back
NMB ad

अब तनहुँमा नेपालकै सबैभन्दा ठूलो चिडियाखाना

Kumari bank ad

काठमाण्डौं । सरकारले तनहुँमा नेपालकै सबैभन्दा ठूलो चिडियाखाना स्थापना गर्ने भएको छ । सरकारले तनहुँको भानु घाँसीकुवा नगरपालिकाको वन क्षेत्रमा ‘प्राणी उद्यान’ सञ्चालन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले यसबारे औपचारिक निर्णय गरिसकेको छ । तनहुँको छिर्केनीभञ्ज्याङ क्षेत्रमा प्राणी उद्यान निर्माणको प्रक्रिया अघि बढाइएको वन तथा भूसंरक्षण मन्त्रालयका सहकाय प्रवक्ता यज्ञनाथ दाहालले जानकारी दिए ।

प्रत्येक प्रदेशमा एक-एक प्राणी उद्यान बनाउने सरकारी योजनाअनुरुप तनहुँमा नेपालकै अहिलेसम्मकै ठूलो चिडियाखना (प्राणी उद्यान) बनाउने प्रक्रिया अघि बढेको हो ।

अहिले जाउलाखेलको चिडियाखानालाई भक्तपुरको सूर्याबिनायकका २३१ हेक्टर वन क्षत्रेमा सार्ने गरी काम भइरहेको छ । सूर्यबिनायकको वन क्षत्रेमा अहिले कम्पाउण्डिङको काम सुरु गरिँदैछ ।

अब बन्ने प्राणी उद्यान भने ४ सय २५ हेक्टर क्षेत्रफलमा फैलिने छ । जहाँ नेपालमा पाइने धेरैजसो वन्यजन्तुलाई राखिनेछ । सहायक प्रवक्ता दाहलले लोपोन्मुख वन्यजन्तु र तिनका विभिन्न प्रजातिहरु तनहुँको प्राणी उद्यानमा राखिने बताए ।

११ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन ११ बुधवार ११:०१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...