back
NMB ad

‘बिदेशी दुतावासको भात खाएर संविधान संशोधनको कुरा गर्नेलाई जेल हाल्नुपर्छ’: रावल

Kumari bank ad

काठमाडौ । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले सानो सङ्ख्यामा रहेको मधेसी मोर्चाले निर्वाचन रोक्न खोज्दैमा चुनाव रोक्न नहुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रावलले संविधान संशोधन नभई हुँदैन भन्ने सानो संख्यामा रहेको मोर्चालाई नमस्कार गरेर बसे सरकारको औचित्य समाप्त हुने बताए ।

उनले भने, संविधान सभाको दोस्रो निर्वाचनमा मोहन बैद्यहरु निर्वाचनमा नजादा नजाँदै चुनाव रोकिएन,लअहिले आएर दुईचार जना मेधेशका ठालु नेताले भन्दैमा निर्वाचन रोकिदैन, अब प्रचण्डले तत्काल मिति घोषण गुर्नपर्छ, संविधान सभाको निर्वाचन गरे जस्तै अहिले पनि निर्वाचनमा जानुको विकल्प छैन्, यदि निर्वाच नगरे देश दन्दमा जान्छ।’

रावलले संविधान संशोधन निर्वाचन गर्नका लागि आवश्यक नभएको भन्दै मधेसी मोर्चाका नेताहरुलाई तराइ मधेशका जनताप्रति विश्वास छ भने आफ्ना एजेण्डा बोकेर निर्वाचनमा जान चुनौती दिए ।

उनले भने,‘संसारमा कहि पनि संविधानसभाबाट संविधान बनेपछि ताजा जनादेशमा नगई संशोधन भएको उदाहरण छैन हामीले एकपल्ट संशोधन गरिसक्यौँ अब निर्वाचमा जाऔँ अनि ताजा जनादेशअनुसार आवश्यक कुराहरु गरौँला,यदि मधेशि नेताको हिम्मत छ भने,आउनुस् चुनावमा जाऔ, मधेसमा हाम्रो पार्टीले ४० सिट जितेको हो । उनले निर्वाचनका लागि सरकारलाई आफ्नो पार्टी नेकपा (एमाले) पूर्ण रुपमा सहयोग गर्ने बताए ।

उपाध्यक्ष रावलले ९० प्रतिशत जनताको हस्ताक्षरमा निर्माण भएको अहिले तत्काल संविधान संशोधनको आवश्यकता नरहेको उल्लेख गरे । मधेसी मोर्चाका नेताले तपाईँलाई जेल हाल्नुपर्छ भनिरहेका छन् नी भन्ने सञ्चाकर्मीको जिज्ञासामा रावलले जवाफ दिदै भने,‘जेल त तिनलाई हाल्नुपर्छ, जसले देश घात गरिरहेका छन्, विदेशी दुतावासमा भात खाएर नेपालको संविधान संशोधनको कुरा ल्याइरहेका छन्, नेपालको कानुनले तिनलाई जेल हाल्नुपर्छ यदि सरकार छ र सरकारले हिम्मत गर्छ भने तिनलाई जेल हालोस्।’
नेता रावलले नेपालकै प्रधानमन्त्री होलान् भनेर देशका लागि चासो व्यक्त गरेँ तर उल्टै मधेसी मोर्चालाई प्रयोग गरेर म विरुद्ध झुटको खेती गरिरहेका छन् । गएको पुस १९ गते पटनामा सिके राउत, ज्वाला सिंह, गोहित, केही पत्रकारहरु लगायतले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामा आँच आउने गरी छलफल गरेको सूचना आफुले थाह पाएपछि प्रधानमन्त्रीलाई खवर गरेको बताए ।

उनले मधेसी मोर्चाका पराजित नेताहरुले जनताबाट पराजित भएपछि विदेशी दुतावासमा गई भात खाएर मधेसको कुरा गरेको आरोप लगाए ।

उनले सुन तस्करीलाई सरकारले नियन्त्रण गर्न नसकेको आरोप समेत लगाए । पहिला संविधान विद्येयक संसदमा टेबुल भएपछि निर्वाचनमा जाने भने अहिले टेबुल भएपछि परिमार्जनको कुरा गरिरहेका छन् परिमार्जनबाट के आर्जन गर्न खोजेको हो प्रस्ट छैन । संसदमा कुनै पनि हालतमा विद्येयको बिषयमा छलफल गर्न नहुने जिकिर गरे ।

प्रकाशित मितिः २०७३ माघ ५

वि.सं.२०७३ माघ ५ बुधवार १६:१७ मा प्रकाशित

You can share this post!

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको टरवाइनको परीक्षण अन्तिम चरणमा   

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको टरवाइनको परीक्षण अन्तिम चरणमा   

वि.सं.२०८० चैत १५ बिहीवार १२:५६

ज्ञानेन्द्र न्यौपाने     रसुवा, १५ चैत : उत्तरी रसुवामा निर्माणाधीन...

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु   

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु   

वि.सं.२०८० चैत १५ बिहीवार १२:४४

अच्युत रेग्मी काठमाडौँ, १५ चैत : गत फागुन २३ गते...

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने   

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने   

वि.सं.२०८० चैत १५ बिहीवार १२:३७

काठमाडौँ, १५ चैत : पश्चिमी वायुको प्रभावले बागमती, कोशी र...