Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • आज थपियो बजारमा ३० लाख कित्ताभन्दा बढी सेयर, सबै विकास बैंक ! Jun 8, 2016 Arthatantra
    काठमाण्डौं । आज बुधबार सेयर बजारमा विभिन्न तीन कम्पनीको तीस लाख कित्ता भन्दा बढी बोनश सेयर सूचिकृत भएको छ भने दुई कम्पनीको संस्थापक सेयर साधारणमा रुपान्तरण भएको छ । त्यस्तै ओम डेभलपेमन्ट बैंकको आजैदेखि कारोबार खुलेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार बुधबार मुक्तीनाथ विकास बैंक, कन्काई विकास तथा त्रिवेणी विकास बैंकको बोनश सेयर सूचिकृत भएको हो । नेप्सेमा मुक्तीनाथको १९ ...
  • गोर्खाज फाइनान्सले हकप्रद र बोनश शेयरको प्रमाण पत्र जेठ २८ बाट बाँड्ने Jun 7, 2016 Arthatantragurkhas finance
    काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई हकप्रद र बोनश सेयरको प्रमाणपत्र वितरण गर्ने भएको छ । कम्पनीले शेयरको प्रमाणपत्र वितरण आगामी जेठ २८ गते बाट वितरण गर्ने जानकारी दिएको छ । कम्पनीले वार्षिक  साधारण सभाबाट पारीत चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर सोही मितीबाट बुझिलिने व्यवस्था मिलाएको छ । कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल क्यापिटल मार्केटेस लिमिटेड रहेको छ । प्रकाशितः २०७३ जेठ २५
  • स्ट्याण्डर्ड चार्टर बैंकको २५ प्रतिशत बोनस सेयर पारित Jun 7, 2016 Arthatantra
    काठमाडौं । स्ट्याण्डर्ड चार्टर बैंकले लगानीकर्तालाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ९.२१ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको हालै सम्पन्न साधारणसभावाट सो प्रस्ताव पारित भएको हो । बैंकले गत आर्थिक वर्ष २०७१र०७२ को नाफावाट वोनस तथा लाभांश दिने जनाइएको छ । गतबर्ष बैंकले एक अर्व २९ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । बैंकमा स्ट्याण्डर्ड चार्टर समूहको ...
  • ग्रिन डेभलपमेण्टको सेयरमा अर्बौको आवेदन, इक्रा भन्छ पैसा नफसाएको राम्र… Jun 7, 2016 ArthatantraICRA Nepal
    काठमाण्डौं । ग्रीन डेभलपमेण्ट बैंकले आइतबारदेखि निष्काशन गरेको साधारण सेयरमा २ दिनमा झण्डै ३० गुणा बढीको आवेदन परेको छ । ४ करोड ५० लाख रुपैंयाको सेयर निष्काशन भएकोमा दोस्रो दिनसम्ममा १ अर्ब २८ करोड रुपैंयाको आवेदन परेको हो । बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटल मार्केटका अनुसार सोमबार बेलुकासम्ममा साधारण सेयरका लागि ३० गुणा बढीको आवेदन परेको छ । ...
  • ४ प्रतिशतले घटाए बैंकहरुले ऋणको ब्याज ! Jun 6, 2016 Arthatantraloan percent
    काठमाण्डौं । लघुवित्त बैंकहरूले ऋणको ब्याज घटाएर २० प्रतिशतमा झारेका छन् । लघुवित्त बैंकहरूको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको आग्रहमा उनीहरूले ब्याज घटाएका हुन् । यसअघि लघुवित्त बैंकहरूले २४ प्रतिशतसम्म ब्याज लिँदै आएका थिए । केही दिनअघि बसेको बैठकले २० प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने निर्णय गरेको हो । यो निर्णय संघ अन्तर्गतका लघुवित्त बैंकहरूलाई मात्र लागू हुने छ । लघु ...
