Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • बैंकको २ करोड ७ लाख कित्ता सेयर बजारमा थपियो Apr 29, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट बैंकसहित ८ कम्पनीका २ करोड ७ लाख कित्ता सेयर बजारमा थपिएको छ। कम्पनीका साधारण, बोनस र हकप्रद सेयर बजारमा सूचीकृत भएको हो। सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ५७ लाख ७३ हजार ६ सय ७५ कित्ता बोनस सेयर थपिएको छ। सो कम्पनीको ९० लाख कित्ता साधारण एफपीओ सेयर पनि बजारमा चाँडै नै सूचीकृत हुने छ। हाल कम्पनीको ...
  • आज जारी भयो ११ अर्बको विकास ऋणपत्र, धितो राखेर ऋण लिन मिल्ने Apr 28, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज ११ अर्बको ‘विकास ऋणपत्र २०८८’ जारी गरेको छ। यसको ब्याजदर भने बोलकबोल मार्फत् निर्धारण गरीने भएको छ। १५ वर्ष समयावधि रहेको यो ऋणपत्रको वैशाख १७ गते साँवा भुक्तानी गर्नुपर्छ । यो ऋणपत्र धितो राखि बैंकबाट ऋण समेत निकाल्न सकिन्छ। यस ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर-बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ...
  • वित्तीय स्थायित्वप्रति केन्द्रीय बैंक प्रतिबद्धः गभर्नर Apr 27, 2016 ArthatantraChiranjibi nepal
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले निजी, सार्वजनिक एवम् वैदेशिक लगानीलाई प्रोत्साहित गर्न राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल राष्ट्र बैंकको ६१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर नेपालले यसका लागि बैंकका सरोकारवाला सबैलाई सकारात्मक र सहयोगी भूमिका निर्वाह गर्न अनुरोध पनि गर्नुभयो । उहाँले प्राकृतिक प्रकोप, राजनीतिक सङ्क्रमणकाल र आपूर्ति व्यवधानका कारण आर्थिक तथा ...
  • कृषि बैंकले दिने भो १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सेयर Apr 26, 2016 ArthatantraAgricultural Bank
    काठमाण्डौं । कृषि विकास बैंकले आर्थिक बर्ष २०७७२ को मुनाफाबाट आफ्ना साधारण शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने भएको छ भने ५० प्रतिशतले हुने हकप्रद शेयर जारी गर्ने भएको छ। आज बैंकको नवौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७१र ७२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी उक्त बोनस शेयर र नगद लाभांश दिने तथा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। ...
  • मेगामा गाभियो पश्चिमाञ्चल डेभलपमेन्ट बैंक , आजैदेखि संयुक्त कारोबार Apr 25, 2016 Arthatantramega-Bank-Merge
    काठमाडौं, १३ बैशाख । रुपन्देहीमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक मेगा बैंक नेपाल लिमिटेडसँग आजबाट औपचारिक रुपमा गाभिएको छ । सोमबार बुटवलमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले मेगा बैंकको प्रगतिका लागि शुभकामना दिए । आगामी दिनमा मेगा बैंक अझ बढी समृद्ध र विस्तार हुने उनले  विश्वास व्यक्त गरे । कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले पश्चिमाञ्चल ...
  • सेयर बजारमा वाणिज्य बैंकको व्यापार बढ्दो, एकै दिन ५० करोडको कारोबार Apr 25, 2016 Arthatantrabank
    काठमाण्डौं । नेप्से परिसूचकले सोमबार १४६१ अंक पार गरेर फेर नयाँ रेकर्ड कायम गरेको छ । बाणिज्य बैंक समूह चम्किदै गएपछि बजारले हरेक दिन नयाँ रेकर्ड कायम गरेको हो । रेकर्ड सँगै बाणिज्य, विकास बैंक र इन्स्योरेन्स समूहको सूचकहरु पनि आकाशिएका छन् । ५० करोड रुपैयाँको सेयर कारोबार भएको बाणिज्य बैंक समूहको सूचक आज सोमबार ७.६५ अंकले उक्लियो । नेपाल बंगलादेश ...
  • टुरिजम डेभलपमेन्ट बैंकको नाफा ९ करोड ८४ लाख Apr 25, 2016 Arthatantra
    काठमाण्डौं । टुरिजम् डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा ९ करोड ८४ लाख नाफा कमाएको छ । गत बर्षको यसैअवधि तुलनामा बैंकको नाफा ३८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७ करोड १८ लाख नाफा आर्जन गरेको थियो । बैंकको निक्षेप, कर्जा, ब्याज आम्दानी तथा संचालन मुनाफा सबैमा बढ्त्तोरी भएपछि नाफा बढेको हो ...
  • आउँदैछ दुई विकास बैंकको १४ करोडको सेयर Apr 25, 2016 ArthatantraShare Market
    काठमाण्डौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंक हकप्रद सेयर जारी गर्ने भएका छन् । कम्युनिटीले वैशाख ३० र कर्णालीले जेठ २ गतेबाट हकप्रद सेयर जारी गर्न लागेका हुन् । कम्युनिटीले १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता सेयर जारी गर्न लागेको हो । चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको बैंकले १०० प्रतिशत हकप्रद सेयर निस्कासन गर्न लागेको हो ...
  • सानिमाको नाफा ६० प्रतिशतले बढ्यो, तेस्रो त्रैमासमा ६७ करोड कमायो Apr 22, 2016 Arthatantrasanima bank
    काठमाडौं । सानिमा बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै ६० प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले सो अवधिमा निक्षेप संकल तथा कर्जा प्रवाह दुवै बढाएको छ । निक्षेप संकलन ३४ प्रतिशतले ...
  • ग्लोबल आइएमइले खोल्यो भारतमा पनि प्रतिनिधि कार्यालय Apr 20, 2016 ArthatantraGlobal IME
    काठमाडौं । लोबल आइएमई बैंकले भारतमा पनि सम्र्पक तथा प्रतिनिधी कार्यालय खोलेको छ । भारतको नयाँ दिल्लीस्थित सम्र्पक कार्यालयको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल तथा भारतीय रिजर्व बैंकका जेनेरल म्यानेजर केबी पण्डितले संयुक्त रुपमा उद्घाटन गरेका छन् । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्पर्क कार्यालयमार्फत भारत र नेपालका बिचमा आयात निर्यात ब्यापार तथा रेमिट्यान्स र वैदेशिक लगानी प्रबद्र्धनमा सहयोग पुग्ने ...