back
NMB ad

वान बेल्ट वान रोड नेपालको आर्थिक विकासको मेरुदण्डःअध्यक्ष राणा

Kumari bank ad

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले मित्र राष्ट्र चीनले अगाडी सारेको वान बेल्ट वान रोड(ओबोर) यो शताव्दिकै एक नमूना परियोजना हुन सक्ने बताएकी छिन् । उक्त परियोजना नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार हुने उनले बताईन् ।

यो परियोजनालाई विश्वले नै अति उत्सुकतापूर्वक हेरिरहेको बताउंदै अध्यक्ष राणाले यस परियोजनाका माध्यमबाट दक्षिण तथा दक्षिण पूर्वी एशिया, मध्य एशिया, यूरोप, अफ्रिका र बांकी भूभाग बीच सम्पर्क स्थापित गरी यी देशका अर्थतन्त्रलाई एकिकृत गर्ने ठूलो सम्भावना रहेको दावी समेत गरिन् ।

चीन तथा दक्षिण एशियाका व्यवसायिक नेताहरुको फोरमलाई चीनको यूनान प्रान्तको कुनमिङ शहरमा संवोधन गर्दै अध्यक्ष राणाले केवल आपसी सम्पर्क स्थापित गरी व्यवसाय गर्ने माध्यम मात्र हुने नभई समग्रमा ओवोर अभियानले रोजगारी सृजना, पूंजी वृद्धि, नविनतम प्रविधिको विकास मार्फत यी क्षेत्रका वासिन्दाहरुको जीवनस्तर उच्च बनाउने विश्वास समेत प्रकट गरिन् ।

अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चीनियां परिषद, यूनान उपपरिषद र सार्क उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपमा आयोजना गरिएको १२ औं चीन दक्षिण एशिया व्यवसायिक फोरमको बैठकलाई संवोधनका क्रममा अध्यक्ष राणाले ओवोर परियोजना वास्तवमै प्रशंसनीय रहेको बताइन् । शान्ति र सहयोग, उदारता र समावेशी, आपसी शिक्षा र लाभ प्रमुख सिद्धान्तहरुद्वारा निर्देशित यो अभियान शताव्दिकै एक महत्वपूर्ण परियोजना हुने उनको विश्वास थियो ।

नेपाल लगायत भारत, चीन, अफगानिस्तान, भुटान, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेशका व्यवसायिक नेताहरु, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सहित पदाधिकारीहरु, वाह्य देशका प्रतिनिधिहरु सहभागी रहनु भएको सो फोरमको यस बर्षको प्रमुख विषय चुनौतीपूर्ण अवसरहरुः रोजगारी सृजना र नविनतम लगानी रहेको थियो ।

अध्यक्ष राणाले नेपाल पनि ओवोरको एक महत्वपूर्ण हिस्सा हुन पाएकोमा खुशी व्यक्त गर्दै भुपरिवेष्टित राष्ट्र नेपाललाई अव स्थलमार्ग मार्फत विश्वसंग जोडिने अवसर मिलेको बताइन् । नेपालको मुख्य प्राथमिकतानै वाह्य मुलुकसंग प्रभावकारी सम्पर्क स्थापना हो, त्यो भौतिक रुपमा मात्र नभई पछिल्लो पटक उच्च गतिमा अगाडी बढीरहेको सूचनाको राजमार्ग मार्फत समेत आफूलाई विश्वसंग समाहित गर्न, त्यसबाट उच्च लाभ उठाउन नेपाल लालायित रहेको बताउंदै आर्थिक रुपान्तरणका लागि ओवोर महत्वपूर्ण माध्यम हुन सक्ने विश्वास व्यक्त गरिन् । उर्जा, अन्तरदेशिय प्रशारण लाइन विस्तार, पर्यटन आदान प्रदान तथा पर्यकटीय गन्तव्यको पहिचान सहित पूर्वाधारको विकास नेपालको अर्को महत्वपूर्ण प्राथमिकता रहेको उनले विश्व समुदायलाई जानकारी गराइन् ।

