Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • नेप्सेले १८ सय अंक क्रस गर्‍यो, बैंकमा लगानीकर्ताको आकर्षण Jul 19, 2016 Arthatantranepse_photo
    काठमाडौं । मंगलवार नेप्से परिसुचक १३ दशमलव ९० ले बृद्धि भएको छ । सो दिन सेयर बजार १ हजार ८ सय ४७ अंकमा पुगेको हो । मंगलवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेको छ । सो दिन उत्पादन समुह सवैभन्दा बढी ४० दशमलव २४ अंकले बढेको छ । त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुह ३५ दशमलव ४८ अंकले ...
  • नेपाल राष्ट्र बैंकले भोली १० अर्बको रिभर्स रिपो जारी गर्ने Jul 19, 2016 ArthatantraNepal Rastra Bank
    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा भएको अधिक तरलता खिच्ने उद्देश्यले (भोली) बुधबार १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । असारको अन्तिममा सरकारी विकासखर्च अत्यधिक बढेकाले बजारमा तरलता बढेको हो । राष्ट्र बैंकले जारी गर्ने रिपोको समयावधि ७ दिनको हुनेछ । साउन ५ मा निष्काशन भएको रिपो साउन १२ गते म्याचुअड हुने राष्ट्र बैंकले् जनाएको छ । गत ...
  • अब नेपाल लाईफ इन्स्योरेन्सको सेयर एक हजार कममा आउने ! Jul 19, 2016 ArthatantraNepal Life Insurance
    काठमाडौं । करीब ३ हजारसम्म मूल्य तोकेर प्रस्ताव गरेको नेपाल लाइफ इन्स्योरेन्सको शेयरको लागी लगानीकर्ताले १ हजारभन्दा पनि कम पर्ने सम्भावना देखिएको छ । अत्यधिक मूल्य राखेर एफपिओको प्रस्ताव गरेको कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १ हजारभन्दा कम दर नै दिने सम्भावना रहेको बोर्ड स्रोतले बताएको छ । बीमा कम्पनीबाट अप्रत्याशित रुपमा आईपिओको जारीको मूल्य प्रस्ताव आएपछि धितोपत्र बोर्डले प्रिमियम मूल्य तय ...
  • बैंकले ल्यायो करिब ९ लाख १८ हजार कित्ता सेयर, साउन २३ देखि भर्न मिल्ने… Jul 19, 2016 Arthatantramanaslu bikas bank
    काठमाण्डौं । मनास्लु विकास बैंकले यही साउन २३ गते देखि हकप्रद सेयर भर्न पाउने गरी नौ लाख १७ हजार ६४७ कित्ता सेयर निष्कासन गर्ने भएकोछ । बैंकले दुई बराबर एक (२ः१) का दरले हकप्रद सेयर निश्कासन गर्न लागेको हो । बैंकले साउन २३ गतेदेखि विक्री खुल्ला हुने र भदौ २६ गतेसम्म आवेदन लिने जानकारी पनि बैंकले दिएको छ । लगानीकर्ताले प्रभु ...
  • कैलाश विकास बैंक पनि आयो सेयर बजारमा, प्रतिकित्ता ३ सय ८९ पुग्यो ! Jul 18, 2016 Arthatantrabank
    काठमाण्डौं । कैलाश विकास बैकको आजबाट नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार खुलेको छ । बैंकको कारोबार कोड केबीबीएल रहेको छ । मर्जरपछि खुलेको बैंकको सेयर मूल्य पहिलो दश मिनेटमानै सात प्रतिशत भन्दा धेरैले उकालो लागेर प्रतिकित्ता ३८९ रुपैयाँ पुगेको छ । सेयर बजारमा यसको कारोबार खुलेसँगै ७६ हजार कित्ता सेयर माग भए पनि सेयर बेच्ने कोही देखिएका छैनन् । दुई विकास ...
