back
NMB ad

जन्मदिनको उपलक्ष्यमा धुर्मुसले ‘एकिकृत बस्ती निर्माण सुरु गरे

Kumari bank ad

रौतहट । आफ्नो जन्मदिनको अवसर पारेर हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ले रौतहटको सन्तपुरमा एकिकृत वस्ती निर्माण सुरु गरेका छन् । बुधवार बिहान सन्तपुरमा आयोजित एक कार्यक्रममा सिताराम र कुञ्जना घिमिरेले बस्ती निर्माणको शिलान्यास गरे ।

५ करोड ७५ लाखमा निर्माण हुने उक्त बस्ती माझी, मुसहर, हजाम र देशार समुदायका लागि ‘एकिकृत बस्ती निर्माण गर्न लाएको सितारामको भनाई छ । बाढीको चपेटामा परेका ति समुदायको जीवनस्तर उकास्नका लागि बस्ती निर्माण सुरु गरिएको उनले बताए ।

आउँदो माघसम्म बस्ती निर्माण सकाउने योजना बनाएका सितारामले २ नम्बर प्रदेशका होटल ब्यबसायी संघ लगायत अन्य स्थानियको पनि सहयोग रहेको जानकारी दिए ।

भूकम्पपछि सामाजिक काममा सक्रिय भएका सिताराम र कुञ्जनाले अहिले ‘धुर्मुस सुन्तली फाउण्डेशन’ सञ्चालन गरिरहेका छन् । फाउण्डेशनले यसअघि गिरान्चौर र मुसहरहरुका लागि सामुहिक वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको छ ।

प्रकाशित मितिः२०७४ असोज ४

वि.सं.२०७४ असोज ४ बुधवार ११:५५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...