन दिएको छ ।राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत राष्ट्रियस्तरका थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाको २०७५ असार मसान्तसम्ममा ६० करोड चुक्ता पूँजी पुर्‍याउनु पर्ने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकले थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाहरुलाई समानुपातिक पूँजी वृद्धि योजना बनाएर ...
  • अल्पाइन डेभलपमेन्ट बैंकमा खुल्यो जागिर Aug 25, 2016 Arthatantravacancy
    काठमाण्डौं । अल्पाइन डेभलपमेन्ट बैंकमा जागीर खुलेको छ । बैंकले जुनियर एसिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । सो पदमा जागीर गर्न चाहने व्यक्तिले मान्यताप्राप्त शिक्षण संस्थाबाट विजनेस स्टडिजमा स्नातक तह ५० प्रतिशत प्राप्तांकसहित उतीर्ण गरेको हुनुपर्ने छ । बैंकले काठमाडौँ उपत्यकाभित्रकै लागि कर्मचारी माग गरेको जनाएको छ । इच्छुक, योग्यता पुगेका र २८ वर्ष उमेर ननाघेका व्यक्तिले ...