हालै नेपालले ओवोरमा हस्ताक्षर गरेको र ओवोर सम्मेलनमा केरुङ, काठमाडौं, पोखरा र लुम्विनीसम्मको रेलमार्ग निर्माणको लागि नेपालले राखेको प्रस्तावलाई साकार रुप दिन जोड दिदै अध्यक्ष राणाले यसले सफलता पाउन सकेमा “नेपाल चीन इकोनोमिक करिडोर”को रुपमा विकास गर्न सकिने बलियो सम्भावना रहेको र यसले सिंगो मुलुककै विकासमा आमूल परिवर्तन ल्याउन सक्ने धारणा राखिन् ।

आफ्नो संवोधनको क्रममा अध्यक्ष राणाले भनिन््– चुनौतीहरुसंगै अवसरहरु पनि आउछन्, ओवोरको अभियानसंगै अवसरहरु पनि पर्याप्त आउंदै छन् । नेपालले यतिखेर विशेष गरी प्रतिस्पर्धी क्षमता तथा लगानीको क्षमता दुवैमा निकै ठूलो चुनौतीको सामाना गर्नु परेको छ । नेपाली निजी क्षेत्र यी चुनौतीहरुको सामाना गर्न तयार छ । यस महत्वपूर्ण समारोहमा म चिनिया लगानीकर्ताहरुलाई चीन तथा ओवोरसंग जोडिएका देशहरुमा खपत हुन सक्ने वस्तुहरु नेपालमै उत्पादन गर्ने क्षेत्रमा लगानी गर्न आग्रह गर्दछु । यसो हुन सकेमा नेपालले औद्योगिक क्षेत्रमा चाहेको लगानी मार्फत वाह्य देशसंगको सम्पर्क विस्तारमा समेत सहयोग पुग्दछ ।

चीनसंग द्विपक्षीय व्यापार संझौता भैसकेको सन्दर्भमा करिव ७० भन्दा बढी देशहरुलाई जोड्ने ओभार अभियान एवं शील्क रोड मार्फत अझ बढी बजार विस्तारको सम्भावना नेपालले देखेको समेत बताईन् ।

Bhawani Rana kunming final

बैठककै क्रममा महासंघका अध्यक्ष राणाले बैठकमा भाग लिन आएका विभिन्न देशका उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु, वाह्य देशका प्रतिनिधिहरु लगायतका यूनानका उद्यमी व्यवसायीहरुसंग भेटघाट गरी नेपाल र ती देश बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तारमा जोड दिए ।

बैठकमा महासंघका पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष सुरज वैद्यले पनि संवोधन गरेका थिए । उनले आफ्नो संवोधनको क्रममा सिगो सार्क मुलुकनै लगानीका लागि भोको रहेकाले यस क्षेत्रको आर्थिक तथा सामाजिक समृद्धिका लागि सार्क र चीन बीचको सहकार्य महत्वपूर्ण रहेको धारणा राखे ।

kunming fncci toli

बैठकमा महासंघको प्रतिनिधिमण्डलमा रहेका महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, महासंघको शहरी विकास समितिका सभापति एवं सार्क उवासंघका उपाध्यक्ष(नेपाल) ओम राजभण्डारी, कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे, व्यवसायीहरु असित शंसेर जवरा, र ज्योत्साना पाण्डे वोहोरा, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद अवाल, धादिङ उवासंघका कोषाध्यक्ष अनिल कोइराला सहित कार्यकारिणी समिति सदस्यहरु, महासंघका सहायक निर्देशकत्रय विष्णुराज ढकाल, अरुणकुमार श्रेष्ठ, विदुरचन्द्र लामिछाने, पत्रकार विपेन्द्र कार्की सहित नेपाली उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सोही अवसरमा जेष्ठ २९ गतेदेखि कुनमिङमा चाइना आयात निर्यात व्यापार तथा दक्षिण एशियाली व्यापार मेला समेत आयोजना भएको छ । उक्त मेलामा नेपालबाट १६० वटा स्टलहरु मार्फत नेपाली वस्तुहरुको प्रदर्शनी भैरहेको छ । उक्त मेला असार ४ गते सम्म चल्ने छ । मेलाको महासंघको प्रतिनिधिमण्डलले अवलोकन गर्यो । मेलामा विशेष गरी नेपाली हस्तकलाका सामाग्रीहरुको प्रदर्शनी गरिएको छ ।

प्रकाशित मितिः२०७४ जेठ ३१

वि.सं.२०७४ जेठ ३१ बुधवार १६:३८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...