Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • अब माछापुच्छ्रे बैंकको एटिएम शुल्क ३० रुपैयाँ मात्रै Jul 4, 2016 ArthatantraMachhapuchhre-bank
    काठमाडौं । माछापुच्छ्रे बैंक (MBL) को डेबिट कार्ड अन्य बैंकहरुको एटिएम बुथ प्रयोग गरेर पैसा निकाल्दा ३० रुपैयाँ मात्रै लाग्ने भएको छ । तर यो सुबिधा भिसा नेटवर्कको सुबिधा लिएका कम्पनीहरुमा मात्रै लागू हुने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकको आफ्नै एटिएम बुथबाट भने पैसा निकाल्दा कुनै शुल्क लाग्ने छैन । प्रकाशितः २०७३ असार २०
  • इन्स्योरेन्स र विकास बैंकको कब्जामा आजको सेयर बजार ! Jul 3, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा विकास बैंक समुहको सुचक ६६ दशमलव ८९ अंकले माथि चढेको छ । आज नेप्से ४ दशमलव शुन्य तीन अंकले घटेर १ हजार ७ सय १९ दशमलव २० अंकमा ओर्लिएको छ ।वाणिज्य बैंक समुहमा २३ दशमलव ८६ अंकको गिरावट आउँदा बीमा समुहमा २ सय २३ दशमलव ९५ र जलविद्युतमा ७ दशमलव ५८ अंकको गिरावट ...
  • डिप्रोक्स लघुवित्तले १०० प्रतिशत हकप्रद शेयर दिने Jul 2, 2016 Arthatantra
    काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेड (DLB)ले आफ्ना शेयरधनीलाई एक बराबर एक ९१ः१० अर्थात १०० प्रतिशत हकप्रद शेयर दिने भएको छ । बैंकको चितवनमा सम्पन्न साधारण सभाले हाल कायम चुक्ता पुँजीको एक बराबर एकका दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो । राष्ट्रियस्तरको यस बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई यसअघि ५० प्रतिशत बोनश दिएको थियो । बोनस ...
  • यो साता नेप्सेमा ३८ अंकले वृद्धि, सेयर बजारका सबै सूचक अग्रस्थानमा Jul 2, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । यस साता नेप्से सूचक ३८ अंकले बढ्यो भने क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ सूचक ८ अंकले बढेको छ। जसअनुसार विकास बैंक समूह सबैभन्दा धेरै अर्थात ८० अंकले बढेको छ।  यो साता सेयर बजारका सबै सूचक तथा ९ वटै समूहहरु उक्लिएका छन्। बिमामा ७३, जलविद्युतमा ३९, वाणिज्य बैंकमा ३६, फाइनान्समा २४ अंकको बृद्धि भएको छ। होटल समूह १७, उत्पादनमूलक ...
  • नेपाल पुनर्बिमा कम्पनीले ३० प्रतिशत साधारण सेयर ल्याउँदै ! Jul 1, 2016 ArthatantraNepal reinsurance Co
    काठमाण्डौं । नेपाल पुनर्बिमा कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएकोछ । हालै सम्पन्न पहिलो साधारण सभामा सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया थालनी गरिएको जानकारी दिएका छन् । २०७१ सालको कात्तिक २१ गते स्थापना भएको नेपालकै पहिलो पुनर्बिमा कम्पनीमा नेपाल सरकारको ४३ दशमलव ५५ प्रतिशत र बाँकी बीमा र अन्य कम्पनीहरुको सेयर स्वामित्व रहेको छ । साधारण सभाले कम्पनीको अधिकृत र ...
  • आजबाट नेपाल लाइफको सेयर कारोबार फुकुवा Jun 30, 2016 ArthatantraNepal Life Insurance
    काठमाण्डौं ।  नेपाल धितोपत्र बोर्डले रोक्का रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ। सर्वसाधारणलाई निष्काशन गर्न लागेको फर्दर पव्लिक इस्युको मूल्य निर्धारणले सर्वसाधारण लगानीकर्ताहरुमा अन्यौल बढेको र उक्त कारोबारले लगानीकर्ताहरुमा नकारात्मक असर पर्ने हुनाले उक्त कम्पनीको कारोबार रोक्का गरी छानविन अगाडि बढाउन निर्देशन दिएको थियो। अब त्यस्ता क्रियाकलाप नगर्न बोर्डले सचेत गराई आजबाट कारोबार फुकुवा गर्न निर्देशन दिएको ...
  • विश्व बैंकको प्रतिवेदनः गरिबी अझ बढ्ने चेतावनी Jun 30, 2016 Arthatantraworld bank
    काठमाण्डौं ।  विश्व बैंकले गरिबीको रेखाबाट माथि उठेको ठूलो नेपाली समूदाय पुनः गरिबीको रेखामूनि जान सक्ने खतरा औंल्याइएको छ। विश्व बैंकले नेपालको गरिबीबारे सार्वजनिक गरेको प्रतिवेदनले बार्षिक २।२ प्रतिशतका दरले गरिबी घटेपनि गरिबीको रेखाबाट माथि उठेका ४५ प्रतिशत जनसंख्या जुनसुकै बेला पनि गरिबीमा फर्कन सक्ने चेतावनी दिएको छ। नेपालमा अझै पनि कुल जनसंख्याको २५.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ। प्रतिवेदन सार्वजनिक गर्दै ...
  • हिमालयन जनरल इन्स्योरेन्सले शेयरधनीलाई बोनश शेयर दिने Jun 29, 2016 Arthatantra
    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी (HGI)ले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनश शेयर दिने भएको छ । कम्पनीको मंगलबार सम्पन्न २२ औँ वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । अहिले कम्पनीको चुक्ता पुँजी २६ करोड ७५ लाख रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी करिब ३२ ...
  • भागर्व विकास बैंकको बोनश शेयरमा मूल्य समायोजन Jun 29, 2016 ArthatantraBhargav-bikash-Bank
    काठमाडौं । भागर्व विकास बैंक (BHBL)को २० प्रतिशत बोनश शेयरको मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार बैंकको समायोजन पछि मूल्य ५०१ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य ३०० लिएको हो ।    प्रकाशितः  २०७३ असार १५
  • एनआइसी एसियाको सेयर भर्नुभयो त ? आज हो अन्तिम दिन ! Jun 29, 2016 Arthatantrashare
    काठमाण्डौँ । एन आइ सी एशिया बैंकले निष्काशन गरेको चार बराबर एक ९४ः१० अर्थात पच्चिस प्रतिशत हकप्रद सेयरका लागि आवेदन दिने आज बुधबार अन्तिम दिन हो । यसका लागि बैंकको एक सय कित्ता सेयर हुनेले २५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । बैकले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका ९२ लाख ३७ हजार ५ सय ४० कित्ता हकप्रद निष्काशन गरेको ...