back
NMB ad

निर्वाचन आयोगले आज भरतपुर काण्डको निर्णय गर्दै, के आउला निर्णय सबैको चासो आयोगमै !

Kumari bank ad

काठमाडौं । भतपुर महानगरमा मत पत्र च्यातिए पछि उत्पन्न विवादलाई टुंग्याउँदै आज निर्वाचन आयोगले निर्ण गर्ने भएको छ ।

घटना पछि गठन गरिएको छानविन समितिको प्रतिवेदन, स्थलगत मुचुल्का, विगतका नजिर र आगामी दिनमा हुनसक्ने विकृतिलाई ध्यानमा राखी निर्णय गर्न लागिएको निर्वाचन आयोग निकट स्रोतले जानकारी दियो । आयोगका पदाधिकारीहरु नै पक्ष विपक्षमा बाझिएपछि एक सातादेखि अनिर्णयको बन्दि बनेको भरतपुर निर्णयको प्रतिक्षामा छ । गठबन्धनका घटक नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र पुनः मतदानको पक्षमा उभिएका छन् भने नेकपा एमाले पुनः मत गणनाको माग राख्दै आन्दोलनमा छ ।

आयोगका पदाधिकारीहरु पनि यसैगरी बाझिएका छन् । स्रोतका अनुसार प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव, आयुक्त नरेन्द्र दाहाल र इला शर्मा मत गणनाको पक्षमा उभिएका थिए भने आयुक्तहरु सुधिर शाह र इश्वरी पौडेल पुनः मतदानको पक्षमा उभिएका थिए । संवेदनशिल विषयमा सर्वसम्मत निर्ण गर्दै आएको निर्वाचन आयोगले पदाधिकारी नै पक्ष विपक्षमा उभिएपछि चाँडो निर्णय गर्न नसकेको स्रोतले बतायो ।
संसर भरका नेपालीको ध्यान खिचेको भरतपुर काण्डबारे निर्ण के आउला भनेर सबैको चासो बढेको छ ।
२० जेठ २०७४

वि.सं.२०७४ जेठ २० शनिवार १५:०० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...