Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • कालोधनलार्इ सेतो बनाउन सेयर बजारको प्रयोग Jun 29, 2016 ArthatantraStacks of coins
    काठमाण्डौं । ‘एकजना व्यापारीले सेयर किन्न दुई करोड रुपैयाँ ल्याएर छाडिदिएको छ, अफिसमा पैसा राखेको छु,’ केही दिनअघि सेयर ब्रोकरको अनौपचारिक जमघटमा एक ब्रोकरले भने,‘पछि केही असजिलो पर्ने पो हो किरु त्यसकै तनावमा छु।’ त्यस्तो कारोबार गर्दा आफू बचेर गर्नु भन्ने सुझाब आफूले दिएको अर्का ब्रोकरले बताए। नयाँ पत्रिका दैनिकमा समाचार छ। लगानीकर्ताले ठूलो परिमाणमा नगद ल्याएर ब्रोकरलाई जिम्मा दिने गरेको ...
  • चेक लाखौंका, खातामा शून्य, वर्षमा १ अर्बका चेक बाउन्स Jun 28, 2016 Arthatantracheque
    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक प्रयोगकर्ता मानबहादुर थापाले खातामा पैसा नभएपनि सुशील ताम्राकारलाई ५ लाखको चेक दिए। ताम्राकारले पटक पटक बैंक धाउँदा पनि चेक साटिएन। त्यस्तै सरिता लामाले तत्कालीन ग्रान्ड बैंकमार्फत नवीनकुमार विष्टका नाममा २ लाखको चेक दिइन्। विष्टले पनि चेकमा उल्लेख भएको रकम पाएनन्। श्रीकृष्ण शाहीले पनि कुमार दाहाललाई कुमारी बैंकको ५ लाखको चेक दिए। गोविन्द सुनुवारले घनश्याम कँडेलका नाममा ...
  • नेप्सेले राख्यो नयाँ रेकर्ड, सूचक ३६ अंकले बढेर १७७१ अंकमा Jun 27, 2016 Arthatantranepse_photo
    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ले सोमबार नयाँ रेकर्ड कायम गरेको छ । सोमबार नेप्से सूचक ३६ अंकले बढेर १७७१ अंकमा पुगेको छ । सोमबारको कारोबारमा बीमा र होटल समूह बाहेक सबै समुहगत उपसूचकहरु बढेका छन् । यो दिन  बीमाको ९५ र होटलको सूचक २६ अंकले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । विशेष गरी बैंक समूह आज चार प्रतिशतले ...
  • बजारमा आयो इन्भेष्टमेण्टको ९० लाख ६९ हजार ३८८ कित्ता सेयर Jun 27, 2016 ArthatantraNepal Investment Bank
    काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकले निष्कासन गरेको नयाँ सेयर अर्थात एफपिओ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचिकृत गरेकोछ । बैंकले गत फागुनमा ९० करोड ६९ लाख रुपैयाँ बराबरको ९० लाख ६९ हजार ३ सय ८८ कित्ता एफपिओ निष्काशन गरेको थियो । बैकले निष्कासनको गरेको एपपिओमा साना लगानीकर्ताले ३२।४७ प्रतिशत तथा ठुला लगानीकर्ताले ८ दशमलव ५१ प्रतिशत सेयर पाएका थिए । बैंकले निष्कासन गरेको ...
  • युनाइटेडले पनि ल्यायो करिब ११ लाख ६० हजार कित्ता सेयर ! Jun 27, 2016 Arthatantrashare
    काठमाण्डौं । युनाइटेड फाइनान्स लिमिटेडले १०० रुपैयाँ अंकित दरका ११ लाख ५९ हजार ८३६ कित्ता हकप्रद सेयर निस्कासन गर्ने भएको छ । राष्ट्र बैंकले फाइनान्स कम्पनीको पुँजी ८० करोड रुपैयाँ हुनु पर्ने ब्यवस्था गरेपछि विभिन्न कम्पनीहरुले सेयर निस्कासन गर्दै आफ्नो पुँजी बढाइरहेका छन् । युनाइटेडले पनि हकप्रद सेयरबाट पुँजी बढाउन लागेको हो । असार ३० गतेबाट निस्कासन हुने भनिएको यो हकप्रद सेयर ...
