काठमाण्डौं । बोलिभियामा फट्याङ्ग्राले विनास मच्चाएपछि नियन्त्रणका लागि ठुलो क्षेत्रमा ‘संकटकाल’ घोषणा गरिएको छ । बिशेषगरी खाद्यान्न तथा मासुजन्य पदार्थको उत्पादन हुने प्रमुख क्षेत्रमा फट्याङ्ग्राको कारण विनाश बढेपछि सरकारले ‘संकटकाल’ घोषणा गरेको हो ।
राष्ट्रपति इभो मोरालेसले फट्याङ्ग्रा नियन्त्रणका लागी बिशेष योजना बनाएको बताएका छन । धुँवाको माध्यमबाट फट्याङ्ग्रा नियन्त्रण गर्ने तयारी गरिएको छ । सरकारले फट्याङ्ग्रा नियन्त्रण गर्न ७ लाख डलरको कोष निर्माण गरेको छ । सबैभन्दा बढी प्रभावित सान्टा क्रुजको अधिकांश बाली फट्याङ्ग्राले नष्ट गरेको स्थानिय कृषि अधिकारीलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ ।
२७ माघ २०७३, ११।००
वि.सं.२०७३ माघ २७ बिहीवार १३:०१ मा प्रकाशित