Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • चार कम्पनीले ल्याउने भए ३७ लाख ३२ हजार कित्ता सेयर, हिजो मिल्यो अनुमति… Jun 24, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशनका लागि एकै दिनमा ४ वटा कम्पनीहरुलाई स्वीकृति दिएको छ । ४ कम्पनीले कुल ३७ लाख ३२ हजार कित्ता हकप्रद निष्काशनको अनुमती पाएका हुन् । बोर्डले एउटा बीमा कम्पनी, २ वटा विकास बैंक र एउटा फाइनान्सलाई पछिल्लो पटक हकप्रद सेयर निष्काशनको अनुमती दिएको हो । हकप्रद सेयर निष्काशनको अनुमती पाउनेहरुमा कसमस डेभलपमेण्ट बैंकले १ ...
  • लगानी बोर्डमा आए नयाँ प्रमुख कार्यकारी महाप्रसाद अधिकारी ! Jun 24, 2016 ArthatantraMaha Prasad adhikari
    काठमाण्डौं । नेपाल सरकारले लगानी बोर्डको प्रमुख कार्यकारीमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकबाट हालै डेपुटी गभर्नरबाट सेवा निबृत्त भएका अधिकारी अन्तिम छनौटमा तीन उम्मेदवारबाट लगानी बोर्डको प्रमुख कार्यकारी छानिएका हुन् । चार्टर्ड एकान्टटेन्ट समेत रहेका अधिकारी बित्त प्रशासनमा बिशेष दख्खल राख्ने बताइृन्छ । त्रिभूवन विश्वविद्यालयबाट बिजनेश एडमिनेस्ट्रेशनमा स्नातक गरेका अधिकारीले सन् १९९३ मा भारतबाट चार्टड एकाउण्टेन्सी गरेका ...
  • विकास बैंकले दिने भो पचास प्रतिशत हकप्रद सेयर ! Jun 23, 2016 Arthatantrabank
    काठमाण्डौं । देवः विकास बैंकले आफ्ना सेयरधनीलाई पचास प्रतिशत अर्थात दुई बराबर एक हकप्रद सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको हिजो बुधबार बसेको संचालक समितिको बैठकले पचास प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । बैंकले तेस्रो त्रैमाससम्ममा ५ करोड ६० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।यसअवधिमा ७ अर्ब ३१ करोड रुपैयाँ संकलन गरी ६ अर्ब ४९ करोड ...
  • नेप्सेको डाटावेसमा समस्या Jun 21, 2016 Arthatantranepse_photo
    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको डाटाबेसमा समस्या सृजना भएको छ । वेभसाइटमा समस्या आएतापनि कारोबार भने सञ्चालन भइरहेको नेप्सेले जनाएको छ । अवको केही समयमा वेभसाइटमा देखिएको उक्त समस्या सच्चिने नेप्सेका एक अधिकारीले जनाए । प्रकाशितः २०७३ असार ७
  • राष्ट्र बैंकले ९ वर्षपछि मुद्दासँगै जित्यो १० लाख अमेरिकी डलर ! Jun 21, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले अमेरिकी अदालतमा चलिरहेको सम्पत्ति शुद्धीकरणसँग जोडिएको १० लाख अमेरिकी डलरको मुद्दा जितेको छ। नौ वर्षपछि सोमबार भएको अन्तिम फैसलाबाट राष्ट्र बैंकको ठूलो रकम जोगिएको राष्ट्रबैंक अधिकारीले जनाएका छन्। सुडान घोटालासँग जोडिएको भनिएको तरला इन्टरनेसनलका सञ्चालक असिम क्षत्री खत्रीले हालेको मुद्दामा अमेरिकी माथिल्लो अदालतले राष्ट्र बैंकका पक्षमा फैसला सुनाएको हो। घटनाअनुसार २०६६ सालमा तरला इन्टरनेसनल नामक अमेरिकी कम्पनीले ...
  • गरिबको खर्च खाद्यान्नमा, धनीको बिलासी वस्तुमा Jun 21, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं ।  गरिब र धनीले गर्ने खर्च संरचनामा ठूलो असमानता छ। गरिबका खर्चको अधिकांश हिस्सा खाद्यान्नमा उपयोग हुन्छ भने धनीले विलासी बस्तु तथा सेवामा बढी खर्च गर्ने गरेको अध्ययनले देखाएको छ। नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको पाँचौ घरपरिवार सर्वेक्षणअनुसार सबैभन्दा गरिब २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ५६.८४ प्रतिशत र माथिल्ला धनी २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ३२.८६ प्रतिशत मात्रै ...
  • आज ७ अंकले घट्यो नेप्से Jun 20, 2016 Arthatantranepse
    काठमाण्डौं । नेप्से सोमबार पनि ७.१७ अंकले घटेर १ हजार ६ सय १५.१० अंक कायम भएको छ। आइतबार १० अंकले घटेको नेप्से सोमबार पनि निरन्तर ओरालो लागेको छ। त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५७ अकले घटेर ३ सय ४८.४२अंक कायम भएको छ। सोमबार जलबिद्युत् र वित्त बाहेक अन्य सबै समूहका परिसूचक तल ओर्लिएका छन्। बिमा समूह सबैभन्दा ...
  • सेञ्चुरी बैंकको दुई प्रकारका भिसा क्रेडिट कार्ड सेवा Jun 20, 2016 Arthatantracentury-commercial-bank
    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी भिसा क्रेडिट कार्डको शुरुवात गरेको छ । ग्राहकहरुले गोल्ड र क्लासिक दुई प्रकारका क्रेडिट कार्डको सुविधा लिन सक्नेछन् । ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेञ्चुरी बैंकले भिसा क्रेडिट कार्डको सेवा बैंकको ३१ वटै शाखाहरुबाट उपलब्ध गराउने बताएको छ । आर्थिक वर्ष २०७२र७३ को चैत्र मसान्तसम्म यो बैंकले २६ अर्ब १ करोड रुपैयाँ कुल निक्षेप संकलन गरी २२ ...
  • भार्गव विकास बैकले २० प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद सेयर दिने Jun 19, 2016 ArthatantraBhargav-bikash-Bank
    काठमाडौ । भार्गव विकास बैकले २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको खुद मुनाफा मध्येबाट २० प्रतिशतको अनुपातमा दुई करोड रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बोनस शेयर वितरणसम्बन्धी प्रस्ताव बैंकको आगामी आसार २५ गते हुने आठौ वार्षिक साधरणसभाले पारित गर्नेछ । हाल चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको बैकको बोनस ...
  • विकास बैंकले ल्यायो ५० प्रतिशत सेयर ! Jun 19, 2016 Arthatantrakanchan-development-bank
    काठमाण्डौं । कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडको विशेष साधारण सभाले ५० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकले पुँजी बृद्धिका लागि हकप्रद निष्कासन गर्न लागेको हो । दुई बराबर एकका दरले हकप्रद निष्कासन गर्दा चुक्ता पुँजी २९ करोड ७० लाख रुपैयाँ पुग्नेछ । त्यस्तै साधारण सभाले सस्थापक समूहमा रहेको ७० प्रतिशत मध्येबाट २७.१४ प्रतिशत सेयर साधारण समूहमा परिवर्तन गर्ने ...