  • सेञ्चुरीले ल्याउने भो ३० प्रतिशत हकप्रद सेयर, अर्को बैंक किन्दै ! Jun 26, 2016 Arthatantracentury-commercial-bank
    काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंकले रुपन्देहीको भैरहवामा केन्द्रिय कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई खरिद गर्ने भएको छ । यसका साथै, बैकले आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद सेयर पनि दिने भएको छ । इन्नोभेटिभलाई सेञ्चुरीले किन्ने भएपछि आइतबार देखि नै नेप्सेमा इन्नोभेटिभको सेयर कारोबार रोक्का भएको छ । हाल सेञ्चुरी बैंकको २ अर्ब ८४ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । बैंकले २९ ...
  • सानिमा बैंकको १ करोड ५३ लाख कित्ता सेयर, आजदेखि बिक्री खुला Jun 26, 2016 Arthatantra-sanima-bank
    काठमाण्डौं । सानिमा बैंकको १ करोड ५३ लाख १ हजार ४ सय ४० कित्ता हकप्रद सेयर आजदेखि बिक्री खुला भएको छ। साउन १२ देखि साउन १६ गतेसम्म लगानीकर्ताहरुले हकप्रद सेयरका लागि आवेदन दिन सक्ने छन्। जेठ २४ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले आफूसँग भएको सेयर संख्याको ५० प्रतिशतसम्मको लागि आवेदन दिन सक्ने छन्।  हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ...
  • हिमालयन बैंकलाई एक करोड जरिवाना Jun 26, 2016 Arthatantrahimalayan bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले तोकेको अनुपातमा विपन्न वर्ग कर्जा प्रवाह नगरेको भन्दै हिमालयन बैंकलाई १ करोड १५ लाख ६६१ रूपैयाँ जरिवाना गरेको छ। चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिकमा तोकिएको अनुपातमा विपन्न वर्ग कर्जा सीमा अनुसार नभउको पाइएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई जरिवाना गरेको खबर आजको कारोबारमा छापिएको छ। प्रकाशितः २०७३ असार १२
  • आइतबार १० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक Jun 25, 2016 ArthatantraNepal Rastra Bank
    काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ‘राष्ट्र बैंक ऋणपत्र’ जारी गर्ने भएको छ । बजारमा अत्यधिक मात्रामा रकम थुप्रिएपछि बैंकले ऋणपत्र जारी गर्न लागेको हो । तरलतालाई केही हदसम्म भए पनि नियन्त्रण गर्ने लक्ष्यका साथ बैंकले ऋणपत्र मार्फत बजारबाट रकम उठाउन लागेको हो । बैंकले एक सूचना मार्फत ऋणपत्र खरिदमा सहभागी हुन आग्रह गरेको छ । ऋणपत्र भने बोलकबोलबाट ...
  • साताभर १ करोड १० लाख कित्ता सेयर खरिद बिक्री, ७ अर्ब माथिको कारोबार Jun 25, 2016 Arthatantrashare
    काठमाडौँ । सेयर बजारमा यससाता नेप्से परिसूचक ४४ अङ्कले बढेर एक हजार ६६६।९९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार साताभर १४७ कम्पनीको रु सात अर्ब ८२ करोड बराबरको एक करोड १० लाख कित्ता सेयर खरिद बिक्री भएका छन् । नेप्से परिसूचक बढेको देखिए पनि कारोबार भने अघिल्लो साताको तुलनामा १५।७६ प्रतिशत कम रहेको छ । गतसाता १४९ कम्पनीको रु नौ ...