back
NMB ad

नेपालको संबिधान निर्माण गर्दा बिदेशीसँग पैसा लिने को ? हेर्नुहोस भिडियो !

Kumari bank ad

के तपाई अनुमान लगाउन सक्नुहुन्छ, आफ्नो देशको संबिधान निर्माण गर्दा बिदेशीसँग पैसा लिनेले कस्तो संबिधान बनाउला ? संबिधानसभाबाट संबिधान पारित गर्दैगर्दा बिदेशीसँग पैसा लिएको कुरा कोही कसैले उठाएका थिएनन्। तर अहिले संबिधान निर्माण गर्दा बिदेशीसँग पैसा लिएको भनेर राजनीतिक नेताकै बीचमा भनाभन र तर्क वितर्क हुन थालेको विषय आश्चर्यको विषय बनेको छ । प्रमुख तीन राजनीतिक दलको बैठकमै यस विषयले चर्चा पायो । नेताहरुबीच चर्काचर्की नै पर्यो । आखिर को रहेछ संबिधान लेखनमा पनि बिदेशीसँग पैसा लिने ?

१) स्थानीय तहको पुनसंरचना ।
२) संबिधान संसोधन ।
३) आश्रित अर्थबिधेयक ।
४) प्रधानमन्त्रीको तर्फबाट भारतमा पठाईएको पत्र र आसन्न भारत भ्रमण ।

यी एजेण्डाहरु केहि दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएको प्रमुख तीन दलको बैठकमा उठाइएका एजेण्डाहरु हुन् । एमाले उपाध्यक्ष भिम रावलले बैठक र छलफलमा उठेका विषयलाई यसरीप्रस्ट्याए । त्यसदिनको छलफल र संबिधान निर्माण गर्दा पैसा लिने को भन्ने विषयमा एमाले बैठकमा सहभागी एमाले उपाध्यक्ष भिम रावलकै शब्दबाट :

bhim rawal

पहिलो स्थानीय तहको पुर्नसंरचनाको विषयमा छलफल हुँदा सरकारले प्रस्ताव ल्याओस् हामी व्यवहारीकरुपमा जनताको सेवा सुबिधा कटौती नहुने गरि अगाडि जाने पक्षमा छौं भन्यौं । सरकारको तर्फबाट हामी फेरी बैठक गर्छौं भनेका छन् ।

दोस्रो संबिधान संसोधनको बारेमा हामीले प्रश्न गर्यौं । संबिधान संसोधन कहाँ– कहाँ, के को लागि, कुन प्रयोजनको लागि, किन ? यो कुरा थाहा हुनुपर्यो हामीले भन्यौं । त्यस सम्बन्धमा उहाँहरुले कुनै ठोस प्रस्ताव ल्याउनुभएन ।
तेस्रो आश्रित अर्थबिधेयकका सम्बन्धमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले उहाँ, पूर्व अर्थमन्त्री रामशरण महत र विष्णु पौडेल ३ जनाको एउटा टिम बनाएर हेरौं भन्ने प्रस्ताव राख्नुभयो । अब यी बिधेयकहरु बनाएर ल्याउनुपर्ने भयो उनले भने । त्यो भनेपछि मैले उहाँलाई के प्रश्न गरे भने त्यसो भए विगतमा यो अर्थबिधेयक जुन असफल गराईयो । यो गल्ती भएको हो भनेर तपाईहरुले महसुस गर्नुभएको हो ? यदि तपाईहरुले महशुस गर्नुभएको हो भने त्यसपछि प्रमुख विपक्षि दलको नेताको रुपमा रहनुभएका पूर्व अर्थमन्त्री विष्णु पौडेल त्यहाँ रहने कि नरहने प्रसंग आउला, होईन भने विपक्षिको यो हाम्रो काम होईन । तपाईहरुले गर्ने काम हो, भन्यौ । पूर्व अर्थमन्त्री विष्णु पौडेलजीले के भन्नुभयो भने तपाईहरुले ल्याउने त कुरा गर्नुभयो । यो संबिधान र नियमावली बमोजिम कहाँनेर, कसरी ल्याउन सकिन्छ । पहिलो त्यो कुरा हेर्नुस् । संबिधानमा त जेठ १५ गते नभएर फेरी अर्काे बजेट ल्याउन नपाईने व्यवस्था छ । त्यो हेर्नुहोस्, त्यसमा हामी विपक्षि बस्ने कुरा भएन । त्यो पौडेलजीले भन्नुभयो ।

