Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, कार्तिक १ , २०७४  |  
Wednesday, October 18, 2017

६० प्रतिशतसम्म छुटसहित काठमाडौमा सुरु भयो पुस्तक प्रदर्शनी

January 10, 2017

Book Fair

काठमाडौ। नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रकाशनलाई प्रचार तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रज्ञा भवनमा आजदेखि पुस्तक प्रदर्शनी सुरु भएको छ ।

आगामी माघ १० गतेसम्म जारी रहने उक्त प्रदर्शनीमा साहित्य, दर्शन, विभिन्न धार्मिक पुस्तक तथा स्मारिका, शब्दकोशलगायत राखिएका छन् । आदिकविका महत्वपूर्ण कृतिका साथै राजनीतिज्ञ, लेखकको समेत लोकप्रिय कृतिलाई अङ्ग्रेजीमा अनुवाद गरी राखिएको छ । ती कृतिको खरिद गर्दा कृति १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रदर्शनीको उद्घाटन गर्दै लामो समयदेखि सो संस्थाले प्रकाशन गरेका विभिन्न कृति सर्वसाधारण पाठकसम्म पु¥याउनका लागि प्रदर्शनी उपयोगी हुने विश्वास व्यक्त गरे । विगतमा प्रतिष्ठानले कृति छपाइ गर्दा विभिन्न समस्या आएको बताउँदै उनले अब चाँडै नयाँ प्रविधिमैत्री अत्याधुनिक प्रेस प्रयोगमा ल्याइने जानकारी गराए ।

प्रकाशित मितिः २०७३ पुस २६

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु