काठमाडौ। भार्गव बिकास बैंकले हकप्रद शेयर निष्कासनकालागि बुक क्लोज मिति तोकेको छ । कम्पनीको सोमबार बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।
कम्पनीले फाल्गुन १२ गते बुक क्लोज हुने जनाएको छ । फाल्गुन ११ गते सम्म दोस्रो बजारमा शेयर खरिद गर्ने शेयरधनीलाई शतप्रतिशत हकप्रद दिने कम्पनीले जनाएको छ ।
कम्पनीले आर्थिक वर्ष ७३/७४ पुस मसान्त सम्म एक करोड ८० लाख आठ हजार रुपैयाँ कमाएको छ । कम्पनीको हाल १४ करोड ४० लाख चुक्ता पूँजी रहेको छ।
बैंकले २० प्रतिशत बोनस यसअघि नै घोषणा गरिसकेको छ। कम्पनीको २० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी ३५ करोडमाथि पुग्नेछ ।
प्रकाशित मितिः २०७३ फागुन ३
वि.सं.२०७३ फागुन ३ मंगलवार १५:०७ मा प्रकाशित