काठमाण्डौं । खुम्जुङ–७ सोलुखुम्बुमा लेक लागेर एक बेलायतीको मृत्यु भएको छ । भ्रमणका क्रममा एक भरियाका साथमा त्यहाँ पुगेकी उनको गत शनिबार मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक तेजनारायण यादवले जानकारी दिए । मृत्यु भएको चार दिन पछि उनको शव हेलिकोप्टरबाट आज काठमाडौं ल्याइएको छ ।
१२ पुस २०७३, ४।००
वि.सं.२०७३ पुस १२ मंगलवार १६:४८ मा प्रकाशित