back
NMB ad

राष्ट्र बैंक दुःखको साथीको रुपमा आउनुपर्यो

Kumari bank ad

अर्घाखाँची जिल्ला डिभरना – ४ गहतेमा जन्मिएका भोजबहादुर शाह २०३७ सालमा गाउँकै निम्न माध्यमिक विद्यालयबाट जागिरे जीवनमा प्रवेश गरी विज्ञान र गणितको शिक्षक हुँदै काठमाडौंमै लामो समय अध्यापन पेशामा रहे । संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सनको महासचिव, बरिष्ठ उपाध्यक्ष, अध्यक्ष हुँदै हाल प्याब्सनको बरिष्ठ सल्लाहकार छन् । २०४५ सालमा आफ्नै लगानीमा आनन्दभूमी आवासिय माध्यमिक विद्यालय स्थापना गरे पछि शाह औपचारिक रुपमा उद्यमी बन्न पुगे । कर्मचारीसंचय कोषमा केहि समय जागीरे जीबन ब्यतित गरेका शाह आफुलाई सामाजिक उत्प्रेरक र अभियन्ताको रुपमा चिनाउन चाहन्छन् । हाल एनआईसी कलेजका अध्यक्षसमेत रहेका शाह यतिबेला स्थापनाको छोटो समयमै राष्ट्रिय रुपमा अग्रणी स्थानमा रहेको मेगा बैंक नेपाल लिमिटेडको अध्यक्ष छन् ।
प्रस्तुत छ, शिक्षा क्षेत्र हुँदै सामाजिक उत्प्रेरक र मेगा बैंकको अध्यक्ष रहेका शाहसंग अर्थतन्त्रका लागि रामेश्वर कार्की र हरिशरण न्यौपानेले गरेको कुराकानीको संपादित अंश :

सर्वप्रथम मेगा बैंक कस्तो बैंक हो यसका गतिबिधी के कसरी अगाडी बढिरहेको छ ?

यो बैंक साना, मझौला खाले उद्यमशील मानिसहरुलाई बैंकिङ क्षेत्रमा संलग्न गराउने द्देश्यले खोलिएको बैंक हो । त्यसो भएको हुनाले यसको नारा नै हलोदेखी हाईड्रोसम्म भनेर हामीले तय गर्यौं । जतिबेला मेगा बैंकको स्थापना भयो त्यतिबेला सबभन्दा बढि लगानीकर्ता भएको र सबभन्दा बढि चुक्ता पुँजी रहेको बैंक मेगा बैंक रहेको थियो । मेगा बैंकको अहिलेको अवस्था हेर्दा यसको नाम र काम दुवै हिसाबले राष्ट्रिय रुपमा स्थापीत भईसकेको छ । स्थापनाको हिसाबले भर्खर पाँच वर्ष पुरा गरेर छैंठौं वर्षमा लागेको छ । यो समयसम्म मेगा बैंकले हासिल गरेको उपलब्धि सन्तोषजनक छ । यसले त्रैमासिक विवरण प्रकाशन गर्छ । यसले पनि यो बैंकको वित्तिय स्वास्थ्य सकारात्मक छ भन्ने मलाई लाग्छ ।

शाखा संख्या कति पुग्यो ?

पश्चिमाञ्चल डेभलपमेन्ट बैंकलाई मर्ज गरेपछि शाखा संख्या ४५ पुगेको छ । अहिले सक्षम कार्यक्रम अन्तर्गत २ शाखा र ८/१० वटा (शाखा रहित) बैंकिङ थपेका छौं । शाखा रहित बैंकिङको दृष्टिकोणले हेर्ने हो भने त हाम्रा ५०/५२ शाखाहरु संचालनमा छन् ।

नेपालको दृष्टिमा तपाईहरुको बैंकको यो शाखा संख्या पर्याप्त छ ?

