back
NMB ad

नगरपालिकाबाट भूमाफियालाई परास्त गरी छाड्ने मेयर श्रेष्ठको चेतावनी

Kumari bank ad

भक्तपुर। मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नगरपालिकाबाट भूमाफियालाई परास्त गरी छाड्ने चेतावनी दिएका छन् । थिमिस्थित चपाचोमा आयोजित समारोहलाई सम्बोधन गर्दै मेयर श्रेष्ठले लामो समयदेखि भूमाफियाको चंगोलमा रहेका थिमिबासीलाई न्याय दिलाउने प्रतिबद्दता गरेका हुन् ।

‘तपाईहरुको अमूल्य भोटमार्फत म यस नगरपालिकाको जननिर्वाचित प्रतिनिधिका रुपमा आएको छु’, उनले भने, ‘अब तपाईहरु ढुक्क रहनुहोस्, यहाँका भूमाफिया र उनीहरुलाई सहयोग गर्ने कर्मचारीसमेतलाई न्यायको कठ्गाराभित्र ल्याउने कुरामा म कतै चुक्ने छैन ।’
भक्तपुर जिल्ला चरम भ्रष्टाचारको शिकार भएको उल्लेख गर्दै उनले नापी र मालपोतमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेकाले ती कार्यालयमा निगरानी बढाउने उल्लेख गरका छन् ।

हालैमात्र भूमाफियाले मध्यरातमा ५ वटा डोजर लगाएर हनुमन्ते खोलाको नियमित बहाव नै परिर्वतन गरेको विषयमा उनले ती भूमाफियालाई कारबाहिको दायरामा ल्याएरै छाड्ने बताए ।

मध्यपुर थिमि नगरपालिकाको वडा नं. ३ र सूर्य विनायक नगरपालिकाको वडा नं. ३ को सीमानामा पर्ने हनुमन्ते खोलाको नियमित बहाव नै परिर्वतन गरिएको विषयमा चौतर्फी विरोध भइरहेको छ ।

सो घट्नालगत्तै जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय लगायतका निकाय प्रमुखलाई सम्पर्क गर्न खोज्दा कोही पनि सम्पर्कमा नआएको प्रति उनले खेद प्रकट गरेकाछन् । ‘मैले यो घट्नालगत्तै भक्तपुरका सिडिओ, जिल्ला प्रशासन कार्यालय प्रमुख (एसपी), महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख (डिएसपी)लगायतलाई फोन गरेँ ।’ उनले भने, ‘तर सबैको फोन स्वीच्ड अफ गरिएको थियो ।’

त्यतिमात्रै नभएर सोहि घट्ना भएको रात नै नगरबासी न्यायका लागि चौकीमा ज्ञापनपत्र लिएर जाँदा पनि बेवास्ता गरिएको भन्दै श्रेष्ठले आपत्ति जनाए । जननिर्वाचित प्रतिनिधि र नगरबासीकै कुरालाई बेवास्ता गरेको भन्दै प्रशासन पनि भूमाफियासँग मिलेको उनले आशंका गरे । ‘तर याद रहोस्, भूमाफियाको जग लामो समयसम्म टिक्ने छैन ।’ उनले चेतावनी दिए, ‘यसमा जो–जो जोडिएका छन्, सबैले कारबाही भोग्नुपर्नेछ ।’

मेयर श्रेष्ठले खासगरी थिमि नगरपालिकाकाभित्र भूमाफियाको रवैयाबाट नगरबासी अत्यन्तै पीडित भएको कुरा आफूलाई अवगत भएको बताए ।भक्तपुर जिल्लामा पनि खासगरी मध्यपुर थिमि नगरपालिकाभित्र भूमाफियाको चलखेल यसअघि नै प्रष्ट रुपमा सतहमा आइसकेको छ ।

मध्यपुर थिमिमा व्यक्तिहरुको जग्गालाई यताउति पार्ने, फिल्डबुकमा खोला भनि जनिइएका कित्तालाई व्यक्तिको नाममा लाने, यहाँसम्म कि पोखरीको जग्गालाई समेत व्यक्तिको नाममा पारिएको दृष्टान्त प्रमाणित भइसकेको छ ।
यसअघि भूमाफियाले गरेका प्रमाणित कर्तुतहरु यहाँ देखाइएको छ ।