चौथो विषय प्रधानमन्त्रीको आसन्न भारत भ्रमण र भारतमा पठाईएको पत्रका विषयमा थियो । पत्र पठाइएकोमा संबिधान संसोधनको चर्चा छ कि छैन भन्ने हाम्रो प्रश्नमा उहाँहरुले छैन भन्नुभयो । र मैले भारतस्थित नेपाली राजदूतबाट जारी गरेको प्रेस वक्तव्यमा यो नेपालको संबिधान संसोधनको प्रसङगको पनि २/३ वटा वाक्य भएको कुरा मैले त्यहाँ मैले सोधें । शब्दचित्र जस्ताको तस्तै राख्दैछु । त्यो वाक्य पढेर मैले के भने भने तपाईहरु नेपालमा यत्रो संबिधानमा निर्णायकरुपमा काम गर्ने, संबिधान निर्माताकोक्रममा अगाडि बढेका पार्टीहरुको बीचमा छलफल नगर्ने अनि गएर बिदेशमा संबिधान संसोधनको चर्चा गरेर पार लाग्ने कुरा हो ? यो आपतिजनक कुरा हो । यो गलत कुरा हो ।

मैले यसो भनेपछि गृह तथा उपप्रधानमन्त्री बिमलेन्द्र निधीले अंग्रेजी शब्द प्रयोग गर्दै मैले त्यसमा शेयरिङ गरेको हुँ । शेयरिङ भनेको विचार आदानाप्रदान गरेको हुँ । म त्यस्तो फेरी पनि गर्छु । र यो प्रचलन पनि छ । मैले त्यो गर्छु भन्दै उहाँले थप कुरा के गर्नुभयो भने संबिधान निर्माणकोक्रममा मानिसहरुले या अरु बिदेशीसँग मस्यौदा लिएर त्यो अनुसार काम गरेका छन् । उहाँले बजेट शब्द प्रयोग गर्नु भएको थियो, पैसा लिएर काम गर्ने र मैले त्यसो गर्न नहुने किन भन्ने अर्थमा उहाँले त्यो कुरा भन्नुभयो ।

त्यसो भनेपछि मैले उहाँलाई भने संबिधान निर्माणको क्रममा कृष्ण प्रसाद सिटौला जी नि मस्यौदा समितिको सभापति हुनुहुन्थ्यो । हामीले आफ्नो विवेकले नेपाली जनताको भावनाअनुसार संबिधान निर्माण गरिसकेका छौं । हामीले कुनैपनि बिदेशीलाई लिएर कुनै मस्यौदा लिएको कसैको पनि सुनेका छैनौं । बजेट लिने त कुरै भएन । हामीले त्यसरी काम गरेका छौं । तर तपाई त्यो मस्यौदा लिए बिदेशीको बजेट लिए भन्ने तपाईको जुन कुरा छ । कस्ले लियो ? तपाई जिम्मेवार मन्त्री हुनुुहुन्छ । तपाई त्यो कुरा राख्नुस् भनेर भनें ।

त्यो पछि उहाँले मसँग प्रमाण छ भन्नुभयो ।

गृहमन्त्रीसँग प्रमाण हुनु राम्रो कुरा हो । कसले लिएको तपाई आफैंले लिनुभएको हो कि तपाइका नेताले लिएका कि यहाँ बस्ने कसैले लिएका हुन्, तपाईले कुरा राख्नुस् भनेर भन्यौं ।

अनि उहाँ पछि हटेर जानुभयो । यो त गोष्टि, विभिन्न बिदेशीहरु गएको कुरा हो भनेर प्रधानमन्त्रीजीले भनेपछि त्यो कुरा सक्कियो ।

मेरो आशय के थियो भने नेपालको संबिधान निर्माणको कुरामा बिदेशीले पैसा दिएको वा कुनै मस्यौदा दिएर कसैले गरेको हो भने त्यो त नेपाली जनताले थाहा पाउनुपर्यो भन्ने कुरा मैले भनें ।

त्यसपछि उहाँले जवाफ दिनुभएन ।

जहाँसम्म हामी तर्कवितर्क गर्यौं । छलफलमा एउटाले एउटा कुरा गर्छ खण्डन गर्छ बैठक भन्या मुखमा पट्टि बानेर चुप लागेर बस्ने त होईन नि । समाचार आएजस्तो हात हालाहाल भएको छुट्ट्याउन गएको एकदमै गलत कुरा हो । उहाँले आफ्नो ठाउँबाट कुरा राख्नुभयो मैले आफ्नो ठाउँबाट कुरा राखें ।

मैले उहाँलाई बारम्बार आग्रह चाँहि गरे । तपाई जिम्मेवार मन्त्री हुनुहुन्छ । तपाईलाई जब जानकारी छ भने कस्ले त्यो रकम लियो नेपाली जनतालाई भन्नुपर्छ । यो बैठकलाई भन्नुपर्छ । त्यो मस्यौदा र बाहिरी पैसा लिने को ? तपाईले भन्नुपर्छ नेपालको संबिधान निर्माण गर्दा बिदेशीसँग पैसा लिने को भनेर मैले गृहमन्त्रीलाई बारम्बार सोधें ।

(एमाले उपाध्यक्ष भीम रावलसँगको कुराकानीमा आधारित )   

प्रकाशित मितिः २०७३ भदौ १८

वि.सं.२०७३ भदौ १८ शनिवार १७:२२ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...