Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • धितोपत्रको ओटिसी कारोबारमा लाग्ने शुल्क ९० प्रतिशत घट्यो Jul 23, 2016 ArthatantraNepal-Secuirites-Board-SEBON-300x300
    काठमाडौं । काठमाडौं । नेपाल धितोपत्र बोर्डले ओभर द काउन्टर बजार (ओटीसी) कारोवारको सेवा शुल्कमा भारी गिरावट गरेको छ । बोर्डले ओटीसी बजारको सेवाशुल्क ९० प्रतिशतसम्म घटाएको छ । नयाँ व्यवस्था अनुसार २५ हजार रुपैयाँसम्मको कारोबारमा नेप्सेलाई ०.२० प्रतिसत मात्रै बुझाउनु पर्नेछ । यस अघि यस्तो शुल्क दुई प्रतिसत लाग्ने गरेको थियो । यसमा कुल ९० प्रतिसत शुल्क घटेको हो । त्यस्तै ...
  • मेगा बैंकले दिने भयोे, २५ प्रतिशत हकप्रद सेयर दिने Jul 23, 2016 Arthatantramega-bank-
    काठमाडौं । मेगा बैंकले सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर दिने भएको छ । यसका लागि औपचारिक प्रक्रिया अघि बढिसकेको बैंकले जनाएको छ । बैंकले सातौं वर्षमा प्रवेस गरेको अवसरमा चुक्ता पुँजी बढाउनका लागि हकप्रद सेयर दिने घोषणा गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अलि शाहले राष्ट्र बैंकको नियमअनुसार संस्थापक सेयरलाई साधारण सेयरमा रुपान्तरण गरिसकेको जानकारी दिए । योसँगै ...
  • मेगा बैंकमा खुल्यो, १९ जनाको लागि जागिर Jul 22, 2016 Arthatantramega-bank-
    काठमाण्डौं । मेगा बैंक नेपालमा मेनेजरदेखि एसिस्टेन्ट लेभलसम्मका लागि जागीर खुलेको छ । बैंकले मेनेजर १ जना, अफिसर लेभलका कर्मचारी ६ जना र एसिस्टेन्ट लेभलका १२ जना गरी १९ जनाका लागि दरखास्त आह्वान गरेको हो । कसरी बुझउने आवेदन ? आवेदन दिनका लागि बैंकको काठमाडौँ कमलादीस्थित केन्द्रिय कार्यालयको ह्युमन रिसोर्स डिपार्टमेन्टकोे पो.ब.नं. २६५५९ मा खामबन्दी गरिएको एप्लिकेसन लेटर (अपेक्षित पारिश्रमिकसहित), एसएलसीदेखिको प्रमाणपत्र, ...
  • सिटिजन्सले पनि ल्यायो प्रगति विवरण, करिब १ अर्ब ९ करोड नाफा ! Jul 22, 2016 ArthatantraCitizens Bank
    काठमाण्डौं । सिटिजन्स बैंकले पनि आफ्नो प्रगति विवरण सार्वजनिक गरेकोछ । सो सँगै बैंकले आर्थिक वर्ष २०७२÷७३ मा एक अर्ब आठ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको जानकारी दिएकोछ । अघिल्लो वर्ष बैंकको खुद नाफा ७२ करोड तीन लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने अहिले बैंकले एक वर्षमा खुद नाफा करिब ३७ करोड रुपैयाँ बढाएको हो । बैंकले कर्जा लगानी ...
  • दुई बैंकले ल्याउँदैछन् दुई करोड पाँच लाख बराबरको सेयर, धितोपत्र बोर्डल… Jul 22, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले प्राइम कमर्सियल बैंकलाई तीन बराबर एक ९३ः१०का दरले र सेञ्चुरी कमर्सियल बैंकलाई ३० प्रतिशतका दरले हकप्रद निस्कासनको अनुमति दिएकोछ । बैंक स्रोतले जनाए अनुसार यी दूई बैंकले केही समयमै हकप्रद जारी गर्ने छन् । प्राईमले एक अर्ब २३ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद सेयर जारी गर्नेछ ...
