काठमाडौ । नेपाल स्टक एक्सचेन्जले आइतबार बैंक अफ काठमान्डू लुम्बिनी (बीओकेएल) को मूल्य समायोजन गरेको छ । बीओकेएलको २३ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४३० रुपैयाँमा भाउ समायोजन भएको हो ।
बोनस समायोजनपछि बीओकेएलको पहिलो कारोबार ४३० रुपैयाँमा हुनेछ । यसैगरी, बैंकको औसत आधार मूल्य भने ४६३ रुपैयाँ तोकिएको छ । बैंकले आइतबारदेखि चैत ३ गतेसम्म बुक क्लोज गरेको छ । बीओकेएलले चैत ३ गते साधारण सभा बोलाएको छ ।
प्रकाशित मितिः २०७३ फागुन १५
वि.सं.२०७३ फागुन १५ आइतवार १३:५७ मा प्रकाशित