back
NMB ad

अर्थ समितिले पारित गर्यो बाफिया, हेर्नुहोस् के के छन् नयाँ प्रावधान !

Kumari bank ad

काठमाण्डौं । लामो विवादपछि संसद्को अर्थ समितिले बैंक तथा संशोधन तथा एकीकरण गर्न बनेको विधेयक (बाफिया) पारित गरेको छ । पारित भएको विधेयक अनुसार बैंक तथा वित्तीय संस्था सन्चालनमा आएको १० बर्षपछि संस्थापक सेयर साधारणमा सेयरमा परिणत हुनेछ ।

सोमबार उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालको उपस्थितमा चार घण्टाको छलफलपछि बाफियामा देखिएको विवाद टुंगो लागेको हो ।

यसका साथै समितिले बाफियामा सञ्चालकको योग्यता र संवैधानिक निकायमा बस्नेले बैंकको सञ्चालक हुन नपाउने व्यवस्था पनि पारित गरेको छ । जस अनुसार बैंक तथा वित्तीय संस्थाको सञ्चालकको अवधि बढीमा २ कार्यकाल अर्थात ८ वर्षसम्म हुनेछ । तर स्वतन्त्र सञ्चालक भने एक कार्यकाल मात्रै नियुक्त हुन पाउनेछ । ऐन लागु भएपछि सांसदहरु बैंक तथा वित्तिय संस्थाको सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था पाारित गरेको छ ।

बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको कार्यकाल चार बर्षको हुने र एक व्यक्तिले लगातार दुई कार्यकाल मात्रै एउटा संस्थामा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्न पाउनेछन् । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले ०।५ प्रतिशत सेयर पाउने भएका छन् ।

त्यस्तै, घ वर्गका लघुवित्त संस्थाले बैंक लेख्न नपाउने र यस्ता संस्थाले बैंकको सट्टा वित्तीय संस्था मात्र राख्न पाउने व्यवस्था गरिएको छ ।

७ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर ७ मंगलवार १०:५६ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...