पर्याप्त त अझै छैन, हामी नयाँ विकसित सहरहरुमा आगामी आर्थिक वर्षमा शाखा खोल्ने योजनामा छौं । बोर्डको निर्णय भइसकेपछि ब्यवस्थापन स्तरीय समितिले फिजिबिलिटी स्टडी (सम्भाव्यता अध्ययन) गरिरहेको छ । त्यसको रिपोर्ट आईसकेपछि बोर्डले औपचारिक निर्णय गरेर हामी राष्ट्र बैंकमा निवेदन गर्दैछौं । ५ वटा नयाँ विकसित शहरमा शाखा खोल्ने चरणमा छौं ।

बैंकहरुले जति शाखा विस्तार गर्दा पनि सबै सर्वसाधारणहरु माझ पुग्न सकेका देखिँदैन, मेगा बैंकले अब शाखा विस्तार गर्दा सबै सर्वसाधारणको माझमा बैंकिङ पहुँच पुग्छ त ?

अझै पुग्न सकेको छैन । अझै २५/३० प्रतिशत जन समुदाय बैंकको प्रत्यक्ष पहुँचबाट बाहिर छन् । त्यसमा राष्ट्रिय स्तरका विकास बैंकहरु, अन्य फाईनान्सियल इन्टिच्युसनहरु, सहकारीहरु त्यो गतिबिधिमा संलग्न छन् । हाम्रो उद्देश्य भनेको ७५ जिल्लामै बैंकलाई पुर्याउने, अहिलेको संबिधान अनुसार ७ वटा प्रदेशको कुरा आएको छ । सातवटै प्रदेशमा क्षेत्रिय बैंककोरुपमा मेगा बैंकलाई स्थापीत गर्ने भन्ने हाम्रो उद्देश्य छ । हामीले पश्चिमाञ्चलको हबको रुपमा लुम्बिनीको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक मर्ज भईसकेपछि बुटवललाई त्यो ढंगले अघि बढाउने निर्णय गरेका छौं ।

मेगा बैंक कति जिल्लामा पुगेको छ ?

लगभग चालिस जिल्लामा पुगेको छ ।

bhoj bdr mega bank 1

साना मझौला व्यवसायलाई माथि उठाउन बैंकले के कार्य गरिरहेको छ ?

साना मझौला व्यवसाय लाई माथि उठाउन माइक्रो बैंकिङ अन्तर्गत साना किसान कृषक समूह, महिला समूह त्यसमा शाखा रहित बैंकिङ अन्तर्गत सक्षम परियोजना अगाडी बढाईरहेका छौं । किसान महिलाहरुको समूह बनाएर ६ हजार देखि १ लाखसम्मको लगानी अगाडी बढाईरहेका छौं । साना मझौलालाई अगाडी बढाउन कन्जुमर बैंकिङ, मिड कर्पाेरेट बैंकिङ, एसएमइ बैंकिङ भनेर अगाडी गएका छौं । त्यतिमात्र नभएर हाम्रो प्राथमिकताको क्षेत्रलाई कृषि, पर्यटन र शिक्षामा पनि केन्द्रित गरेका छौं । ठूला जलबिद्युत् परियोजनामा पनि हाम्रो क्यापिटल एक्पान्सन प्लान अन्तर्गत ८ अर्बको बैंक हुन खोजिरहेका छौं । त्यो प्लान अन्तर्गत ठूला ठूला जलबिद्युत् परियोजनामा पनि लगानी गर्ने र लिड नै गरेर जाने रणनीतिक कार्ययोजना बनाएर हामी अगाडी बढिरहेका छौं ।

कहिले पुग्ला ८ अर्ब ?

राष्ट्र बैंकको क्यापिटल एक्स्पान्सन प्लान अन्तर्गत २०७३÷७४ मा पुर्याउनै पर्छ । त्यहाँ पुग्ने योजनाका साथ हामी अगाडी बढिरहेका छौं ।

देशमा यति बेला लगानीको वातावरण छ कि छैन ?