  • एनआईसी एशियाले ल्यायो ४ लाख ३४ हजार साधारण सेयर, बोलकबोलबाट बिक्री गरि… Jul 21, 2016 ArthatantraNIC Asia
    काठमाण्डौं । एनआईसी एशिया बैंकले हकप्रद नभर्ने लगानीकर्ताको चार लाख ३३ हजार ९०१ कित्ता साधारण सेयर बोलकबोलबाट बेच्ने भएको छ । हकप्रद नभर्ने लगानीकर्ताको सेयर बैंकले बोलकबोलबाट बेच्न लागेको हो । यसका साथै बैंकले ५५ कित्ता सस्थापक सेयर पनि बोलकबोलबाट विक्री गर्ने जनाएको छ । गत महिना यो कम्पनीले हकप्रद सेयर निष्कासन गरेको थियो । अब यसरी बिक्रीमा आएको सेयरमा जसले ...
  • नक्कली एटीएम कार्ड बनाएर पैसा झिक्ने पक्राउ Jul 21, 2016 Arthatantraatm-
    काठमाडौं । नक्कली एटीएम कार्ड बनाएर पैसा झिक्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट सर्भर हृयाक गर्ने मेसिन र पाँचवटा एटिएम कार्ड पनि बरामद भएको छ । पक्राउ पर्नेमा विराटनगर घर भएका कोषराज भट्टराई र दोलखा घर भएका लीलाबहादुर बाँण छन् । झन्डै नै महिनादेखि उनीहरुले पोखराका विभिन्न स्थानबाट नक्कली एटीएम कार्ड प्रयोग गरी पैसा झिक्दै आएका थिए । प्रहरीका ...
  • राष्ट्रिय वाणिज्य बैंकमा खुल्यो तीनदेखि आठ तहसम्मको २ सयका लागि रोजगार… Jul 20, 2016 Arthatantra
    काठमाण्डौं । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले झण्डै दुई सय कर्मचारी भर्ना गर्ने भएको छ । तीन देखि आठ तहसम्मका लागि बैंकले खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न लागेको हो । तीन तहमा ७३ जना, पाँचौ तहमा ४१ जना, छैटौं तहमा ७५ जना, सातौं तहमा पाँच जना र आठ तहमा एक जना कर्मचारी मागेको हो । विराटनगर, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र ...
  • विकास बैंकले ल्यायो एक बराबर एकका दरले हकप्रद, साउन २३ देखि किन्न मिल्… Jul 20, 2016 Arthatantrasindhu bikas bank
    काठमाण्डौं । सिन्धु विकास बैंकले लगानीकर्तालाई एक बराबर एकका दरले हकप्रद सेयर दिने भएको छ । बैंकका सेयरधनीले साउन २३ गते देखि भदौ २६ गतेसम्म हकप्रदका लागि आवेदन दिन पाउनेछन् । चुक्ता पुँजी बढाउन यो विकास बैंकले लगानीकर्तालाई हकप्रद दिन लागेको हो । एक बराबर एकका दरले हकप्रद दिँदा बैंकको चुक्ता पुँजी दोब्बर हुनेछ । हाल बैंकको चुक्ता पुँजी १२ करोड ...
  • एनएमबिले ल्यायो एक घर एक खाता योजना ! Jul 19, 2016 ArthatantraNMB Bank
    काठमाण्डौं । एनएमबि बैंकले एक घर एक खाता योजना सुरु गरेको छ । हरेक नेपालीको बैंक खाता होस र हरेक नेपालीलाई सरल वित्तीय पहुँच पुगोस् भन्ने उदेश्यले योजना ल्याएको बैकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । “आत्मनिर्भर नेपालको साथमा एनएमबि बैंक” अभियानलाई निरन्तरता दिदै बैंकले एक घर एक खाता योजना संचालनमा ल्याएको जनाएको छ । बैंकका अनुसार योजनाबाट वित्तीय साक्षरताको वृद्धि हुने, ...