back
NMB ad

सेयर बजारमा हुनसक्ने अपराधʽसेयरको भण्डारीकरणʼ बाट बच्नुहोस् !

Kumari bank ad

हरिशरण न्यौपाने, काठमाडौ । तपाईलाई थाहा छ, सेयरको भण्डारीकरण गरेर पनि बजारमा अनियमितता गर्नेहरु सक्रिय हुने गरेका छन् । निश्चित व्यक्ति वा समूहले फाईदा लिने गरि सेयर बजारमा यी र यस्ता अनियमितता भईरहेका हुन्छन् । जसले सर्वसाधारण लगानीकर्ताहरुलाई भने मर्का पारिरहेको हुन्छ ।

के हो ʽसेयरको भण्डारीकरणʼ ?

यो यस्तो कारोबार हो, सेयर कारोबारमा संलग्न व्यक्ति वा समूहले बजारमा बिक्रीका लागि आएको कुनै एक कम्पनीको सम्पूर्ण सेयर खरिद गर्दछन् । यसले त्यस कम्पनीको सम्पूर्ण सेयर कुनै एउटा व्यक्ति वा समूहमा केन्द्रित बन्नपुग्छ । अब यसो भएपछि बजारमा सेयरको अभाव हुनजान्छ अर्थात् आपूर्ति नै ठप्प बन्न पुग्छ ।

अब त्यस कम्पनीको सेयरको आपूर्ति कम भई माग बढ्दा सेयरको मूल्य क्रमशः बढ्दै जान्छ । यसपछि माग बढ्दै जाँदा यस क्रियाकलापमा संलग्न व्यक्ति वा समूहले सानो–सानो संख्यामा सेयर बिक्री गर्न थाल्दछन् । बजार अझ उचाईतर्फ जान्छ । अब त्यस्ता क्रियाकलापमा संलग्नहरुले विस्तारै बजारमा आपूर्ति बढाउँदै लैजान्छन् । आपूर्ति बढ्दै जाँदा सेयरको मूल्यलाई एक उच्चत्तम विन्दुमा पुर्याएपछि त्यस कारोबारमा संलग्न व्यक्ति वा समूहले सबै सेयर बिक्री गर्दछन् ।

यसरी सेयरको भण्डारीकरण गरेर बजारमा एक किसिमको अपराध हुने गरेको छ । जसले सर्वसाधारण लगानीकर्ताहरु भने संधै मर्कामा पर्ने गरेका छन् । त्यसैले यी र यस्ता कारोबारमा संलग्न हुने व्यक्ति वा समूहहरुप्रति तपाई साधारण लगानीकर्ताहरु संधै चनाखो बन्नुपर्ने खाँचो छ ।

प्रकाशित मितिः २०७४ बैशाख २६

वि.सं.२०७४ वैशाख २६ मंगलवार १५:०४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...