back
NMB ad

के बैंकलाई ब्रोकर लाइन्सेन्स दिने प्रक्रिया अवरुद्ध भएकै हो त ?

Kumari bank ad

काठमाण्डौं । धितोपत्र बजारको विकास तथा नियमन गर्ने निकाय धितोपत्र बोर्डले पटक–पटक निर्णय फेरबदल गर्दा बैंकलाई ब्रोकर लाइन्सेन्स दिने प्रक्रिया अवरुद्ध भएको छ । यससँगै धितोपत्र बोर्ड र नेप्सेबिचको दुरी बढेको छ, जसले समग्र धितोपत्र बजार नै प्रभावित बनाएको छ ।

आफ्नै निर्देशनमा ब्रोकरको विषयमा अध्ययन गर्न बनेको कार्यदलबाट अहिले धितोपत्र बोर्ड बाहिर निस्किएको छ । यो कार्यदलको ५ पटकसम्म बैठक बसिसकेको छ । नेप्सेका अधिकारीहरु भने धितोपत्र बोर्ड कार्यदलबाट बाहिरिएका कारण नै यो रिपोर्ट बुझाउनमा ढिलाइ भएको बताउँछन् । ‘सदस्य दलाल सेवा विस्तार अध्ययन कार्यदल’ले सबै रिपोर्ट तयार गरिसकेको नेप्सेका अधिकारीहरु  बताउँछन् ।

तर, अहिले भने धितोपत्र बोर्डले यो कार्यदलमा आफ्नो संलग्नता नहुने भन्दै नेप्सेलाई पत्र पठाएपछि अध्ययनपश्चात रिपोर्ट तयार पार्ने कार्यसमेत अवरुद्ध भएको छ । सो अध्ययनमा बैंकलाई ब्रोकर लाईसेन्स के कसरी दिने भनेर समेत विश्लेषण गरिएको थियो । धितोपत्र बोर्ड भने नेप्सेले अध्ययनको रिपोर्ट नबुझाएका कारण बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अवरुद्ध भएको बताउँछ ।

एक वर्षअघि नेप्सेले ब्रोकरहरुलाई उपत्यका बाहिर बिस्तार गर्ने भनेर निर्णय गरेको थियो। निर्णय भएको  केहि दिनमै बोर्डले यसमा हस्तक्षेप गर्दै आफुखुसी किन यस्तो निर्णय गरेको भनेर जवाफ मागेको थियो । त्यसपछि बोर्डले एक कार्यदल बनाएर यस बारेमा अध्ययन गर्न निर्देशन दिएको थियो ।

गत वर्ष नेपाल धितोपत्र बोर्डको अध्यक्ष भएलगत्तै डा रेवतबहादुर कार्कीले बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने घोषणा गरेका थिए। उपत्यका बाहिरका सेयर लगानीकर्ताहरुले पनि सहज रुपमा सेयर किनबेच गर्न पाउन् भनी बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिने कुरा चर्चामा ल्याइएको हो । बैंकहरुले धितोपत्र बोर्ड र राष्ट्र बैंकमा ब्रोकर लाइसेन्स दिने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

यदि बैंकलाई ब्रोकर लाइसेन्स दिइयो भने सेयर कारोबार दुर्गम तथा ग्रामीण भेगका मानिसहरुको पहुँचसम्म पुग्ने देखिएको छ । तर, सरकारी निकायहरु भने यसमा मौन रहेका छन् जसले गर्दा तत्कालै यो कार्यान्वयमा आउने भने कुनै छाँटकाट देखिएको छैन

अन्तर्राष्ट्रिय बजारमा बैंकहरूलाई पनि  ब्रोकर लाइसेन्स दिने गरिएको छ। बैंकहरूले पनि सेयर ‘ब्रोकिङ’लाई महत्वपूर्ण सेवाका रूपमा लिने गर्छन्। साथै अन्तर्राष्ट्रिय मुलुकहरुमा  ठूला ‘मिडियटर’ बैंकहरू नै हुन्छन्।

अहिले ५० वटा ब्रोकरमध्ये उपत्यका बाहिर ९ स्थानमा मात्रै यिनीहरुका शाखा छन् ।  तर  देशमा रहेका २८ वटा वाणिज्य बैंकहरुका १ हजार ८ सय ६९ शाखा रहेका छन् । बैंकहरुले ब्रोकर लाइसेन्स पाएमा बैंकका शाखाहरुबाट सर्वसाधारणले सेयर खरिद–बिक्रीको काम गर्न सक्छन्।

१५ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर १५ बुधवार १३:२२ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...