back
NMB ad

ब्लड मनी तिर्न नसक्दा साउदी जेल पुगे ७ नेपाली !

Kumari bank ad

काठमाण्डौं । धेरै कमाएर जीवन सुखी बनाउने सपना देख्दै साउदी अरब पुगेको सात नेपाली त्यहाँको जेलमा जीवनमरणकै दोसाँधमा छन्। सडक दुर्घटनामा ज्यान लिएको अभियोगमा मृत्युदण्ड सुनाइएका उनीहरु साउदी जेलमै जीवनको आशा पालेर बाँचिरहेका छन्।

भएका परिवारलाई ‘ब्लडमनी’ बुझाउन सके उनीहरुले अरु समय बाँच्न पाउँथे। जीवनको भिख मागे पनि राज्यले चासो दिएको छैन। बाँच्न पाइने आशा भने अझै मरिसकेको छैन उनीहरुमा। नेपाली साझा मञ्चका अनुसार दुर्घटनाका कारण मारिएका मृतकका परिवारमध्ये केहीले ब्ल्डमनी माफी दिँदा समेत पहल गरिदिने निकाय नहुँदा जेलमुक्त हुन पाएका छैनन्।

कतिपयले आफन्तमार्फत नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा हारगुहार गरेपनि सरकारी पक्षले चासो दिएको छैन। मञ्चले पीडितको तत्काल उद्धारका लागि पहल गर्न नेपाल सरकारसमक्ष आग्रह गर्दै सबैबाट पीडितहरुको उद्धारमा सहयोग गर्न अपिल गरेको छ। सडक दुर्घटनामा बंगलादेशी नागरिकको मृत्युको कारक बनेका सुरेश मण्डल मृतकका परिवारले मागेको ५ लाख टाका ९६ लाख ८० हजार रुपैैयाँ० पनि तिर्न नसक्दा अलहमा जेलमा छन्। धनुषा पुष्पवलपुर १, रतनपुरका सञ्जीवकुमार यादव साढे दुई वर्षयता जेलमा छन्।

नागरिक दैनिक, २६ साउन २०७३, ८।००

वि.सं.२०७३ साउन २६ बुधवार ११:२२ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...