काठमाडौ। भृकुटी स्टक कम्पनीले आजदेखि तीन दिन सेयर कारोबार गर्न नपाउने भएको छ । उक्त कम्पनीले कारोबार राफसाफमा लापर्वाही गरेकाले आइतबारदेखि तीन दिनसम्म कारोबार गर्न नपाउने भएको हो ।
धितोपत्र दलालले लगानीकर्ताको रकम समयमा भुक्तानी गर्न नसकेकोले नेप्सेले आगामी मंगलबार (साउन ३ गते)सम्म कम्पनीको कारोबारमा रोक लगाएको हो ।
प्रकाशित मितिः २०७४ साउन १
वि.सं.२०७४ साउन १ आइतवार १५:३४ मा प्रकाशित