Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • सेयरबजार किन लाग्यो अचानक ओरालो ? Aug 9, 2016 Arthatantrashare
    काठमाण्डौं । सेयरबजार परिसूचक नेप्से इतिहासकै सबैभन्दा उच्च अंकले घटेको छ। सोमबार नेप्से अघिल्लो दिनको तुलनामा ८८ दशमलव ८१ अंक (५ दशमलव शून्य ३ प्रतिशत) घटेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। नेपाली सेयरबजारको दुई दशकको इतिहासमा यसअघि कहिल्यै पनि यति उच्च अंकले घटेको थिएन। सोमबार सर्किट बे्रकर लगाएर बजार बन्द गर्नुअघि नेप्से परिसूचक १ हजार ६ सय ७५ दशमलव ९१ ...
  • इन्स्योरेन्सको १२ लाख कित्ता सेयर खुला, भदौ २६ सम्म भर्न सकिने Aug 7, 2016 Arthatantra
    काठमाण्डौं । एनबि इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर बिक्री खुला भएको छ। कम्पनीले १२ लाख कित्ता हकप्रद सेयर भदौ २६ गतेसम्म भर्न सकिनेगरी बिक्री खुला गरेको हो। १० बराबर ८ को दरले अर्थात आफूसँग भएको सेयरको ८० प्रतिशतसम्मका लागि लगानीकर्ताले सेयर आवेदन दिन सक्छन्। हकप्रद सेयर निस्कासनको बिक्री प्रबद्र्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। प्रबद्र्धक कम्पनीको कार्यालय नाचघरसहित एनबि इन्स्योरेन्स कम्पनीको ...
  • एभरेष्ट बैंकले ल्याउँदैछ ४५ करोडको एफपीओ ! Aug 7, 2016 Arthatantraeverest Bank
    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ४५ करोड रुपैंया बराबरको र्फदर पब्लिक अफरिङ  जारी गर्ने भएको छ । बैंकले चालु आर्थिक वर्षभित्रै उक्त रुपैंया बराबरको एफपीओ जारी गर्ने भएको हो । बैंकले पुँजी वृद्धि योजना सार्वजानिक गर्दै चुक्ता पुँजी बढाउनका लागि प्रिमियम मुल्यमा एफपीओ जारी गर्न लागेको हो । प्रिमियममा एफपिओ जारी गर्ने भनिएपनि कतिमा निष्काशन गर्ने भन्ने सन्दर्भमा नियामक निकायको छलफल ...
  • तपाईलाई थाहा छ ? यसकारण घट्दैछ सेयर बजार ! Aug 7, 2016 Arthatantrashare
    सर्वाधिक उच्च अकंमा पुगेको नेप्से परिसुचकमा एकाएक ब्रेक लागेको जस्तो अनुभुति हुदै छ । १०३० को उच्च बिन्दुबाट बिना ब्रेक १८८० सम्मको सर्बाधिक उच्च अंक सम्मनिरन्तर पुगेको बजारमा १०० अकंको गिरावट सामान्य होइन भन्ने ठाउँ छैन । अर्थतन्त्रको ऐना स्वरुप प्रतिबिम्बित हुनु पर्ने नेप्से एकोहोरो लयमा हिँडेको निश्चय हो । तर समग्रमा सबै सुचकहरुले त्यही लयलाई पच्छ्याएको भने पक्कै होइन । ...
  • इन्भेष्टमेण्ट बैंकको नाफा २ अर्ब ५५ करोड ! Aug 7, 2016 ArthatantraNepal Investment Bank
     काठमाण्डौं । नेपाल इन्भेष्‍टमेन्ट बैंकले गत आर्थिक बर्ष दुई अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो बर्ष एक अर्ब ९६ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा ३० प्रतिशले खुद नाफा बढाएको हो । गत बर्ष उल्लेखनीय रुपमा बोनस सेयर र १० प्रतिशत एफपीओ जारी गरेर चुक्ता पूँजी बढाएको ईन्भेष्टमेन्ट बैंकले प्रतिकुल ...