  • १६ अर्बको हकप्रद सेयर आउँदैछ, को को हुनेछन् मालामाल, हेर्नुहोस् Jun 5, 2016 Arthatantrashare broker
    काठमाण्डौं । गत साउनमा राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंकहरुलाई ८ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएपछि अहिले बैंकहरुमा हकप्रद सेयर निस्कासनको लहर सुरु भएको छ। हेर्नुहोस् कुन कुन बैंकले ल्याउँदैछन् हकप्रद सेयर : एनआईसी एसिया बैंक : एनआईसी एसिया बैंकको हकप्रद सेयरका लागि अहिले बिक्री खुला छ। आगामी असार १५ गतेसम्म लगानीकर्ताले आफूसँग भएकोबाट २५ प्रतिशतसम्म सेयरका लागि आवेदन दिन ...
  • नेशनल इन्स्योरेन्स कम्पनीलाई साढे २३ करोड घाटा Jun 5, 2016 Arthatantranational insurence bank
    काठमाडौं । निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीेले आ.व.२०७२र७३ को तेस्रो त्रैमासमा २३ करोड ४९ लाख रुपैयाँँ घाटामा रहेको छ । गत आवको सोहि अवधिमा पनि कम्पनीले १ करोड ८ लाख रुपैयाँ नोक्सानमा नै रहेको थियो । कम्पनीको जगेडा तथा कोषमा ७ करोेड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीले बीमा कोषमा २८ करोड ८६ लाख रुपैयाँ राखिएको छ ...
  • बैंक अध्यक्षहरु अनुकूल ऐन बनाउँदै Jun 5, 2016 Arthatantrabank
    काठमाडौं । चार बैंकका अध्यक्ष सिभिलका इच्छाराज तामाङ, जनताका उदय नेपाली श्रेष्ठ, प्राइम कर्सियलका उमेश श्रेष्ठ र माछापुच्छेको वीरेन्द्र महतो सांसद छन् । उनीहरु आफैं सक्रिय भएर बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन ९बाफिया० मा बैंकिङ सुशासनका लागि राखिएका प्रावधान हटाउन लागिपरेका छन् । बाफिया विधेयकको दफावार छलफलमा उनीहरु आफैं सहभागि थिए । तीमध्ये तामाङ अर्थ समिति र बाफिया अध्ययन उपसमितिका सदस्य नै ...
  • बैंकको ४ लाख ५० हजार कित्ता शेयर आवेदन खुल्ला, कहाँ–कहाँबाट दिने आवेदन… Jun 4, 2016 Arthatantragreen dev bank
    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको आजबाट सेयर आवेदन खुला भएको छ। बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले १०० रुपैयाँ अंकित दरका ४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन भएको हो । साधारणशेयर निष्काशनका लागि बैंकले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललाई नियुक्त गरेको छ । ४ साता अघि धितोपत्र बोर्डबाट शेयर निष्काशनको स्वीकृति पाएको बैंकले ४ करोड ५० लाख ...
  • काष्ठमाण्डपले पनि ल्याउने भो २५ प्रतिशत सेयर ! Jun 3, 2016 Arthatantrakasthamandap bank
    काठमाण्डौं । नेपाल राष्ट्रबैंकको पूँजीवृद्धिको योजना अनुसार सो लक्ष्यलाई पूरा गर्न काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमीटेडले महाकाली विकास बैंक लिमीटेडलाई खरीद गर्नुका साथै २५ प्रतिशत हकप्रद सेयर निस्कासन गने ृभएकोछ । दुई संस्थाले यस सम्बन्धी समझदारी पत्र९एमओयू०मा हस्ताक्षर गरेका छन् । सम्झौतामा काष्ठमण्डपका अध्यक्ष जगन्नाथ ज्ञवाली र महाकालीका अध्यक्ष सुरेन्द्रकुमार जोशीले हस्ताक्षर गरेका थिए । काष्ठमण्डप डेभलपमेन्ट बैंकले महाकाली विकास बैंकलाई एक्वायर गर्ने ...