back
NMB ad

होशियार ! बिहे गर्छु भन्दै गाउँका चेलीलाई बेच्लान् ! विश्वमा तीन करोड बेचिन्छन्

Kumari bank ad

काठमाडौ । विश्वमा तीन करोडभन्दा बढी चेलिबेटी बेचबिखनको सिकार बन्ने गरेको तथ्य सार्वजनिक भएको छ । चेलिबेटी बेचबिखनविरुद्ध राष्ट्रिय समूह (एनएनएजिटी) को चौँथो राष्ट्रिय सम्मेलनमा राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्माले दैनिक लाखौं नेपाली चेलिबेटी बेचबिखनको सिकार बन्दै आएको बताए । त्यसलाई रोक्न मानवअधिकार आयोग दृढ भएर लागेको उनले सुनाए । चेलिबेटी बेचबिखन सीमानाकाबाट बढी हुने हुँदा यसलाई रोक्न नेपाल प्रहरीको सक्रियता बढाउनु जरुरी रहेको उनको भनाई थियो ।
समूहका सल्लाहकार भारती सिलवालले नयाँ दिल्ली, हङकङ, तिब्बतमा धेरै चेलिबेटीको बेचबिखन हुने गरेको बताउँदै भूकम्पको समयमा नेपालमा धेरै चेलिबेटी बेचबिखनमा परेको भन्दै उनले स्मरण गराए ।
समूहका संस्थापक अध्यक्ष दुर्गा घिमिरेले नक्कली बिहेको नाउँमा नेपाली चेलिबेटी बेचबिखन भइरहेको बताएका थिए ।
संस्थाकी अध्यक्ष डा उषा पोखरेलले गरिबीका कारण चेलिबेटी बेचबिखन फस्टाउँदै गएको बताउँदै यसलाई नियन्त्रण गर्न सबै पक्ष एक हुनु जरुरी रहेको खाँचो औंल्याईन् ।
कार्यक्रममा महिला र बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मी दुर्गा घिमिरे र चितवन जिल्लाका जिल्ला न्यायाधीश टेकनारायण कुँवरलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७३ भदौ १२

वि.सं.२०७३ भदौ १२ आइतवार १८:१४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...