back
NMB ad

के तपाईसंग बैङ्कको सेयर छ ? दिदैछ ४ अर्ब ५७ लाखको बोनस

Kumari bank ad

काठमाडौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनी लाई ४ अर्ब ५७ लाख रुपैया बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । बुधबार सम्पन्न कम्पनीको ३१ औँ बार्षिक साधारणसभाले सेयरधनीलाई शतप्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले एफपीओबाट संकलित प्रिमियम र गत आवको नाफाबाट सेयरधनीलाई एक बराबरक एक कित्ता बोनस सेयर वितरण गरेको हो ।

४ अर्ब ५७ लाख १५ हजार रुपैयाँ रहेको चाटर्डको शतप्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब एक करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकले एक अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सो अवधिमा कम्पनीको व्यवसाय २५ प्रतिशतले वृद्धि भएर ३९ अर्ब ७३ करोड रुपैयाँ पुगेको थियो ।

बैंकको आर्मी अफिसर्स क्लब भद्रकालीमा बुधबार सम्पन्न साधारण साधारणसभामा सम्बोधन गर्दै बैंकका अध्यक्ष जितेन्दर अरोराले नेपालको आर्थिक विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सभाले बोनसमा लाग्ने कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लभांश समेत अनुमोदन गरेको छ भने अधिकृत पुँजी ९ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

चालु आवको पहिलो त्रैमासमा बैंकले ४८ करोड २५ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४८ रुपैयाँ कायम गरेको छ । एफपीओ विक्रीपछि बैंकमा स्ट्याण्डार्ड चार्टर्ड ग्रुपको ७०.२१ प्रतिशत र साधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व कायम भएको छ ।

सबै वाणिज्य बैंकहरुले हकप्रद विक्री गरेर अपुग रकम बोनस वितरण गरेर राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्त्ता पूँजी ८ अर्ब पुर्याएपनि चार्टर्ड बैंकले भने बोनसबाटै पूँजी कायम गर्ने पहिलो बाणिज्य बैंक बनेको छ ।

२०७४ पुष २७ गते प्रकाशित

वि.सं.२०७४ पुस २७ बिहीवार ०८:४० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...