लगानीको वातावरणको कुरा गर्दा मलाई द्वन्दकालको याद आउँछ । जतिबेला म प्याब्सनको महासचिव, बरिष्ठ उपाध्यक्ष थिएं, साथीहरुले एउटा कोठा थप्दा, कम्प्युटर किन्दा सोध्नुहुन्थ्यो, सर के गरौं ? स्कूल चल्छन् कि चल्दैनन् ! त्यतिबेला मैले भन्ने गर्थें प्रत्येक बादलबाट सूर्यको प्रकाश निस्किरहेको हुन्छ । ग्रहणमा पनि चन्द्रमामा चाँदीको घेरा हुन्छ भन्छन् नि ! त्यसो भएको हुनाले त्यो सम्भावना छैन भनेर त म भन्दै भन्दिन । किनभने यस्तो अप्ठ्यारो परिस्थितिको बीचमा पनि भूकम्पले क्षतविक्षत पारेको अवस्थामा र अघोषित नाकाबन्दीमा पनि बैंकिङ क्षेत्र एक किसिमले ठिक ठाक नै चल्यो । सामान्य असर परेपनि त्यति ठूलो असर परेन ।

बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको भूमिका प्रति तपाई सन्तुष्ट हुनुहुन्छ ?

म पेशागत शैक्षिक क्षेत्रबाट आएको हुनाले राष्ट्र बैंकले जुन ढंगले तदारुकता, सक्रियता देखाउने गरेको छ, त्यो बैंकिङ क्षेत्रको वित्तिय स्वास्थ्यलाई मेन्टेन गर्न गुड गभरनेन्स अर्थात् सुशासन र कानुन अनुपालनाका दृष्टिकोणले ठिक छ भन्ने मलाई लाग्छ । तर म जहिले पनि भन्दै आएको छु राष्ट्र बैंक सहजकर्ताको रुपमा पनि अगाडी बढ्नुपर्छ, एउटा दुःखको साथीको रुपमा राष्ट्र बैंक अगाडी बढ्नुपर्छ ।

भनेको दुःखको साथी बन्न सकेन भन्ने यहाँको भनाई हो ?

त्यो नै त ठ्याक्कै होईन । पहिले पहिले मुलुकका सरकारी अंगहरु सहजकर्ताको रुपमा भन्दा पनि प्रशासकको रुपमा बढी आउने गर्थे नि । अहिलेको आवश्यकता भनेको सहजकर्ताको रुपमा आउनुपर्छ । रुपान्तरण गराउनुपर्छ तर सहकार्यबिना रुपान्तरण सम्भव हुदैन । भनेर मात्रै, नियम ल्याईदिएर मात्रै रुपान्तरण हुँदैन । त्यो नियमले कहाँनेर अप्ठ्यारो बनाउँछ । कहाँनेर दुःखको साथी भईयो भने रुपान्तरण सम्भव हुन्छ ! रुपान्तरणलाई सम्भव बनाउनका लागि राष्ट्र बैंकका नीति नियम निर्देशनहरु लागु गराउन सहकार्यमा बढी जोड दिनुपर्छ ।

मौद्रिक नीतिको पाटो छ, तपाईहरुको सुझाव पनि होला नि ?

मुलुकको बजेटले जता तर्फ परिलक्षित गर्न खोजेको छ, त्यसैलाई साथ सहयोग फ्यासिलिटेट गर्ने हो मौद्रिक नीतिले । त्यसैलाई सरल बनाउने हो । त्यसकारण अहिलेको बजेटलाई मानिसले विभिन्न हेराईले हेरेका छन् । तर परिकल्पना गर्नु पनि ठूलो कुरा हो । सपना देख्नु पनि ठूलो कुरा हो । सपना नदेखि व्यवहारमा कार्यान्वयन गर्न सकिँदैन । जे कुरा आएका छन्, त्यसलाई कार्यान्वयन चाँहि गर्नुपर्छ । कार्यान्वयन गर्ने वातावरण पनि हामीले नै सिर्जना गर्ने हो ।

तपाईको भनाई विकास बजेट खर्च हुनुपर्यो भन्ने हो ?

हो, त्यो भयो भने आर्थिक गतिबिधिहरु अगाडी बढ्छन् । लगानीका सम्भावनाहरु अगाडी बढ्छन् । मान्छेको क्रयशक्ति बढ्छ । क्रयशक्ति बढ्दा पैसा खर्च गर्ने क्षमता बढ्छ । त्यो भएपछि बजार चलायमान हुन्छ । बजार चलायमान हुने बित्तिकै बैंकहरु चलायमान हुन्छन् । यसलाई इन्स्युओर गर्ने किसिमको मौद्रिक नीति आउनु जरुरी हुन्छ ।

बैंक तथा वित्तिय संघसंस्था र बाफियाले उत्पन्न गराएको तरङ्गलाई कसरी हेर्नुभएको छ ?