बोडेमा रहेको ऐतिहासिक कमल पोखरीको जग्गा व्यक्तिको नाममा
मध्यपुर थिमि नगरपालिकाको बोडे–८ मा रहेको १५–९–०–० क्षेत्रफलमा फैलिएको कमल पोखरी (पलिस्वाँ पुखु) व्यक्तिको नाममा पारिएको छ । वि.सं. २०३० सालमा विवरण फरक पारि व्यक्तिको नाममा ल्याउन प्रयास २०३५ साल फागुन २३ मा भक्तपुर जिल्ला अदालतको आदेशसँग सफल भएको देखिन्छ । हाल सो पोखरीको जग्गा विभिन्न ७ जना व्यक्तिको नाममा कित्ताकाट भएको देखिएको छ ।
हनुमन्ते खोला
कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएलगत्तै अर्थात २०७४ जेठ २७ गते मध्यरातमा पाँच वटा डोजर लगाएर हनुमन्ते खोलाको नियमित बहाव नै परिर्वतन गरियो । सो घट्नामा कांग्रेस र माओवादी केन्द्रकै स्थानीय नेताहरुको संलग्नता रहेको आशंका गरिएको छ । मध्यपुर थिमि नगरपालिकाको वडा नं. ३ र सूर्य विनायक नगरपालिकाको वडा नं. ३ को सीमानामा पर्ने हनुमन्ते खोलाको नियमित बहाव नै परिर्वतन गरिएको हो ।
घुमेर आएको नदीलाई सिधा बनाएर मकैबारीको बीचबाट बगाइएको छ । स्थानीय प्रशासनले पनि कसैलाई पक्राउ गर्न सकेको छैन । यसअघि पनि खोला बगेको जग्गा व्यक्तिको भएको भन्दै पटक–पटक नदीको बहाव नै परिर्वतन गर्ने प्रयास हुँदै आएको थियो ।

यस्तै मध्यपुर थिमि नगरपालिका वडा नं.३ कौशलटारबाट बालकोट जाँदा पुलवारी सागबारी भन्ने ठाउँमा त भूमाफिया र नापी कर्मचारीको झन् डर लाग्दो सञ्जाल छ । त्यहाँ भूमाफियाले व्यक्तिको जग्गा र सार्वजनिक जग्गा त परै जाओस्, मसानघाटलाई समेत छाडेका छैनन् । सागबारी क्षेत्रमा रहेको मसानघाट २ वर्ष अगाडी रातारात डोजर प्रयोग गरी भत्काइयो । तर स्थानीयको चर्को विरोधपछि सो मसानघाट पुनः निर्माण गरियो । तर आश्चर्यको कुरा के छ भने, मसानघाट भत्काएर सो जग्गालाई व्यक्तिको नाममा ल्याउने प्रयास गर्नेलाई निसर्त छाडियो । यसबाटै प्रष्ट हुन्छ कि भूमाफिया कुनै राजनीतिक दलको छत्रछायाँबाट प्रेरित छन् ।
सोहि क्षेत्रमा रहेको फिल्डबुकमा खोला जनिएको दिव्यश्वरी २ ‘ख’ कित्ता नम्बर १०१२ (२८ रोपनी, ३ आना, २ पैसा) कित्ताकाट गरी कि.नं. ११२१ (१० रोपनी, ५ आना, दुई पैसा) बाँकी राखी कि.नं. ११२० (१७ रोपनी, १४ आना) कित्ताकाट गरी विक्री गरेको प्रमाणित नै भइसकेको छ ।
यो त प्रमाणित तथ्यमात्र भयो, तर खोज्दै जाने हो भने भूमाफियाका यस्तो रवैयाबाट थिमिबासी अत्यन्तै पीडित छन् । सोहि क्षेत्रको हनुमन्ते खोला छेउमा साविकको नक्सा तथा फिल्डबूकमा नभएका जग्गाहरु व्यक्तिको नाममा ल्याइएको छ । यसबाट पनि सो क्षेत्रमा भूमाफियाले के सम्म गर्न सक्दैनन् भन्ने प्रश्न उब्जाएको छ ।hanumante khola (1)

प्रकाशित मितिः २०७४ असार १

वि.सं.२०७४ असार १ बिहीवार १३:०९ मा प्रकाशित

You can share this post!

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...