Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • नेपाल बैंकमा खुल्यो ८१ कर्मचारीको लागि जागिर Jul 28, 2016 Arthatantravacancy
    काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा ८१ कर्मचारीका लागि रोजगारीको आवेदन खुल्ला भएको छ । चार देखि सात तहसम्मका लागि बैंकले आवेदन खुल्ला गरेको हो । चार तहमा ६३ जना,  पाँचौ तहमा ११ जना, छैटौं तहमा ६ जना र सातौं तहमा १ जना कर्मचारी मागेको हो । विराटनगर, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी क्षेत्रीय कार्यालय अन्तरगर्तका शाखामा काम गर्नुपर्ने सर्त ...
  • बैंकका कर्मचारीको तलबमा मात्रै १९ अर्ब ७१ करोड खर्च Jul 28, 2016 ArthatantraNepal Rastra Bank
    काठमाडौं । सेवा र सुविधाको दृष्टिकोणले बैंकिङ क्षेत्र रोजगारीको लागि जो कोहीको लागि पनि आकर्षणको केन्द्रको रुपमा रहँदै आएको छ । आकर्षक पारिश्रमिक तथा अन्य सुविधा र यस क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण पजि उच्च रहेकोले पनि बैंकिङ क्षेत्रप्रति सर्वसाधरणहरुको आकर्षण बढेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले कर्मचारीहरुके मासिकक पारिश्रमिकमा मात्र १९ ...
  • राष्ट्र बैंकद्वारा १० अर्बको रिभर्स रिपो जारी, सात दिनपछि रकम फिर्ता ह… Jul 27, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको हो । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्य अनुरुप राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको हो । राष्ट्र बैंकले ७ दिनका लागि उक्त रिभर्स रिपो जारी गरेकोे ...
  • डेभलपमेन्ट बैंकले ल्यायो ३ करोड ९० लाख रुपैयाँ बराबरको सेयर ! Jul 26, 2016 Arthatantrashare
    काठमाण्डौं । माउण्ट मकालु डेभलपमेन्ट बैंकले डेढ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएकोछ । धितोपत्र बोर्डले अनुमति दिएपछि यो विकास बैंकले हकप्रद निस्कान गर्ने भएको हो । मकालुले ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको थियो । माउण्ट मकालुको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । ११ ...
  • विकास बैंकले ल्याउँदै ५० प्रतिशत सेयर, बुक क्लोज साउन २० मा Jul 25, 2016 Arthatantrabank
    काठमाडौं । पूर्णिमा विकास बैंकले साउन २० गते बुक क्लोज मिति तोकेको छ । बैंकले हकप्रद जारी गर्ने प्रयोजनका लागि बुक क्लोज गर्न लागेको हो । नेपाल स्टक एक्सचेन्जले सोमबार दिएको जानकारी अनुसार हकप्रद निष्कासन गर्न साउन २० गते एक दिनमात्र सेयरहोल्डर दर्ता किताब बन्द गर्ने निर्णय बैंक व्यवस्थापनले गरेको हो । पूर्णिमा विकास बैंकले चुक्ता पुँजी बढाउन २ः१ अनुपातमा हकप्रद सेयर ...
  • सानिमाको प्रगति विवरण सार्वजनिक : एक अर्ब ४ करोड ९५ लाख रुपैयाँ नाफा ! Jul 25, 2016 Arthatantra-sanima-bank
    काठमाण्डौं । सानिमा बैंकले खुद नाफामा ६७ प्रतिशतले बढोत्तरी गरी झण्डै एक अर्ब पाँच करोड कमाउन सफल भएकोछ । सानिमाले गत आर्थिक बर्षमा एक अर्ब ४ करोड ९५ लाख रुपैयाँ कमाएको हो । बैंकले ब्याज आम्दानी र संचालन नाफामा उल्लेखनीय बढोत्तरी गरेको छ । बैंकको प्रति सेयर नेटवर्थ १४६ र पूँजी कोष १२।६५ प्रतिशत रहेको छ । बैंकले गत वर्ष निक्षेपमा ...
  • बैंक कर्मचारीको मिलेमतोमा कर्जा Jul 25, 2016 Arthatantranepali rupees
    काठमाडौ । बैंककै उपल्लो तहका कर्मचारीको मिलेमतोमा नक्कली कागजातका आधारमा कर्जा प्रवाह गरेर बैंकलाई हानिनोक्सानी पुर्याएको आरोपमा प्रहरीले जग्गाधनी र बैंकका कर्मचारी गरी सात जनालाई पक्राउ गरेको छ । ओम शान्ति इनटरनेसनल बिजनेश प्रालिको नामबाट पशुपति विकास बैंकबाट २० लाख ५० हजार रुपैयाँ कर्जा निकाली नतिरेको उजुरी प्रहरीमा परेपछि अनुसन्धान गर्दा उनीहरुको संलग्नता खुलेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उजुरीका आधारमा ...
  • सगरमाथा फाइनान्सले पनि पायो साढे २९ लाख सेयर निस्कासनको अनुमति ! Jul 25, 2016 ArthatantraStacks of coins
    काठमाण्डौं । सगरमाथा फाइनान्सले २९ लाख ५४ हजार ३९० कित्ता हकप्रद सेयर निस्कासन गर्ने भएकोछ । कम्पनीले १० सेयर हुनेलाई आठका दरले हकप्रद सेयर दिने भएको छ । फाइनान्सले सेयर निस्कासनका लागि एनआइबिएल क्यापिटललाई निस्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । फाइनान्सले गत असार मसान्तसम्म २१ करोड ८४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । कम्पनीले तीन अर्ब १० करोड ...
  • बीमा कम्पनीले अब चाँडै दिन्छन् लाभांश Jul 24, 2016 Arthatantra
    काठमाडौं । बीमा कम्पनीहरुको बार्षिक साधरणसभा समयमै गर्न बीमा समितिले बाध्यकारी ब्यवस्था गरेको छ । पुस मसान्तभित्रमा साधरण सभा गरिसक्न समितिले जिवन र निर्जिवन दुबै प्रकारका कम्पनीहरुलाई निर्देशन दिएको छ । इन्स्योरेन्स बार्ड समितिले गत १३ असारमा कम्पनीहरुलाई यस्तो निर्देशन लिएको हो । निर्जीबन बीमा कम्पनीहरुलाई पुस मसान्त भित्रमा साधरण सभा गर्नेगरि काम गर्न कडा निर्देशन दिएको समितिले जानकारी दिएको छ ...
  • रु नौ अर्ब बढीको सेयर कारोबार Jul 23, 2016 Arthatantranepse_photo
    काठमाडौँ । धितोपत्र बजारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५३ अङ्कले बढेर अन्तिम दिन एक हजार ७९८ अङ्कमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५१ कम्पनीको रु नौ अर्ब तीन करोड ६९ लाख २४ हजार बराबरको कारोबार भएको छ । कुल एक करोड ४६ लाख ३३ हजार ४६० कित्ता सेयर खरिद बिक्री भएका ...