back
NMB ad

८ अर्ब २५ करोड नगद लाभांश बाड्दै नापाल टेलिकम, कस्ले कती पाउने ?

Kumari bank ad

काठमाडौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले ८ अर्ब २५ करोड रुपैया लाधांश वितरण गर्ने भएको छ । नेपाल टेलिकमले आव २०७३र७४ को मुनाफाबाट ५५ प्रतिशत अर्थात ८ अर्ब २५ करोड रुपैयाँ नगद लाभांश पारित गरेको छ । टेलिकमको दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त लाभांश प्रस्तावलाई पारित गरेको हो ।

कम्पनीमा नेपाल सरकारको ९१.४९ प्रतिशत शेयर स्वामित्व रहेको छ भने सर्वसाधारण सेयरधनीको ४.४४ प्रतिशत, कर्मचारीको ४.०४ प्रतिशत तथा नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
१५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले गत आर्थिक बर्षमा १५ अर्ब ३७ करोड रुपैयाँ कमाएको थियो । कम्पनीले बाँडेको लाभांश रकम सूचीकृत कम्पनीहरुले वितरण गर्नेमध्येको सबैभन्दा बढी हो । पुस ११ गतेसम्म कायम सेयरधनीले मात्र नगद लाभांश पाउनेछन् । गत वर्ष पनि टेलिकमले ५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

साधारण सभाबाट पारित लाभांश माघ २ गते मंगलबारदेखि नै हीतग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरूलार्इ क्रमश वितरण गर्ने टेलिकमले जनाएको छ । कुल ८ अर्ब २५ करोड रुपैयाँ नगल लाभांशमध्ये ७ अर्ब ५४ करोड ७९ लाख २५ हजार रुपैयाँ सरकारको ढुकुटीमा जानेछ । अन्य सबै लगानीकर्ताले ७० करोड २० लाख ७५ हजार रुपैयाँ पाउनेछन् । यसमध्ये टेलिकमका कर्मचारीले ३३ करोड ३३ लाख रुपैयाँ पाउनेछन् भने नागरिक लगानी कोषले २४ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।सर्वसाधारण लगानीकर्ताको भागमा ३६ करोड ६३ लाख मात्र पर्न आउने देखिन्छ । यसरी प्राप्त गर्ने लाभांशमा पाँच प्रतिशत कर लाग्नेछ ।

साधारण सभाले सर्वसाधारण शेयरधनी मध्येबाट निर्वाचित हुने सञ्चालकको कार्यकाल ३ वर्ष हुने व्यवस्था गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७३र७४ मा खुद नाफाका साथै गत आवको तुलनामा १७.२३ प्रतिशतले ग्राहक संख्यामा वृद्धि भई १ करोड ७६ लाखभन्दा बढी ग्राहकहरूलाई सस्तो तथा भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी सफल भएको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए ।

उनले सेवा विस्तारको कार्यलाई नाफामूलक क्षेत्रहरूमा मात्र सीमित नराखी अतिविकट तथा ग्रामीण क्षेत्रमा समेत सूचना तथा सञ्चार प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने कार्यमा लाग्ने समेत बताए ।

२०७४ माघ १ गते प्रकाशित

वि.सं.२०७४ माघ १ सोमवार १३:३१ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...