  • मौद्रिक नीतिबारे बैंकर्स संघको मिश्रित प्रतिक्रिया Jul 17, 2016 ArthatantraNrb
    काठमाडौ । नेपाल बैंकर्स संघले आर्थिक वर्ष २०७३/०७४ का निम्ति नेपाल राष्ट्र बैंकले गत बिहिबार जारी गरेको मौद्रिक नीतिप्रति मिश्रित प्रतिक्रिया जनाएको छ । राजधानीमा संघले पत्रकार सम्मेलन गरेर उत्पादनशील क्षेत्रमा तरलता प्रवाह गर्ने व्यवस्था तथा औद्योगिकीकरण बढाउन लगानी वृद्धि एवम् ब्याजदर ‘करिडर’को व्यवस्था जस्ता विषयलाई मौद्रिक नीतिले समेट्नु सकारात्मक भन्दै त्यसको स्वागत गरेको छ । लघुवित्त कारोबार वाणिज्य बैंकहरुले पनि गर्नुपर्ने ...
  • मेगा बैंकको सेयर किन्ने हैन त, साउन १० गते बुक क्लोज हुने ! Jul 17, 2016 Arthatantramega-bank-
    काठमाण्डौं । २५ प्रतिशत हकप्रद निष्काशनको तयारीमा रहेको मेगा बैंकले साउन १० गते सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ भने साउन ९ गतेसम्म कायम सेयरधनीले मात्र मेगा बैंकको हकप्रद सेयर भर्न पाउने भएका छन् । मेगा बैंकको आज बसेको संचालक समितिको बैठकले हकप्रद निस्कासनका लागि साउन १० गते बुक क्लोज गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ । बैंकको पाँचौ ...
  • स्याट्याण्डर्ड चार्टर्डले पायो ‘युरोमनि अवार्ड २०१६’ ! Jul 17, 2016 Arthatantra
    काठमाण्डौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ‘युरोमनि अवार्ड २०१६’बाट सम्मानित भएको छ । विश्वभरी ख्याती कमाउन सफल युरो म्यागाजिनले दिने यो अवार्ड वित्तीय क्षेत्रमा निकै सम्मानित मानिन्छ । बैंकले शुक्रबार यो अवार्ड पाएको हो । युरोमनिले बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहक प्रतिको विशेषज्ञताका लागि यो अवार्ड प्रदान गरेको हो । बैंकले कठिन परिस्थितिका बावजुद पनि आफ्नो सेवालाई विस्तार गरेको थियो ...
  • प्रिमियर फाइनान्सलाई आफूमा गाभेको सिटिजन्सको आजबाट एकिकृत कारोबार ! Jul 17, 2016 ArthatantraCitizens Bank
    काठमाण्डौं । प्रिमियर फाइनान्सलाई एक्विजिशन गरेको सिटिजन्स बैंकले आजदेखि एककिृत कारोबार सुरु गरेको छ । एक्विजिशन पश्चात बैंकको चुक्ता पूंजी ३ अर्ब १० करोड पुगेको छ भने कूल निक्षेप ४८ अर्ब ८ करोड र कर्जा ४१ अर्ब ८ करोड रुपैयँँ पुगेकोे बैंकले जनाएको छ । बैंकको २ शाखाहरु थप भई उपत्यका भित्र २४ शाखा र उपत्यका वाहिर ३४ शाखा गरी मुलुक भर ...
  • नेप्सेलाई धितोपत्र बोर्डको ५ बुँदे ध्यानाकर्षण पत्र Jul 16, 2016 Arthatantranepse_photo
    काठमाडौं । नेपाल धितोपत्र बोर्डले कारोबारसँग सम्बद्ध ५ बुँदामा सुधार गर्न नेपाल स्टक एक्सचेञ्ज नेप्सेलाई ध्यानाकर्षण गराएको छ । नेप्सेले शेयर कारोबारको समयावधि १ घण्टा थप गरेको विषयलाई स्वागत गर्दै बोर्डले शेयर बजारको आकार बढेको अवस्थामा नेप्सेले कारोबार अवधि थप्ने भनी गरेको निर्णयको स्वागतयोग्य  रहेको उल्लेख गरेको छ । त्यस्तै लगानीकर्तालाई सुविधा दिने उद्देश्यले कारोबार समयावधि थप गरिएपनि त्यसको प्रभावकारीताको लागि बोर्डले ...