  • अबदेखि घरमै बसी बसी बैंकिङ सेवा ! Aug 5, 2016 Arthatantraeverest Bank
    काठमाण्डौं । एभरेष्ट बैंकले पश्चिम नेपालका २७ जिल्लामा घरघरै गएर वित्तीय सेवा दिने भएको छ । यसका लागि बैंक र युकेएड सक्षमबीच सम्झौता भएको छ । एभरेष्ट बैंकले बैंकिङ सेवा नपुगेका क्षेत्रहरुमा शाखारहित बैंकिङमार्फत सेवा उपलब्ध गराउने छ । बैंकले ट्याब्लेट बैंकिङ पनि सुरु गरेको छ । यसका लागि सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत एकै अहलुवालिया र सक्षम एक्सेस टु फाइनान्सका ...
  • लाहुरे परियारले अपहरण गरी शेयर नामसारी गराएको खुलासा ! Aug 5, 2016 Arthatantrashare broker
    काठमाडौं । लाहुरे सेक्युरिटिज कम्पनीका सञ्चालक श्रीकृष्ण परियार र उनको छोरो विशाल परियार मिलेर अन्य सञ्चालकहरु श्याम प्रसाद पाण्डे, पूर्णलाल रञ्जितलाई अपहरण गरी जबर्जस्ती हस्ताक्षर गर्न लगाई सबै शेयर बाबुछोराको नाममा गराएको खुलासा भएको छ । मजदुर आन्दोलनको बहाना बनाई करिब २ सय मजदुरलाई पैसा खुवाएर लाहुरेको कार्यालयमा नै बन्धक बनाई जबर्जस्ती शेयर नामसारीपत्रमा हस्ताक्षर गर्न लगाइएको पीडीतहरुले गुनासो गरेका ...
  • सिभिलले युनिक फाइनान्स खरिद गर्ने, नाम सिभिल बैंक नै रहने ! Aug 4, 2016 Arthatantracivil bank
    काठमाण्डौं । सिभिल बैंकले युनिक फाइनान्स लिमिटेडलाई खरिद गर्ने भएकोछ । सो खरिद सम्झौता पत्रमा सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामाङ्ग र युनिक फाइनान्सका अध्यक्ष डा. बिनोद बहादुर खत्रीले हस्ताक्षर गरेका छन् । मर्जरपछि पनि बैंकको नाम सिभिल बैंक नै रहने तथा बैंकको हालकै संचालक समितिएवं उच्च व्यवस्थापन यथावत हुने बताइएको छ । रु २३ करोड चुक्ता पुँजीे रहेको युनिक फाइनान्सको ...
  • सेयरमा मागेकोभन्दा ३ सय गुणा बढी आवेदन परेपछि के हुँदैछ हेर्नुस् ! Aug 4, 2016 Arthatantranational-microfinance
    काठमाण्डौं । नेशनल माइक्रोफाइनान्सले सर्वसाधारणका लागि जारी गरेको सेयरमा ३ सय गुणा बढी आवेदन परेको छ । कम्पनीले यही साउन १६ गतेदेखि १९ गतेसम्मका लागि ३ करोड रुपैयाँ बराबरका ३ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । उक्त सेयरमा ३ सय गुणा बढी अर्थात् ९ अर्ब रुपैयाँ बराबरको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआइबीएल क्यापिटलले जनाएको छ । ...
  • सेयर खरिद गर्ने हैन त ? दुई बैंकले ल्याए १० करोड बराबरको सेयर ! Aug 3, 2016 Arthatantrashare market
    काठमाण्डौं । अल्पाइन डेभलपमेन्ट बैंक र मिथिला लघुवित्त विकास बैंकले १० करोड बराबरको सेयर निस्कासन गरेका छन् । अल्पाइन डेभलपमेण्ट बैंकले ८ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ । त्यस्तै मिथिला लघुवित्त विकास बैंकले पनि एक लाख ६९ हजार ७ सय ४० कित्ता हकप्रद सेयर जारी गरेको छ । यी दुवै कम्पनीको हकप्रद सेयरका लागि भाद्र ...