Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • एनएमबी बैंकले दिने भयो शैक्षिक प्रमाणपत्रको आधारमा ऋण ! Aug 13, 2016 Arthatantra-engineer
    काठमाण्डौं । एनएमबी बैंकले हिमालय कलेज अफ इन्जिनियरिङमा आईटी र इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने भएको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका अध्यक्ष विष्णुप्रसाद शर्मा र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडलबीच शैक्षिक कर्जा योजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि शैक्षिक प्रमाणपत्र धितो राखेर पढ्न पाउने सुनिश्चित भएको हो। आर्थिक अभावले इन्जिनियरिङ पढ्न नसकेका ग्रामीण क्षेत्रका ...
  • नविल बैंकले एक वर्षमा कमायो २ अर्ब ८२ करोड ! Aug 12, 2016 ArthatantraNabil Bank
    काठमाण्डौं । नविल बैंकले गत आर्थिक बर्षमा २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्षमाको तुलनामा यस वर्षको ७३ करोडले बढेको छ । जून अघिल्लो बर्षको तुलनामा करिब ३५ प्रतिशतले धेरै हो । खराबकर्जा घटाएको बैंकले प्रोभिजनमा जम्मा ५० लाख रुपैयाँ राखेको छ भने प्रतिसेयर आम्दानी झण्डै ६० रुपैयाँ पुर्याएको छ । बैंकको प्रति सेयर आम्दानी ...
  • लघुवित्तले ल्याउँदैछ ४ लाख कित्ता सेयर, भदौ ५ बाट आवेदन दिन मिल्ने ! Aug 12, 2016 Arthatantrashare broker
    काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी भदौ ५ गतेबाट सर्वसाधारणका लागि सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले यसमध्येबाट ८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको साथै २० हजार कित्ता सेयर यसअघि नै सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ...
  • माइक्रोफाइनान्सले ल्यायो ५० प्रतिशत सेयर, भदौ १३ देखि किन्न मिल्ने ! Aug 12, 2016 Arthatantrashare
    काठमाण्डौं । वोमी माइक्रोफाइनान्सले पनि भदौ १३ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकका दरले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको चौथो वार्षिक साधारणसभाले पचास प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो । बैंकको हकप्रदमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद सेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ५ करोड ४० लाख रुपैयाँ पुग्नेछ । वोमी माईक्रोफाईनान्सले गत आर्थिक ...
  • थाहा पाउनुभा’छ आजबाट खुल्यो मेगा बैंकको ८१ लाख भन्दा बढि सेयर ! Aug 11, 2016 Arthatantramega-bank-
    काठमाण्डौं । मेगा बैंकको आजबाट २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ। भदौ २९ गतेसम्म लगानीकर्ताले हकप्रद सेयरका लागि आवेदन दिन सक्ने छन्। ८१ लाख १ हजार ४ सय ३८ कित्ता हकप्रद बिक्री खुला भएको हो। हकप्रद सेयर बिक्री प्रबद्र्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। साउन ९ गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले बिक्री प्रबद्र्धकको जमल शाखा र मेगा ...
  • नेपाल बैंकको नाफा नै ३ अर्ब, २३.७४ हकप्रद दिँदै ! Aug 11, 2016 ArthatantraNepal Bank
    काठमाण्डौं । सरकारी स्वामित्व धेरै भएको नेपालको जेठो बैंक नेपाल बैंकले गत आर्थिक बर्षको आकर्षक प्रगति बिबरण सार्वजनिक गर्दै खुद नाफा ३ अर्ब १ करोड कमाएको छ । जगेडा कोष ३८ करोडले र पूँजी कोष ११.४१ ले धनात्मक बनाएर आफुलाई स्वस्थ बैंकमा रुपान्तरण गर्न सफल भएको यस बैंकको प्रति सेयर आम्दानी ४६ रुपैयाँ नाघेको छ । बैंकले २३.७४ हकप्रद भने चाँडै ...
  • १५ प्रतिशत बोनस सेयर दिँदै डेभलपमेन्ट बैंक ! Aug 10, 2016 Arthatantrabank
    काठमाण्डौं । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनश सेयर दिने भएको छ । बैंकको साउन २५ मा बसेको सञ्चालक समितिको बैंठकले १५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले गत आवको मुनाफाबाट उक्त लाभांश दिने लागेको हो । बैंकको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त ...
  • सेयर किन्दै हुनुहुन्छ ? करिब दुई करोड सेयर आजै नेप्सेमा सूचिकृत ! Aug 10, 2016 Arthatantrashare share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बुधबार ४ वटा कम्पनीका १ करोड भन्दा बढी कित्ता बोनस तथा हकप्रद सेयर कारोबारका लागि सुचिकृत भएका छन् । आज बुधबार नेप्सेमा थपिएका कम्पनीको बोनस तथा हकप्रद सेयरको संख्या १ करोड ९७ लाखभन्दा बढी पुगेको छ । आज सूचिकृत हुने कम्पनीमा नागरिक लगानी कोषको १५ लाख ७५ हजार कित्ता बोनस सेयर कारोबारका लागि नेप्सेमा ...
  • जनताको १ करोड ३ लाख कित्ता हकप्रद आउँदै, विक्री प्रबन्धकमा एनसिएम ! Aug 10, 2016 ArthatantraJanata bank
    काठमाण्डौं । जनता बैंक नेपालले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न सेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको पचास प्रतिशतले हुन आउने एक करोड तीन लाख कित्ता हकप्रद सेयर जारी गर्न लागि एनसिएमलाई नियुक्त गरेको हो । सेयर जारी गर्ने सम्बन्धि सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र एनसिएमका प्रबन्ध ...
  • सेञ्चुरीले कमायो ३८ करोड २६ लाख, भाद्र ५ गतेदेखी दिँदैछ हकप्रद ! Aug 9, 2016 Arthatantracentury-commercial-bank
    काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक बर्षमा ३८ करोड २६ लाख नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा २६ करोड ८ लाख नाफा कमाएको थियो । बैंकको मुनाफा अघिल्लो बर्षको तुलनामा ४६ दशलमव ६७ प्रतिशतले बढी हो । २ अर्ब ८४ करोेड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५३ करोड २६ लाख रुपैंयाँ रहेको छ । निष्कृय कर्जा शुन्य ...