back
NMB ad

विस्फोटमा साठीको मृत्यु !

Kumari bank ad

सिरियाको उत्तरी सहर अलबाब नजिकै भएको आत्मघाती बम हमलामा परी शुक्रबार कम्तीमा ६० जनाको मृत्यु भएको छ । इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समुृहले गरेको यस आक्रमणमा सिरियाली विद्रोहीको प्रभाव क्षेत्रलाई लक्षित गरिएको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्’ले जनाएको छ ।

यस आक्रमणमा परी मृत्यु हुनेमध्ये अधिकांश सिरियाली विद्रोही परेका उक्त मानव अधिकारवादी संस्थाका एक सदस्यले जानकारी दिएका छन् । घटना टर्कीको सिमा क्षेत्रमा भएको र टर्कीको सेना र टर्की सरकारको सहयोग प्राप्त सिरियाली विद्रोहीलाई लक्षित गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विस्फोटक पदार्थलाई हमलाकारीले सवारी साधनको तल्लो भागमा राखेर विस्फोट गराएका थिए । घटनामा इस्लामिक स्टेट (आइएस) आवद्ध लडाकुको संलग्नता रहेको सिरियाली मानव अधिकारवादी बताएको छ ।

आइएस लडाकूहरुले भने घटनामा चार सय जना टर्कीका सुरक्षाकर्मी र विद्रोही लडाकुको मृत्यु भएको दाबी गरेका छन् । रासस÷सिन्ह्वा

प्रकाशित मितिः २०७३ फागुन १३

वि.सं.२०७३ फागुन १३ शुक्रवार १८:४९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...