Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • आज ३१ अंकले नेप्से बढ्दा झण्डै २ अर्बको कारोबार Jun 12, 2016 Arthatantranepse_photo
    काठमाडौं । साताको पहिलो दिन आज नेप्से परिसुचक ३१ दशमलव २६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहले सेयर बजार बढाएको हो । आइतवार बैंकिङ समुह ४७ दशमलव ४७ अंकले बढ्दा सेयर बजार १ हजार ५ सय ९७ दशमलव ९६मा पुगेर बन्द भएको हो । त्यस्तै सो दिन बीम समुहको परिसुचक ३० दशमलव ७ ...
  • डिप्रोक्स लघुवित्त विकास बैंकले पनि ल्यायो हकप्रद सेयर ! Jun 12, 2016 Arthatantrashare
    काठमाण्डौं । डिप्रोक्स लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई शतप्रतिशत अर्थात एक बराबर एक हकप्रद सेयर दिने भएको छ। राष्ट्रियस्तरको हकप्रदको सम्बन्धी प्रस्ताव पारित गर्नका लागि बैंकले असार १५ गते विशेष साधारणसभा बोलाएको छ । साथै बैंकले विशेष साधारणसभा प्रयोजनका लागि आषढ ५ गतेदेखि १५ गतेसम्म सेयर धनी दर्ता पुस्तीका बन्द रहने जनाएको छ । नबिल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, विकास ...
  • नेपाल बंगलादेश बैंकले ल्यायो ८० प्रतिशत सेयर Jun 12, 2016 ArthatantraNepal Bangladesh Bank
    काठमाण्डौं । नेपाल बंगलादेश बैंकले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समिति बैठकले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ८ कित्ताका दरले हकप्रद सेयर जारी गरी पूँजी बढाउने निर्णय गरेको हो । राष्ट् बैंकको निर्देशन अनुसार आठ अर्ब पूँजी पूर्याउन कुनै ठोस कदम नचालेको बंगलादेश बैंकले हकप्रद सेयर निष्काशन गर्ने चर्चाले पछिल्ला ...
  • डलर साट्न हिच्किचाउँदै बैंक Jun 12, 2016 Arthatantrabank
    काठमाडौं । बैंकहरु डलर साट्न हिच्कचाउन थालेको छन् । नगद साट्दाभन्दा डेबिट कार्ड लिन लगाउँदा फाइदा हुने भएकाले उनीहरु डलर साट्न हिच्किचाउन थालेका हुन् । बैंकमा खाता खोलेर डेबिट कार्ड लिँदा करिब १ हजार तिर्नूपर्ने हुन्छ । यसले बैंकको आम्दानी बढ्छ । बैंकहरुले विदेश जान चाहनेलाई भिसा सहित राहदानी देखाएर २ हजार ५ सय डलर साटिदिन्छन् । तर, बैंकहरुले भने सकेसम्म रकम ...
  • सातामा ८४ अंकले बढ्यो नेप्से Jun 11, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । यस साता सेयर बजार परिसूचक नेप्से ८३ दशमलव ५६ अंंकले उक्लिएको छ। आइतबार १ हजार ४ सय ८३ दशमलव १४ अंकमा रहेको नेप्से बिहीबार १ हजार ५ सय ६६ दशमलव ७० मा पुगेको छ। नेप्सेको वृद्धिसँगै ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सिेटिभ साढे १८ अंकले र कारोबारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक ६ दशमलव ...
  • सिद्धार्थसँग गाभिए एकता विकास र नेपाल आवास, एकिकृत कारोबार सुरु Jun 10, 2016 Arthatantrasiddhartha development bank
    काठमाण्डौं । सिद्धार्थ डेभलपमेन्ट बैंकसँग एकता विकास बैंक र नेपाल आवास फाइनान्स गाभिएका छन् । एकिकृत कारोवारको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरे। मर्जरपछि बनेको नयाँ संस्थाले आज शुक्रवारदेखि एकिकृत कारोबार सुरु गरेको छ । राष्ट्रियस्तरको सिद्धार्थ डेभलपमेन्ट बैंकमा १० जिल्ला कार्यक्षेत्र भएको एकता विकास बैंक र ग वर्गको राष्ट्रियस्तरको नेपाल आवास फाइनान्स लिमिटेड गाभिएका हुन्। मर्जर पश्चात बैंकको चुक्तापूँजी एक अर्ब १४ ...
  • प्रभु बैंकको ३ लाख कित्ता सेयर लिलाममा, किन्नु फाइदाजनक ! Jun 10, 2016 ArthatantraPrabhu Bank
    काठमाण्डौं । प्रभु बैंकले हकप्रदमा आबेदन नपरेका झण्डै साढे तीन लाख कित्ता सेयर लिलाममा राखेको छ । लिलाममा राखिएको सेयरको प्रति कित्ता एकसय रुपैयाँ न्युनतम मुल्य तोकिएको छ । प्रभुले गत चैत्र २८ गतेसम्म खुला गरेको २० प्रतिशत हकप्रदमा आबेदन नपरेको संस्थापक समूहको १ लाख ५७ हजार, २७१ कित्ता र सर्वसाधारण समूहको १ लाख ८४ हजार ६१४ कित्ता गरी जम्मा ३ ...
  • एक लाख ७१ हजार ६७७ भूकम्पपीडितले बैंकमार्फत् अनुदान पाउने ! Jun 10, 2016 ArthatantraRemitance
    काठमाण्डौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एक लाख ७१ हजार ६७७ घरधनीलाई पहिलो किस्ताको अनुदान बैंकमार्फत वितरण गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ । प्राधिकरणले मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई हिजो बिहीबार निर्देशन दिएको हो । प्राधिकरणले जेठ १४ गते नेपाल बैंकर्स एसोसियसन, डेभलपमेन्ट बैंकर्स एसोसियसन र नेपाल फाइनान्सियल इन्स्टिच्युसन एसोसियसनसँग गरेको समझदारी अनुसार इकाइलाई जिल्ला विकास ...
  • मञ्जुश्री फाइनान्सको हकप्रद सेयर आउँदै Jun 9, 2016 Arthatantramanju shree fanance
     काठमाडौं। मञ्जुश्री फाइनान्सियल इन्ष्टिच्युसनको साधारणसभाले १ वरावार १ दशमलव ७५ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृती प्रदान गरेको छ । कम्पनीको वुधवार सम्पन्न साधारणसभाले उक्त स्वीकृती प्रदान गरेको हो । विषेश साधारणसभावाट पारित भएपछि तत्कालै हकप्रद जारी गरिने कम्पनीले जनाएको छ । हकप्रदसंगै फाइनान्सको चुक्ता पुँजी ६८ करोड ९२ लाख ७८ हजार पुग्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ३२ ...
  • फाइनान्सले ल्यायो ३ लाख कित्ता साधारण सेयर ! Jun 8, 2016 Arthatantra
    काठमाण्डौं । नेशनल माइक्रो फाइनान्सलाई साधारण सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । वित्तीय संस्थाले यहि जेठ २४ गते धितोपत्रबोर्डबाट आइपिओ निष्काशनको लागि स्वीकृति पाएको हो । आईपिओ निष्काशनका लागि बोर्डबाट स्वीकृति पाउने यो सबैभन्दा पछिल्लो कम्पनी हो । कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने छ । जसका लागि कम्पनीले एनआईबिएल क्यापिटलाई ...