back
NMB ad

पुँजी पुर्याउने उपाय बोनस र हकप्रद, प्राइमले दिनेभो एक अर्ब ७० करोड बोनस

Kumari bank ad

काठमाडौ । नेपाल राष्ट्र बैङ्कले तोकेको पुँजिको सिलिङ भेट्नको लागि बैङ्क तथा वित्तिय संस्थाहरु यतीबेला बोनस तथा हकप्रद निष्काशनमा जुटेका छन् । पछिल्लो समय अधिकांश बैङ्क तथा फाईनान्सहरु हकप्रद तथा बोनसको प्रस्ताव पारित गरिसकेका छन् भने कतिपय पारित गर्ने तयारीमा छन् ।

यहि भिडमा मिसिन आईपुगेको छ प्राइम कमर्सियल बैङ्क । प्राइम कमर्सियल बैंकको पुस २५ गते सम्पन्न दशौं बार्षिक साधारण सभाले २७ प्रतिशत अर्थात एक अर्ब ७० करोड ७८ लाख रुपैयाँ बराबरको बोनस बितरण गरेको छ ।

विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको बैंकले गत वैशाख १७ गतेपछाडि सेयरधनी बनेर बोनस पाउने लगानीकर्तालाई भने लाभांस वापतको कर आफैँ तिनुपर्ने जनाएको छ ।

साधारण सभाका लागि बैंकले पुस ५ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाले उक्त बोनस पुस ४ गतेसम्म कायम बैंकको सेयरधनीले मात्र पाउनेछन् । ६ अर्ब ३२ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस बितरण पश्चात ८ अर्ब ३ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी पुगेको छ ।

त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा मंगलबार सम्पन साधारण सभाले गजेन्द्र विष्टलाई सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरि सञ्चालक नियुक्त गरेको छ ।

विभिन्न उद्योगी, व्यवसायी, बैंकर्स, शिक्षाविद्, एवं व्यवसायीक व्यक्तित्वद्धारा प्रवद्र्धित बैंकले नविनतम सेवा र शाखा सञ्जाल विस्तार गरि समयानुकुल लगानीको प्रतिफल प्रदान गर्दे जाने प्रतिवद्धता समेत साधारणा सभामा गरेको छ ।

२०७४ पुष २७ गते प्रकाशित

वि.सं.२०७४ पुस २७ बिहीवार २१:५६ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...