समग्रहरुपमा हेर्दा आविस्कार आवश्यकताले भयो भने टिकाउपूर्ण हुन्छ । अब त्यो सोखले, चाहनाले भयो भने त्यो हुँदैन । जे कुरा आएका छन्, मार्गप्रशस्त गर्ने हिसाबले आउनु जरुरी छ । बाफियाको सन्दर्भमा सिईयोको कार्यकालको सम्बन्धमा, बैंकको अध्यक्ष वा सञ्चालकहरुको सम्बन्धमा यसलाई यति ठूलो कोकोहोलो गरेर कार्यकालको विषयमा छलफल भन्दा पनि शुसासन, कानुन अनुपालनाको कुरा मुख्य कुरा हो । अर्काे प्रसङ्ग भनेको बैंकिङ क्षेत्र भनेको संचालक वा प्रबद्र्धकहरुले संचालक वा अध्यक्षको पालो पुर्याउने कुरा पनि होईन । बैंकका कर्मचारीको पालै पालो सिईयो हुने कुरा पनि होईन । जसले त्यो संस्थालाई हाँक्ने क्षमता, सोच राख्छ, त्यस्ता मानिस छनौट हुने हो । फेरी बोर्डको छनौट भनेको साधारण सभाले गर्छ । साधारण सभा भएर आबधिक निर्वाचनले हुने हो । अब निर्वाचनलाई नै प्रश्न उठाउने काम त्यति धेरै गर्नुहुँदैन कि लोकतन्त्रमा ! त्यहि नै सबै होईन । त्यो गर्नै हुँदैन भन्ने पनि होईन । नेतृत्व हस्तान्तरण गर्नै हुँदैन भन्ने पनि होईन । यसलाई मिलाएर लैजानुपर्छ ।

bhoj bdw mega bank 2

शिक्षा, सामाजिक क्षेत्रदेखि बैंकको नेतृत्वमा आईपुग्दा बजारलाई भन्नु केहि छ ?

पहिलो, बहुजन हितायः, दोस्रो, नेपालको आर्थिक प्रगति र समृद्धिमा ठूलो स्केलमा मानिसहरुलाई समावेश गर्न नसक्दा आर्थिक रुपान्तरण सम्भव छैन । हामीले अर्काे एउटा अभियान पनि सुरु गरेका छौं । सोलुखोला दुधकोशी हाइड्रो भन्ने त्यो पनि इन्डिपेन्डेन्ट पावर प्रोड्युसर अन्तर्गत नीजि तथा संस्थागत लगानीमा सञ्चालन हुन लागेको नेपालको सबैभन्दा ठूलो हाईड्रो हो । ८६ मेगावाटको हाईड्रो सुरु गर्दैछौं । त्यहाँ १० हजार मानिसलाई सहभागी गराउने हाम्रो योजना छ । सोलुखुम्बुको सोलुखोला भन्ने ठाउँमा हुँदैछ यो । १ लाख, २ लाख, ५ लाख, ७ लाख गर्दै उठाएर हाम्रो यहाँ १ लाखले पनि अरबका योजना बनाउन सकिन्छ भन्ने त्यो भावना र भरोसा जागृत गराउनुपर्छ भन्ने हो । मेगा बैंकको म्यानेजमेन्ट टिम, बोर्डको भनाई बढी भन्दा बढी मानिसलाई बैंकिङ क्षेत्रमा समावेश गर्न सकौं, लगानी प्रवाह गर्दा साना, मझौला खाले उद्यमशील मानिसहरुलाई बढी उत्प्रेरित गर्न सकौं । मेगा बैंक क्याटालिष्ट एजेन्टकोरुपमा अगाडि आउनुपर्छ र त्यो किसिमको सेवा सुबिधा हामीले दिन खोजीरहेका छौं । सहकार्यबाट नै रुपान्तरण सम्भव छ ।

२० असर २०७३ / ११ : ४३ : ५६ am 

वि.सं.२०७३ असार २० सोमवार ११:५६ मा प्रकाशित

You can share this post!

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:२९

काठमाडौँ, ११ वैशाख : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले...

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...