back
NMB ad

एक नाउर मारे वापत डेढ लाख रुपैयाँ !

Kumari bank ad

बागलुङ । ढोरपाटन शिकार आरक्षमा सुरु भएको झारल र नाउको दोस्रो यामको शिकारका लागि नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि, ट्रयाक एन्ड टेल्र्स प्रालि र ओपन नेपाल वाइल्ड लाइफ सफारी मार्फत विदेशी शिकारी आएका छन् ।

अमेरिका, जर्मनी, स्पेन, दक्षिण अमेरिका र नर्वेबाट शिकारी ढोरपाटन आउने गरेको सहायक संरक्षण अधिकृत पशुपति अधिकारी बताएका छन् । उनका अनुसार आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लक गरी छ ब्लगमा दोस्रो यामका लागि सिकार अनुमति दिइएको छ।

एउटा नाउर र झारलको शिकार बापत डेढदेखि दुई लाख रुपैयाँसम्म राजस्व कायम गरिएको छ । यो रुपैयाँ गत वर्षको तुलनामा कम हो । गत वर्ष अधिकतम पाँच लाख ५५ हजार र न्यूनतम एक लाख ४६ हजार तथा झारलको अधिकतम छ लाख ४६ हजार र न्यूनतम एक लाख आठ हजार दर कायम गरिएको थियो।

ढोरपाटनमा शिकारका लागि असोजदेखि मङ्सिरसम्म पहिलो याम र फागुनदेखि वैशाखसम्म दोस्रो याम खुला हुने पनि आरक्षले जानकारी दिएको छ ।

१४ चैत, २०७२, ९.००

वि.सं.२०७२ चैत १४ आइतवार १०:३७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...