back
NMB ad

एउटा राजमार्ग, जसले हिजोका ऋणीहरुलाई साहु महाजन बनायो

Kumari bank ad

सिन्धुली । नागबेली शैलीमा एसियाकै नमुनाका रुपमा निर्माण भएको बिपी राजमार्ग नयाँ प्रविधि र नयाँ शैली प्रयोग भएको छ । बाहिरबाट हेर्न आउने तथा बाटोमा सवारी साधन चलाउने चालक जोसुकै हुन् बाटोको नमुना र सुन्दरता मन नपराउने सायदै नहोलान् ।

तराईको समथर भूभागदेखि सुरु भएर चुरेपहाड, महाभारतलाई नै छिचोलेर राजधानीसँग जोड्ने नेपालको सबैभन्दा छोटो सडकमार्ग बिपी राजमार्ग बनेको छ । महोत्तरीको बर्दिबासबाट सुरु भएको यस राजमार्गको लम्बाइ १५८ किलोमिटर छ । राजमार्गले महोत्तरी, धनुषा, सिन्धुली, काभ्रे जिल्ला भएर राजधानी काठमाडौँसँग जोडेको छ । साँच्चै हेरिरहुँ जस्तो लाग्ने राजमार्ग निर्माण गर्न जापान सरकारलाई २० वर्ष लागेको थियो । उक्त राजमार्ग जापान सरकारले सन् २०१५ जुलाई ३ मा नेपाललाई हस्तान्तरण गरेको हो ।

राजधानी काठमाडौँलाई पूर्वी तथा मध्य तराईसँग जोड्ने वैकल्पिक राजमार्ग निर्माणले महोत्तरी, धनुषा, सिन्धुली र काभ्रे जिल्लालाई जोडेपनि यसले रामेछाप, दोलखा, उदयपुर, ओखलढुङ्ङा, खोटाङलगायतका जिल्लामा समेत प्रत्यक्ष सेवा पुगेको देखिन्छ ।

सिन्धुलीमाढीबाट २४ किलो मिटरमा रहेको खनियाखर्क रतनचुरा गाविसमा पर्दछ । बिपी राजमार्गको निर्माण र सवारीको चाप बढेपछि खनियाखर्क बजारका रुपमा स्थापित भएको छ । अहिले यो बजार निकै व्यस्त र चहलपहल देखिन्छ । यस क्षेत्रका व्यापारीलाई बोल्नसमेत भ्याइनभ्याई छ । जुनार, तरकारी होस् या त होटल व्यवसाय गर्ने व्यवसायी सबै निकै व्यस्त छन् । केही समय अगाडिसम्म मुखमा हात लाएर हाई काड्दै बस्ने यहाँका किसान अहिले बजारका व्यापारी बनेका छन् र व्यवसायमा उनीहरुलाई भ्याइनभ्याई छ ।

रतन्चुरा–१ की नीरमाया तामाङ त्यही व्यस्त बजारकी एक सफल व्यवसायी हुन् । बिहान जुरुक्क उठ्नेबित्तिकै जुनार, सुन्तला र तरकारीले भरिभराउ भएको ठेला लिएर सडकको छेउमा व्यापार गर्दै गरेकी भेटिन्छिन् उनी । उनीजस्तै बिपी राजमार्ग क्षेत्रका दर्जनौँ महिला तथा पुरुषले राजमार्ग आसपासमा बसेर होटल, तरकारी, फलफूललगायतका व्यवसाय गरेर परिवार पालिरहेका छन् । अहिले बनेपा–बर्दिबास सडक निर्माणले यस क्षेत्रका स्थानीयवासीको जीवनशैली फेरिएको छ । मौसमअनुसारका अकबरे खुर्सानी, काउली, आलु, लसुन, प्याजलगायतका तरकारी उत्पादन गरी बिक्री वितरण गर्दै आएका मगरले राजमार्ग बनेपछि उत्पादित तरकारी बिक्री गर्न बजारको कुनै समस्या नभएको जानकारी दिए ।

केही वर्षअघिसम्म सवारी साधन चढ्न घन्टौँ हिँडेर सिन्धुली सदरमुकाम आइपुग्नुपर्ने बाध्यतामा रहेका बिपी राजमार्ग आसपासका स्थानीयवासी अहिले आफ्नै आँगनबाट सवारी साधन चढ्न पाउँदा खुसी मात्र छैनन्, त्यो अवसरलाई प्रयोग गरेर मनग्य आम्दानीसमेत गरिरहेका छन् । राजमार्ग सञ्चालनसँगै सिन्धुलीवासीले जुनारखेतीलाई जीवन निर्वाहको प्रमुख आधार बनाएका छन् । सडक नहुँदा बोटमै कुहिएर जाने जुनार बिक्रीबाट लाखौँ रुपैयाँ आम्दानी भएकामा कृषक दङ्ग छन् । पहिलाका ऋणिहरु अहिले साहु महाजन बन्न थालेका छन् ।

उक्त भेगका नागरिकले २० वर्ष पहिले स्याल लुक्ने भिर, वनमारा, तीतेपाती, कालीमुन्टे र सिस्नो उम्रने क्षेत्र राजमार्गमा परिणत होला भन्ने सोचेकै थिएनन् । तर विश्वेश्वरप्रसाद कोइरालाले कल्पना गरेको सो मार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएपश्चात् यस भेगका हजारौँ नागरिकको आर्थिक, सामाजिक र राजनीतिक जीवनमा समेत धेरै परिवर्तन आएको छ ।

१७ माघ २०७३, रासस, ३।३०

वि.सं.२०७३ माघ १७ सोमवार १६:४७ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...