back
NMB ad

बोनस सेयर पाउनुअघि यसरी कर तिर्नैपर्ने ! पढ्नुहोस्

Kumari bank ad

ओम डेभलपमेन्ट बैंक

काठमाडौ । ओम डेभलपमेन्ट बैंकको २०७३ जेठ २६ गतेपछि सेयर किनेका सेयरधनीले २९.२० प्रतिशत बोनस पाउन यसमा लाग्ने कर तिर्नुपर्ने भएको छ । बैंककासेयरधनीले ओमको केन्द्रीय तथा शाखा कार्यालय र सेयर रजिष्ट्रार एनआइबीएल क्यापिटल मार्केट्समा करको रकम जम्मा गरिसकेपछि डिम्याट खातामै बोनस सेयर पाउनेछन् ।

ओमले मंसिर ८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीलाई भने डिम्याट खातामा बोनस सेयर पठाइदिएको छ । बैंकले यसपछि सेयर डिम्याट गराएका सेयरधनीलाई पनि बोनस सेयर खातामै पठाउने व्यवस्था गरेको हुनाले अहिलेसम्म सेयर डिम्याट नगराएका सेयरधनीलाई तत्काल डिम्याट गराउनसमेत आग्रह गरेको छ ।

यसैगरी, सेयर धितो राखेका सेयरधनीले भने आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र बोनस पाउने बैंकले जनाएको छ । ओमले गत पुस ८ गते वार्षिक साधारण सभा गरेर २९.२० प्रतिशत बोनस सेयर दिएको थियो ।

महालक्ष्मी विकास बैंक

यस्तै महालक्ष्मी विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको ७.९० प्रतिशत बोनस सेयर सेयरधनीको खातामा जम्मा गरेको जनाएको छ । साथै बैंकले २०७३ भदौ १९ गते पश्चात सेयर किनेका सेयरधनीले बोनस वापतको कर तिर्नुपर्ने हुँदा कर तिर्न सूचना जारी गरेको छ ।

महालक्ष्मीले गत बैशाख ६ गतेसम्म अभौतिकिकरण (डिम्याट) गराईसकेका सेयरधनीको खातामा बोनस पठाईसकेको जनाएको हो । हालसम्म आफुसँग कागजी रुपमा प्रमाणपत्र रहेका सेयधनीहरुले भने बैंकको सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा सम्पर्क राखी सेयर अभौतिकिरण गराएर बोनस सेयर हितग्राही खातामा नै प्राप्त गर्न सक्नेछन् ।

साथै २०७३ भदौ १९ पछि सेयर किनेका सेयरधनीले बैंकको खाता नम्बर २१६०८०११५१२ मा बोनस सेयरमा लाग्ने कर वापतको रकम जम्मा गरी हितग्राही खातामा बोनस प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मितिः २०७४ साउन ७

वि.सं.२०७४ साउन ७ शनिवार ०६:५२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...