Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • काँक्रेविहारको संस्थापक शेयर लिलाम विक्री Jun 18, 2016 Arthatantrashare
    काठमाडौं । काँक्रेविहार विकास बैङ्क लिमिटेडको १७ हजार ३ सय ५४ संस्थापक शेयर कित्ता असार २० गतेदेखि लिलाम विक्री गरिँदैछ । इच्छुक संस्था, व्यक्ति र संस्थापक शेयरधनीहरुले कम्पनीको विक्री प्रबन्धक ग्रोमोर मर्चेन्ट बैङ्कर लिमिटेडमा असार २७ गते भित्र आवेदन दिइसक्नु पर्नेछ । प्रकाशितः २०७३ असार ४
  • सगरमाथा फाइनान्सले १६ प्रतिशत बोनस र १०ः ८ को अनुपातमा हकप्रद सेयर दिन… Jun 18, 2016 Arthatantra
    काठमाडौं । सगरमाथा फाइनान्सले लगानीकर्तालाई १५ दशमलव ८५५ प्रतिशतका दरले बानेस सेयर दिने भएको छ । फाइनान्सको शुक्रबार सम्पन्न १० औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । त्यस्तै सभाले १० बराबर ८ (१०ः८)को अनुपातमा हकप्रद पनि निष्काशन गर्ने निर्णय गरेको छ ।  फाइनान्सले बोनस सेयर वितरण गरेपछि हुने चुक्ता पुँजीको १०ः८ का ...
  • नेपालीले विदेशमा कमाएको रकम बैंकबाट मात्रै, हुण्डीबाट आए कारवाही ! Jun 17, 2016 ArthatantraRemitance
    काठमाण्डौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउन विदेशी मुलुकसँंग श्रम सम्झौता गर्दा वा सम्झौता नवीकरण गर्दा अनिवार्य रुपमा नेपाली कामदारले कमाएको रकम बैंकिङ प्रणालीमार्फत भित्र्याउने प्रावधान समावेश गर्न नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले विदेशमा रहेका नेपालीले बैंकिङ प्रणालीमार्फत नेपालमा रमेट्यान्स पठाउँदा लाग्ने कमिसन तथा शुल्क नेपाल सरकारले ...
  • आज २ अर्ब भन्दा बढिको शेयर कारोबार, बिमा कम्पनीहरु अगाडि Jun 16, 2016 Arthatantranepse_photo
    काठमाडौं । साताको अन्तिम दिन विहीबार नेप्से परिसुचक १२ दशमलव ४७ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार ६ सय ३२ दशमलव ९४ अंकमा पुगेर बन्द भएको छ । बिहीवार बीमा समुह बढ्दा समग्र सेयर बजार उकालो लागेको छ । सो दिन बीमा समुह ३ सय ३० दशमलव ५० अंकले उकालो लागेको छ । त्यस्तै विकास बैंक २९ ...
  • बरुण हाइड्रोले १:१ हकप्रद शेयर जारी गर्ने Jun 16, 2016 Arthatantra
    काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको असार १ गते सम्पन्न भएको पाँचौं सञ्चालक समितिको बैठकले १ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव कम्पनीको आगामी साधारण सभाबाट पारीत भएमा शेयरधनीलाई वितरण गरिनेछ । प्रकाशितः २०७३ असार २
  • रिडी हाइड्रोपावरको हकप्रद सेयर बिक्री आजबाट खुला Jun 15, 2016 Arthatantrashare
    काठमाण्डौं । रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको आजदेखि हकप्रद सेयर बिक्री खुला भएको छ। १० बराबर ३. ५ को अनुपातमा कम्पनीको हकप्रद सेयर बिक्री खुला भएको हो। आगामी साउन ४ गतेसम्म लगानीकर्ताहरुले आफूसँग भएको सेयरको ३५ प्रतिशत सेयरका लागि आवेदन दिन सक्ने छन्। हकप्रद निस्कासनको बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। इक्रा नेपालबाट कम्पनीको हकप्रद निस्कासनले ग्रेड ४ रेटिङ ...
  • अब दृष्टिविहीनले पनि छामेर पत्ता लगाउन सक्ने नयाँ नोट बजारमा Jun 14, 2016 Arthatantrarupies
     काठमाडौं । नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ । नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो । उक्त नोटमा दुइटा गैंडाको चित्र छ । हालसम्म सयको नोटमा एउटामात्र गैंडा तस्बिर छ । सोमबार बजारमा आएको नोटको पछाडि चितवनमा पाइने गैंडाको केटोसहितको तस्बिर छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ...
  • १५ वर्षपछि बैंक पुनः सञ्चालनमा Jun 13, 2016 ArthatantraAgricultural Bank
    पाल्पा । द्वन्द्वकालमा विस्थापित भएको चापाकोटको कृषि विकास बैंक करिब १५ वर्षपछि सञ्चालनमा आएको छ । विसं २०५७ मा विस्थापित उक्त बैंक पुनःस्थापना भई आइतबारदेखि सञ्चालनमा आएको छ । कर्मचारीको सदरमुकाम बस्ने मोहका कारण तथा पुनःस्थापनाका लागि चापाकोटवासीको पहल नहुँदा शान्ति स्थापनापछि पनि बैंक पुनःस्थापना हुन सकेको थिएन । ढिलै भए पनि बैंक पुनःस्थापना भएपछि यहाँका सेवाग्राही खुसी भएका स्थानीयवासी रामचन्द्र भट्टराई ...
  • नेपाल बैंकले २३ प्रतिशत हकप्रद शेयर दिने Jun 13, 2016 ArthatantraNepal Bank
    काठमाडौं । नेपाल बैंकले २३ प्रतिशत अर्थात १०ः२.३ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको साधारणसभामा आव ७१र७२ को वार्षिक प्रतिवेदन र भाबी योजना प्रस्तुत गर्दै बैंकका अध्यक्ष जर्नादन शर्माले पुँजी बढाउनका लागि हकप्रदका अतिरिक्त अन्य बैंक तथा वित्तिय संस्थाहरुसँग मर्जमा जाने वा एक्वायर गर्ने योजना पनि रहेको जानकारी दिए । आव ७१र७२ मा निक्षेप ७७ अर्ब ९९ करोड ...
  • जनता बैंकले पनि ल्यायो ५० प्रतिशत सेयर, हिजो भयो निर्णय ! Jun 13, 2016 ArthatantraJanata Bank Nepal
    काठमाण्डौं । जनता बैंक नेपालले ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ताका दरले हकप्रद दिने निर्णय गरेको छ । बैंकको आइतबार सम्पन्न साधारण सभाले यो निर्णय गरको हो । बैंकको संस्थापक समूहमा रहेको ७० प्रतिशत शेयर हिस्सालाई ५१ प्रतिशतमा झारी सर्वसाधरण समूहको शेयर हिस्सा ४९ प्रतिशत कायम गर्ने र सोही बमोजिम सञ्चालक समितिको संरचनामा फेरवदल गर्ने र बैंकको प्रबन्धपत्र र नियमावलीमा ...